पाँचथर, २० चैत – तराईमा चलेको आन्दोलन र भारतीय नाकाबन्दीको समेत पर्वाह नगरी आयोजना निर्माणलाई तीव्र पारेको काबेली ‘बि वान’ जलविद्युत् आयोजनाले यति बेला ‘काबेली करिडोर’को पूर्णतालाई पर्खिरहेको छ । निर्माणाधीनमध्ये मेची अञ्चलकै ठूलो जलविद्युत् आयोजनाका रुपमा रहेको सो आयोजनाले करिडोरको पूर्णतापछि मात्र विद्युत्...
रसुवा, २० चैत – गत वैशाख १२ को भूकम्पले भत्काएका लाङ्टाङ क्षेत्रका पर्यटकीय होटल क्रमिक रुपमा सञ्चालन हुन थालेका छन् । लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा लामाका अनुसार भूकम्पपछि क्षति भएका होटल पुनःनिर्माण गराउने काम भइरहेको र हालसम्म आठ दश वटा पर्यटकीय होटल...
काठमाण्डु, २० चैत – बूढीगण्डकी जलविद्युत् आयोजना विकास समितिले आयोजना प्रभावित धादिङ र गोरखाको जग्गा बिक्रीवितरण बन्द गर्ने भएको छ । आयोजना विकास समितिले आज सार्वजनिक सूचना प्रकाशन गरी प्रभावित क्षेत्रको जग्गाको बिक्रीवितरण बन्द गर्न र ३५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न स्थानीयवासीलाई...
चितवन, २० चैत – चितवनमा आउने पर्यटकलाई लक्ष्य गरी पश्चिम चितवनको मेघौलीमा अत्याधुनिक पर्यटकीय होटल सञ्चालनमा आएको छ । चौधरी समूहले १० बिघा क्षेत्रफलमा ७५ करोड रुपैयाँ लगानी गरेर सो होटल निर्माण गरेको हो । धनाढ्य पर्यटक भित्र्याउने उद्देश्यले सिजी होटल एन्ड रिसोर्ट अन्तर्गत...
चौतारा २० चैत – सिन्धुपाल्चोकमा हालसम्मकै ठूलो मध्य भोटेकोसी जलविद्युत् आयोजनाको ठप्प भएको काम ११ महिनापछि पुनः सुरु भएको छ । गत वैशाख १२ गतेको भूकम्प, त्यसपछिका परकम्प तथा भारतको अघोषित नाकाबन्दीले ठप्प भएको काम चिनियाँ ठेकेदार अयोजनास्थलमा फर्केपछि काम सुरु भएको हो ।...
काठमाण्डु, २० चैत – पर्यटकीय क्षेत्र चन्द्रागिरिको आकर्षण र सौन्दर्यता थप चम्किँदैछ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको चन्द्रागिरि डाँडामा निमार्णाधीन केबलकारले यसको सौन्दर्यलाई बढाएको छ । प्राकृतिक सम्पदाको सौन्दर्यमात्र नभई त्यहाँ निर्माण गरिएका आधुनिक भौतिक पूर्वाधारका संरचनाले चन्द्रागिरिको सौन्दर्यलाई थप चम्काएको हो ।...
वीरगन्ज, २० चैत – वीरगन्ज उपमहानगरपालिकाले ‘स्वस्थ्य, सुन्दर विकासको सहर : वीरगन्ज नगर’ नारासहित अगामी आव २०७३/०७४ का लागि एक अर्ब ३८ करोड २० लाख ३२ हजार रुपैयाँको वार्षिक बजेट र नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिकाकोे शुक्रबार वीरगन्जमा भएको २०औँ...
काठमाण्डु, २० चैत – चक्रपथको २७ किमी सडक १० वर्षभित्रमा आठ लेनको बन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विसं २०७० मा सुरु भएको कलङ्की–कोटेश्वर १०.३९ किमी सडक आठ लेन बनाउने काम विसं २०७३ पुसमै सम्पन्न हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको...
चितवन, १९ चैत – जिल्लामा असिनापानीका कारण एक करोड भन्दा बढी इँटा क्षति भएको छ । बिहीबार परेको असिनापानीले जिल्लाका चैनपुर र वीरेन्द्रनगरमा उक्त परिमाणको इँटा नष्ट भएको हो । इँटा व्यवसायी रामेश्वर पोखरेलका अनुसार पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा क्षति भएको...
काठमाण्डु, १९ चैत – झट्ट सोच्दा १० करोड रुपैयाँ केही होइन भनिएला ! तर कृषि प्रधानमुलुकले अझै १० करोड रुपैयाँ मूल्य बराबरको फूल आयात गर्छ भन्नुचाहिँ लाजमर्दो विषय हो । दीपावली र प्रेमदिवस (भ्यालेन्टाइन डे) का दिन प्रायः फूलको अभाव हुने गर्छ । त्यसो...
काठमाण्डु, १९ चैत– वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल विद्युत् प्राधिकरणबीच लघु जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ विद्युत् खरिद सम्झौता भएको छ । केन्द्रका अनुसार सरकारको अनुदान सहयोगमा केन्द्रअन्तर्गत निर्माण भएका नुवाकोटको सिक्रे गाविसमा आयोजनास्थल रहेको २३ किलोवाट क्षमताको...
मोरङ, १९ चैत – एसियाली विकास बैँकले विराटनगरको समग्र विकासका लागि थप तीन अर्ब २५ करोड रुपैयाँ सहयोग गर्ने भएकोे छ । एसियाली विकास बैंकले दोस्रो चरणको कार्यक्रमअन्तर्गत यति ठूलो रकम सहयोग गर्न लागेको हो । यस सम्बन्धमा केही दिनअघि विराटनगर आएका एसियाली विकास...