अर्थ

कृषिमा आत्मनिर्भर बन्न १८५ विशेष क्षेत्रको प्रस्ताव, सातै प्रदेशमा पकेट क्षेत्र

२०७२ चैत २९ गते १६:१६

काठमाण्डु, २९ चैत – कृषि विकास मन्त्रालयले सातवटै प्रदेशमा कृषि क्षेत्रको विकासका लागि १८५ वटा विशेष क्षेत्र (सुपर जोन) स्थापना गर्ने लक्ष्यसहित आर्थिक वर्ष २०७३/७४ को कार्यक्रम प्रस्ताव गरेको छ । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिको बैठकमा कृषि विकासमन्त्री हरिबोल गजुरेलले धान, मकै, तरकारी,...

राहुघाट विद्युत् कम्पनी नयाँ अवधारणामा अघि बढ्ने

२०७२ चैत २९ गते १४:४१

म्याग्दी, २९ चैत – जिल्लामा निर्माण हुन लागेको राहुघाट जलविद्युत् आयोजनालाई कम्पनीको अवधारणामा अघि बढाउने प्रस्तावप्रति जिल्लावासी उत्साहित भएका छन् । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको आयोजनामा सर्वसाधारणको सेयर लगानी रहने प्रस्तावसहितको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्राधिकरणको सञ्चालक समितिमा पेस भएको छ ।...

मुस्ताङमा धार्मिक स्थलहरुमा पर्यटकको चहलपहल बढ्यो

२०७२ चैत २९ गते १४:१४

मुस्ताङ, २९ चैत – जिल्लामा धार्मिक पर्यटकको चहलपहल बढेको छ । सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ र मार्फा क्षेत्रका होटलहरुमा अग्रिम ‘बुकिङ’ हुन थालेको छ । चैते दसैँ पर्वमा कागबेनीमा दिवङ्गत आफन्तको नाममा तर्पण दिन र स्नान गर्न देशभरबाट हिन्दू धर्मावलम्बी आएका कारण होटल भरिभराउ...

टुंगियो होटल व्यवसायी र चिया मालिकबीचको लामो विवाद

२०७२ चैत २९ गते १३:०४

मेलम्ची, २९ चैत – विगत लामो समयदेखि विवादमा रहेको सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाविस–७ स्थित एभरेस्ट चिया बगान र होटल व्यवसायीबीच होटलसम्म आउने पर्यटकलाई निर्वाद रुपमा आवतजावत गर्न दिने सहमति भएको छ । बीस वर्षदेखि सञ्चालनमा रहेको चिया बगानमा व्यवस्थापनले अर्गानिक चिया उत्पादन गर्ने उद्देश्यले...

कृषकलाई निवृत्त दिइने तयारीमा छौः कृषि मन्त्री

२०७२ चैत २८ गते १४:४९

भद्रपुर, २८ चैत-कृषि विकास मन्त्री हरिबोलप्रसाद गजुरेलले कृषकको भविष्यलाई सुरक्षित पार्न २० वर्षसम्म लगातार कृषि पेसा अँगाल्ने कृषकलाई राज्यबाट निवृत्त दिने व्यवस्था ल्याउन लागेको बताएका छन् । कृषि विकास कार्यालयद्वारा आयोजित फार्म मेसिनरी हस्तान्तरण समारोहलाई आइतबार सम्बोधन गर्दै मन्त्री गजुरेलले जनतालाई खाद्यान्नमा सुनिश्चितता गर्न...

तलौराकोटको माटो बोकेर पत्रकार पर्वतमा

२०७२ चैत २८ गते ८:३१

पर्वत, २८ चैत– भगवान् गौतम बुद्धले २९ वर्ष बिताएको क्रीडास्थल, विश्व प्रसिद्ध ऐतिहासिक स्थल तिलौराकोटको माटो बोकेर कपिलवस्तुका पत्रकारहरु पर्वत आइपुगेका छन् । पर्यटन प्रबर्द्धनका लागि कपिलवस्तुदेखि हिमालपारिको जिल्ला मुस्ताङसम्मको यात्रामा निस्किएका पत्रकार शनिबार पर्वत आइपुगेका हुन् । भारतसँग सिमाना जोडिएको र पहाड, मधेस...

