भीमदत्तनगर, २५ चैत – कैलालीको धनगढी उपमहानगरपालिका–७ बेलीका लाहान चौधरीको दम्पती महाकाली नदीमा बालुवा छानिरहेको अवस्थामा भेटियो । घरमा १२ वर्षीया छोरीको भरमा तीन छोराछोरी छाडेर बालुवा छान्न आएको चौधरी दम्पतीको सात महिना बितिसक्यो । ‘जग्गा पनि छैन, छोराछोरीलाई पढाउन हुन्छ भनेर दुवैजना यहाँ...
कञ्चनपुर, २५ चैत – कञ्चनपुरको बेल्डाँडीमा भत्किएको नहर मर्मत र पुनःनिर्माणपछि यहाँका करिब १२ हजार बढी घरधुरी लाभान्वित हुने भएका छन् । करिब छ हजार ५०० हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउन वर्षौँअघि सिँचाइ विभागको लगानीमा नहर निर्माण गरिएको थियो । महाकाली सिँचाइ जल उपभोक्ता...
काठमाण्डु, २५ चैत – भृकुटीमण्डपमा सुरु भएको चौथो बृहत् पुस्तक प्रदर्शनीमा अहिलेसम्ममा २५ लाख रुपैयाँ को कारोबार भएको छ । गत शुक्रबारदेखि डिकुरा पब्लिकेसनले सुरु गरेको प्रदशर्नीको ५० हजार मानिसले अवलोकन गरेका कार्यक्रम संयोजक पुण्यप्रसाद प्रसाईंले जानकारी दिए । प्रदर्शनीमा एक हजारभन्दा बढी फरक...
काठमाण्डु, २५ चैत – नेपालको पर्यटनलाई संसारमा चिनाउने मुख्य आधार नै हिमाल हो र पर्वतारोहण र पदयात्रा पर्यटकका लागि आकर्षक गन्तव्य हो । त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्णलगायतका हिमाल विश्व चर्चित छन् । आठ हजार मिटर अग्ला आठवटा हिमाल क्रमशः सगरमाथा,...
ढोरपाटन, २५ चैत – वसन्तयामसँगै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । आरक्षको उपत्यकासम्म मोटर पुगेपछि ढोरपाटन पर्यटकको रोजाइमा पर्न थालेको छ । सडक पुगेपछि आन्तरिक पर्यटकको सङ्ख्या बढेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । कार्यालयले विदेशी...
पाल्पा, २५ चैत – बौघापोखराथोकका कृषक रुकबहादुर रेश्मी साहुसँग दुई लाख रुपैयाँ ऋण गरेर बहराइन पुगे । दुई वर्ष त्यहाँ काम गर्दा ऋण तिर्न पनि उनलाई धौधौ प¥यो । मनग्य कमाइ गर्न त परै जाओस् साहुसँग विदेश जाँदा लिएको ऋण तिर्न मुस्किल भएपछि रेश्मी...
नुवाकोट, २५ चैत – भूकम्पपीडितलाई राहतस्वरुप स्थानीयस्तरमा काम लगाई नगद रकम दिने कार्यक्रममा कामका लागि नगद कार्यक्रमअन्तर्गत मदानपुरका भूकम्पपीडितलाई रकम प्रदान गरिएको छ । बुधबार मदानपुर गाविसमा आयोजित कार्यक्रममा गाविसभरिका एक हजार ७०६ जना भूकम्पपीडितलाई रकम प्रदान गरिएको हो । कामका लागि नगद कार्यक्रमअन्तर्गत...
काठमाण्डु २४ चैत – नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले काठमाण्डुमा पेट्रोलियम पदार्थको आपूर्ति क्रमिकरुपमा सहज हुँदै गइरहेको बताए । रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले केही दिनमा निर्माण क्षेत्र तथा कन्सट्रक्सन कम्पनीलाई डिजेलको आपूर्ति सहज बनाउन व्यवस्थापन गर्ने बताए । गत...
काठमाण्डु, २४ चैत– नदी नियन्त्रण कार्यका लागि भारत सरकारले नेपाललाई ३६ करोड ६२ लाख अनुदान सहयोग गर्ने भएको छ । सिँचाइ मन्त्रालयमा आयोजित द्विपक्षीय सहयोग सम्झौतामा सिँचाइ मन्त्री उमेश यादवलाई नेपालका लागि भारतीय राजदूत रणजित रायले अनुदान सहयोग सम्बन्धी चेकमा हस्ताक्षर गरे । नेपाल–...
वीरगन्ज, २४ चैत – कृषि उत्पादन अभिवृद्धि गरी स्थानीय रोजगारीका अवसर सिर्जना र खाद्य सुरक्षा सुनिश्चित गर्न सरकारले कृषकलाई सहुलियतमा ऋण उपलब्ध गराउने नीति लिए पनि भारतसँग सीमा जोडिएका पर्साका दक्षिणी भेगका कृषकले सो सुविधा पाउन सकेका छैनन् । सरकारले कृषि कार्यका लागि मुलुकभरिका...
चितवन, २३ चैत – चितवनको गीतानगरकी किसान सुनिता चापागाईं एन्ड्रोइड मोबाइलबाट यसअघि फेसबुक धेरै चलाउँथिन् । अनि दोस्रोमा भाइबर तथा जिमेलमा उनको हात जान्थ्यो । बेलाबेलामा आफन्तसँग फोनमा कुराकानी मोबाइलबाट हुन्थ्यो । मनोरञ्जन लिन पनि मोबाइल नै । यस्तै प्रयोजनका लागि उनको महँगो मोबाइल चल्थ्यो...
काठमाण्डु, २३ चैत-गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले खिम्ती– ढल्केबर प्रसारण लाइन निर्माणमा पूर्णरुपमा शान्ति सुरक्षा प्रदान गर्ने भएको छ । गृहको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले प्रसारण लाइन निर्माणका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गर्ने जानकारी दिए । राष्ट्रिय मानव अधिकार...