अर्थ

यस्ता किसान जसले बगरमै पैसा फलाउँछन्

२०७२ चैत २७ गते ११:४८

मोरङ, २७ चैत – मोरङका विभिन्न खोलाको किनारमा बसोबास गर्दै आएका किसानले बगरमा तरकारीखेती गरी राम्रो आम्दानी गर्न थालेका छन् । मोरङको रङ्गेली नगरपालिका–९ का ३५ बर्षीय छेदनलाल मण्डलले यो वर्ष पनि चिसाङ खोलाको बगरको दुई बिघा जमिनमा तरकारी लगाएर राम्रो आम्दानी गर्दै आएका...

डेढ अर्ब लगाएर सुरु भयो भूकम्पले भत्काएका १० सम्पदाको पुनःनिर्माण कार्य

२०७२ चैत २७ गते १०:४१

भक्तपुर, २७ चैत – जर्मन सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षति पुगेको भक्तपुर नगरभित्रका १० वटा सम्पदाको पुनःनिर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको छ । जर्मन विकास सहायताअन्तर्गत जर्मन विकास बैंक, नेपाल सरकार र भक्तपुर नगरपालिकाको संयुक्त लगानीमा भक्तपुरका १० वटा सम्पदाको पुनःनिर्माणको प्रारम्भिक काम...

फोहोरबाट निस्कने भयो १४ किलोवाट बिजुली

२०७२ चैत २७ गते ८:४२

काठमाण्डु, २७ चैत– आगामी तीन महिनाभित्र काठमाण्डु महानगरपालिकाले फोहरबाट बिजुली निकाल्ने भएको छ । महानगरपालिकाका वातावरण विभाग प्रशासन महाशाखा प्रमुख गंगाधर गौतमका अनुसार अहिले १४ किलोवाट बिजुली निकाल्न लागिएको हो । यो परीक्षण सफल भए काठमाण्डु उपत्यकाका अन्य स्थान र उपत्यकाबाहिर पनि यस योजनालाई...

सिंगो मुलुकलाई समेट्ने आयोजना सरकारको प्राथमिकता हो: अर्थमन्त्री

२०७२ चैत २६ गते २०:०१

वीरगन्ज, २६ चैत-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक समृद्धि नै अहिले सिङ्गो राष्ट्रको मुख्य कार्यभार भएको बताएका छन् । ‘स्थानीय आर्थिक विकासको आधारस् एक घर एक रोजगार’ भन्ने मूल नाराका साथ सुरु भएको वीरगन्ज उद्योग वाणिज्य सङ्घको ४० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले भने,...

निर्माणसम्बन्धी सामग्री प्रदर्शनी सुरु

२०७२ चैत २६ गते १७:०७

काठमाण्डु, २६ चैत – विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कम्पनीका निर्माण सामग्रीको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित दोस्रो ‘नेपाल ब्युल्डकन’ अन्तर्रा्ष्ट्रिय प्रदर्शनी आजदेखि यहाँ सुरु भएको छ । नेपाल, भारत, बङ्गलादेश, थाइल्यान्ड, टर्की, अस्ट्रेलियालगायत देशका उद्योगीले प्रदर्शनीमा सहभागिता जनाएका छन् । स्थानीय भृकुटीमण्डपमा यही चैत २९...

चमेलिया विद्युत आयोजनाको प्रसारण लाइन सम्पन्न

२०७२ चैत २६ गते १६:३१

काठमाण्डु, २६ चैत – व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले तत्काल निर्माण प्रक्रिया सुरु गर्न निर्देशन दिएको चार महिना पूरा हुँन लाग्दासमेत चमेलिया जलविद्युत आयोजनाको काम अगाडि बढ्न सकेको छैन । लेखा समितिले गत पुस १२ गते सो आयोजनाको काम तत्काल अगाडि बढाउन र कुनै पनि...

बजार अभावमा खाल्टोमै उम्रियो अदुवा

२०७२ चैत २६ गते १५:३५

पर्वत, २६ चैत – वर्षौदेखि व्यावसायिक रुपमा अदुवा खेती गर्दै आएका यहाँका किसान बिक्री नभएपछि समस्यामा परेका छन् । अघिल्लो वर्षसम्म अदुवा खोज्दै गाउँमै व्यापारी आउने गरेका भए पनि यो वर्ष बजार अभावमा अदुवा बिक्री नभएपछि खाल्टोमै उम्रिएको छ । बजारमा लगेर समेत बिक्री...

२०७३ साललाई मह उत्पाद वर्ष घोषणा

२०७२ चैत २६ गते १४:४९

जाजरकोट, २६ चैत – यस जिल्लालाई मह वर्ष घोषणा गर्ने तयारी थालिएको छ । जाजरकोटमा मह उत्पादन राम्रो हुँदाहुँदै पनि व्यावसायिक रूपमा यसलाई विकास गर्न २०७३ साललाई मह उत्पादन वर्ष घोषणा गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यहाँको नवौँ जिल्ला परिषद्ले मह...

नेपाल–भारतको मन मिलेपनि यस्तो छ ग्यास सहज नहुनुको भित्री रहस्य !

२०७२ चैत २६ गते १४:३३

एजेन्सी– भारतले लगाएको नाकाबन्दीदेखि यता असहज भएको ग्यासको आपूर्ति अझै सहज हुन सकेको छैन । मागभन्दा धेरै आपूर्ति गर्न थालिएको बताइएता पनि सहज रुपमा ग्यास नपाउनाले सर्वसाधारण मारमा परेका छन् । नेपाल आयल निगमको रिपोर्टअनुसार भारतबाट गत महिना साविक भन्दा १ हजार टन ग्याँस...

सरकारले एकसय अर्बको पुनरोद्धार कोष ल्याउने

२०७२ चैत २६ गते १३:०७

चितवन, २६ चैत – नेपाल राष्ट्र बैकका गभर्नर डा चिरञ्जीवी नेपालले सरकारले एक सय अर्ब रुपैयाँको पुनरोद्धार कोष ल्याउन लागेको जानकारी दिएका छन् । चितवनको रत्ननगरमा बिहीबार भएको केरा किसानको वार्षिक साधारणसभामा उनले भूकम्पलगायतका कारण पीडित बनेकालाई लक्षित गरी ऋण सहुलियत दिन कोष ल्याउन...

एक सिलेन्डर ग्यासको मूल्य दुई हजार !

२०७२ चैत २६ गते ११:२७

खोटाङ, २६ चैत – खोटाङका ग्यास व्यापारीले उपभोक्ताबाट बढी मूल्य लिने गरेको पाइएको छ । जिल्लाका व्यापारीले एक सिलिन्डर ग्यासमा उपभोक्ताबाट २०० रुपैयाँ बढी मूल्य लिने गरेको पाइएको हो । जनकपुरबाट एक हजार ४०० मा खरिद गरेर ल्याएको एक सिलिन्डर ग्यास खोटाङमा दुई हजारमा...

सञ्चालन आयो उदयपुर सिमेन्ट उद्योग

२०७२ चैत २६ गते ११:१३

उदयपुर, २६ चैत – उद्योगको प्लान्ट मेसिनको दाँती बिग्रेका कारण २५ दिनदेखि सिमेन्ट उत्पादन गर्न बन्द हुँदै आएको उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग आज साँझदेखि सञ्चालन हुने भएको छ । उद्योगको प्लान्ट मेसिनको दाँतीलाई तत्काल भारतमा लगेर मर्मत गरेर ल्याएपछि केही महिनाका लागि उद्योग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us