कार र्‍याली गरेर पर्यटन प्रबर्द्धन !

२०७२ चैत २८ गते ८:२१

धनगढी, २८ चैत – आन्तरिक पर्यटन  प्रबर्द्धनमा टेवा पुर्‍याउन र सडक सुरक्षाका लागि जनचेतना जगाउन शनिबार कैलालीमा कार र्‍याली गरिएको छ । धनगढीबाट चिसापानी (कर्णाली) सम्मको झन्डै १०३ किमीको दूरीमा भएको कार र्‍यालीमा २३ वटा कार सहभागी रहेका थिए । कार र्‍यालीको समापनका अवसरमा...

यस बर्ष गहुँ उत्पादनमा ह्रास

२०७२ चैत २७ गते १७:३२

उदयपुर, २७ चैत – समयमा वर्षा र मलखाद नहुँदा गहुँ उत्पादनमा यसवर्ष ह्रास आएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस पटक विगतका वर्षको तुलनामा झण्डै ४० प्रतिशत गहुँ उत्पादनमा ह्रास आएको हो । गत वर्ष जिल्लाको करिब पाँच हजार १२६ हेक्टर क्षेत्रफलमा...

मौरी पालेर मासिक २० हजार कमाइ

२०७२ चैत २७ गते १७:२३

पर्वत, २७ चैत – उत्तरी पर्वतको लेखफाँट–५ ठूलाचौरका भगवान् आचार्यले विदेशबाट फर्केपछि व्यावसायिक मौरीपालन सुरु गरेका छन् । विदेश पुगेर सोचेजस्तो कमाइ नभएपछि उनले गाउँ फर्किएर सुरु गरेको मौरीपालन व्यवसायबाट मासिक २० हजारभन्दा बढी आम्दानी हुने गरेको छ । सुरुमा दुई वटा काठको घारबाट...

देशका ११ आयोजनामा जलविद्युत कम्पनीको आठ अर्बबढी लगानी

२०७२ चैत २७ गते १७:०२

काठमाण्डु, २७ चैत – जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना गरिएको जलविद्युत् लगानी तथा विकास कम्पनीले हालसम्म विभिन्न ११ वटा जलविद्युत् आयोजनामा सहवित्तीयकरणका आधारमा लगानी गरेको छ । मुलुकको जलविद्युत् क्षेत्रमा लगानी गर्ने र उल्लेख्य सुधार गर्ने लक्ष्यका साथ सरकारले स्थापना गरेको सो कम्पनीले हालसम्म...

कस्तो रहयो त पर्यटनका लागि वर्ष २०७२ ?

२०७२ चैत २७ गते १५:१७

काठमाण्डु, २७ चैत – मुलुकको अर्थतन्त्रको मूल आधार मानिने पर्यटन क्षेत्र २०७२ का लागि सकसपूर्ण बन्यो । गत वैशाख १२ को ‘गोरखा भूकम्प’ र असोजमा संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण मुलुकको पर्यटन क्षेत्र थला प¥यो । आर्थिक समृद्धिको दरिलो आधार पर्यटन...

लोडसेडिङ् भोग्न बाध्य सर्वसाधारणलाई उर्जामन्त्रीले सुनाए खुसीको खबर !

२०७२ चैत २७ गते १५:१२

काठमाण्डु, २७ चैत– उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझीले नयाँ वर्ष २०७३ (वैशाख) मा लोडसेडिङ् आधारभूत रुपमा अन्त्य हुने र ०७४ सालमा पूर्णरुपमा अन्त्य हुने घोषणा गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री रायमाझीले लोडसेडिङ् अन्त्य गर्ने सवै पूर्वाधार पूरा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us