पोखरा, २३ चैत – पोखराको शान्तिवन वाटिकामा रहेको थोक कृषिउपज बजारको एकाधिकार (सिण्डीकेट)का कारण उपभोक्ताले फलफूल र तरकारी महँगोमा खरिद गर्नु परिरहेको छ । फलफूल तथा तरकारी व्यवसायी लेखनाथ पौडेलका अनुसार ट्रक व्यवसायीले ढुवानी भाडा अत्यधिक लिने गरेका कारण फलफूल तथा तरकारी महंँगो हुने...
पाँचथर, २३ चैत – जिल्ला कृषि विकास कार्यालयले मकैखेतीका लागि किसानलाई १५ मेट्रिकटन बीउ वितरण गरेको छ । किसानलाई गत माघ १५ देखि चैत १५ गतेसम्म सो बीउ वितरण गरिएको हो । कार्यालयका कृषिप्रसार अधिकृत नीलकोमल सिंहका अनुसार वितरण गरिएको उक्त बीउले जिल्लाको १२...
उदयपुर, २३ चैत – उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस–२ स्थित रामपुर बजारमा निर्माण हुन गइरहेको महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड भवन निर्माणको लागि जापानी राजदूत मासासी ओगावाले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने कुरा बताएका छन् । राजदूत ओगावाले सोमबार उदयपुरको रामपुरमा...
काठमाण्डु, २२ चैत – उपत्यकामा खानेपानीको अभाव हटाउन काठमाण्डु उपत्यका खानेपानी लिमिटेडले दैनिक चार करोड लिटर पानी उत्पादन गर्ने गरी ४० वटा गहिरो ट्युबवेल खन्न सुरु गरेको छ । सुख्खायामको आरम्भसँगै उपत्यकामा खानेपानीको अभाव हुन थालेपछि जमिनभन्दा २५० मिटर तलबाट ट्युबवेल खन्न सुरु गरिएको...
काठमाण्डु, २२ चैत – नेपाल आयल निगमले अनावश्यक रुपमा इन्धन भण्डारण नगर्न आग्रह गरेको छ । बजारमा इन्धनको अभाव जारी रहेको बेला निगमले एक सार्वजनिक सूचना प्रकाशित गरी गर्मीयाम पनि बढ्दै गएको सन्दर्भमा घरमा वा अन्यत्र पनि इन्धन सञ्चय गर्नु सुरक्षाको दृष्टिकोणले अत्यन्तै खतरायुक्त...
काठमाण्डु, २२ चैत – भारतीय निर्माण कम्पनी आइभिआरसिएलको आर्थिक अवस्था कमजोर भएपछि निर्माण प्रक्रियामा नै छाडेको म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको क्षमतासँगै लागत पनि बढ्ने भएको छ । पुरानो ठेकेदारसँगको सम्झौता तोडेर नयाँ प्रक्रियामा आयोजना निर्माण गर्नका लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)मा...
पाल्पा, २२ चैत – जिल्लामा यस वर्ष एक करोड ५६ लाख रुपैयाँ बराबरको अन्डा उत्पादन भएको छ । उत्पादन भएको अन्डामा स्थानीय एक लाख ३० हजार रुपैयाँ र अन्य एक करोड ५४ लाख ४१ हजार रुपैयाँ बराबरको उत्पादन भएको हो । गत वर्ष स्थानीय...
मुस्ताङ, २२ चैत – विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्गमा आउने पर्यटकले अवैधरुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने क्रम बढेको पाइएको छ । मंसिर १६ गते लोमान्थाङ र चैत ४ गते म्याग्दीको घोरेपानी क्षेत्रमा बाह्य पर्यटकलाई अनुमति बिना ड्रोन क्यामेराबाट तस्बिर र भिडियो लिइरहेको अवस्थामा पक्राउ...
उदयपुर, २१ चैत-सिमेन्ट उत्पादन गर्ने मेसिन बिग्र्रेपछि जिल्लाको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग विगत १५ दिनदेखि बन्द छ । मेसिनका उपकरण जापानबाट आपूर्ति हुन कठिनाइ हुँदा सिमेन्ट उत्पादन कार्य पूर्ण रुपमा बन्द हुन पुगेको सो उद्योगका प्रबन्धक सुरेन्द्र पौडेलले बताए । उद्योगको धेरै सामान जापानको...
नेपालगन्ज, २१ चैत– नेपालमै प्याजको पहिलो शीतभण्डार नेपालगन्जमा निर्माण हुने भएको छ । प्याजमा आत्मनिर्भर हुने उद्देश्यले नेपालगन्ज उपमहानगरपालिका–१८ उदयपुरमा निर्माण हुने प्याज शीतभण्डारको शनिबार शिलान्यास गरियो । शीतभण्डारको शिलान्यास गर्दै कृषि विभागका महानिर्देशक युवकध्वज जिसीले प्याज निर्यात गर्न नसके आयात प्रतिस्थापनका लागिबाट शीतभण्डार...
बुटवल, २१ चैत – ऊर्जा संकटका समयमा ऊर्जाको सही उपयोग र प्रयोग गर्न सके अहिले पनि औद्योगिक क्षेत्रमा ३० प्रतिशतसम्म ऊर्जा बचत गर्न सकिने ऊर्जा क्षेत्रका विज्ञहरुले बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ र बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले शनिबार बुटवल औद्योगिक क्षेत्रका...
चितवन, २० चैत- उपप्रधानमन्त्री एवम् सहकारी विकास तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले सहकारीलाई व्यवस्थित गर्न नयाँ ऐन ल्याउन लागिएको बताएका छन् । उनन्साठीऔँ सहकारी दिवसका अवसरमा नेपालको पहिलो सहकारी बखान सहकारी संस्थाले शनिबार पश्चिम चितवनको शारदानगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विधेयकको मस्यौदा...