अर्थ

ठूलै विवादमा फस्यो सोलु करिडोर प्रसारण लाइन

२०७३ वैशाख ९ गते १८:०२

काठमाण्डु, ९ वैशाख – नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको १३२ केभी क्षमताको सोलु करिडोर प्रसारण लाइन विवादमा फसेको छ । आयोजनाको ठेकेदार छनोट प्रक्रिया अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत हुँदै व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिमा पुगेको छ । आयोगले ठेकेदार छनोट प्रक्रिया गलत भएको भन्दै...

दैवी प्रकोपले क्षति गरेको बालीको क्षतिपूर्ति दिन किसानको माग

२०७३ वैशाख ९ गते १७:४८

कास्की, ९ वैशाख – किसानलाई उत्पादन फसल बिमाको व्यवस्था गर्न यहाँका किसानले माग गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ कास्कीले पोखरामा आयोजना गरेको ‘कास्की जिल्लामा हावाहुरी तथा असिनाले पारेको क्षति’ विषयको अन्तक्र्रिया कार्यक्रममा बोल्ने किसानले त्यस्तो माग गरेका हुन् । नेपाल सरकारले बिमाप्रति किसानलाई...

आधा दर्जन चप्पल उद्योग संकटमा, एक हजार मजदुरको रोजगारी गुम्न सक्ने

२०७३ वैशाख ९ गते १७:३६

वीरगन्ज, ९ वैशाख – भारतीय चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका आधा दर्जन चप्पल उद्योग संकटमा परेका छन् । सस्तो मूल्य र गुणस्तरहीन भारतीय चप्पल अवैधरूपमा भित्रिने क्रम वृद्धि भएपछि नेपाली चप्पल उद्योगले प्रतिस्पर्धा गर्न नसकेका हुन् । सस्तो मूल्य र आकर्षक देखिने चिनियाँ चप्पल...

दुई सय टन मल वितरण

२०७३ वैशाख ९ गते १५:३८

पाल्पा, ९ वैशाख – रासायनिक मल र विषादीको न्यूनीकरणका लागि किसानलाई २०० टन प्राङ्गारिक मल अनुदानमा वितरण गरिँदै छ । कृषि विकास माटो निर्देशनालयबाट स्वीकृत कार्यक्रमअन्तर्गत जिल्लामा प्राङ्गारिक मल वितरण गरिने भएको हो । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत वैकुण्ठनाथ खनालका अनुसार...

जिल्लाकै नमुना महिला उद्यमी सीता, आफ्नै पौरखमा गाईफार्म

२०७३ वैशाख ९ गते १५:०८

पाल्पा, ९ वैशाख – मस्याम गाविस– ७ डुम्रेकी सीता अस्लामी अहिले जिल्लाकै नमुना उद्यमी महिलाको रुपमा परिचित छिन् । महिलाले कुनै व्यवसाय गर्न सक्दैनन्, सधँै घरकै काममा सीमित हुनुपर्छ भन्ने पुरानो मान्यताको प्रतिकार गर्दै गाईफार्म खोलेर उनी नमुना महिला उद्यमी बनेकी छिन् । उनले...

इजरायलको सीपले बनायो नेपालको व्यवसायी किसान

२०७३ वैशाख ९ गते १२:३०

कावासोती, ९ वैशाख – विदेशमा गएर फर्केकाले घर आएपछि के गर्लान् भन्दा धेरैको जवाफ आउछ ? घरघडेरी जोड्ने, सुखसँग जिन्दगी बिताउने । तर योभन्दा भिन्न छन् इजरायलमा ११ महिना काम गरेर फर्केका कुमारवर्ती–६ गोछडाचोकका दामोदर लामिछाने । साना किसान सहकारी संस्थामार्फत कृषिका लागि इजरायल...

जो भारी बोकेरै सगरमाथा चढ्छन्…

२०७३ वैशाख ९ गते १०:४६

सोलुखुम्बु, ९ वैशाख । सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे यस्तो गाउँ हो जहाँका अधिकांश घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन् । आलु र फापर मात्र उत्पादन हुने सो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन् ।...

थाङ्का कलालाई राज्यले वेवास्ता गरेको गुनासो

२०७३ वैशाख ८ गते १६:१६

काठमाण्डु, ८ वैशाख – नेपालमा थाङ्का कलाको सम्भावना प्रचुर मात्रामा रहे पनि यसको विकासमा राज्य र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)ले खासै काम गर्न नसकेको गुनासो गरिएको छ । नेपाल ललितकला पत्रकार समाज र तारागाउँ म्युजियमको आयोजनामा हरेक महिनाको दोस्रो बुधबार हुने ‘कलाका कुरा’मा यस पटक...

सुन्तलाबाट पौने चौबिस करोड आम्दानी

२०७३ वैशाख ८ गते १४:४९

पाँचथर, ८ वैशाख – यस वर्ष सुन्तलाबाट २३ करोड ८० लाख रुपैयाँ आम्दानी भएको छ । जिल्लाबाट चार हजार ३२८ मेट्रिक टन सुन्तला निर्यात भएको थियो । गत आवमा २२ करोड ७६ लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत...

चालीस करोडको विराटनगरको पहिलो चारतारे होटल

२०७३ वैशाख ८ गते १०:४६

मोरङ, ८ वैशाख – दुगड ग्रुपले ४० करोड रुपैयाँको लगानीमा विराटनगरमा पहिलो अत्याधुनिक सेवासुविधासहितको चारतारे होटल सञ्चालनमा ल्याएको छ । विराटनगर–२ बञ्जराचौकमा आठ कट्ठा जग्गामा ५२ कोठाको ह्यारी सन प्यालेस नामको सुविधासम्पन्न होटल एक समारोहबीच मङ्गलबार बेलुका एक अमेरिकी नागरिक माइकल कोबोल्डबाट उद्घाटन भएको...

साढे ८६ करोडको आलु उत्पादन

२०७३ वैशाख ७ गते १८:०३

चितवन, ७ वैशाख – यो वर्ष करिब ८८ करोड रुपैयाँको आलु उत्पादन भएको छ । जिल्लामा कुल एक हजार ९१८ हेक्टर क्षेत्रफलमा लगाइएको खेतीबाट ३५ हजार ९९ मेट्रिक टन आलु उत्पादन भएको थियो । यो वर्ष आलु प्रतिकिलो २० देखि ३० रुपैयाँसम्ममा बिक्री भएको...

सोलु करिडोरमा उजुरीको चाङ, हर्जनामा फस्दै प्राधिकरण

२०७३ वैशाख ७ गते १७:५७

काठमाण्डु, ७ वैशाख – नेपाल विद्युत् प्राधिकरणले वस्तुनिष्ठ निर्णय नगर्दा सोलु करिडोर प्रसारण लाइन तोकिएको समयमा पूरा नहुने भएको छ । प्रसारण लाइन सम्पन्न हुन नसक्दा आगामी २०७५ सालपछि प्राधिकरणले एक अर्ब ३८ करोड रुपैयाँ हर्जना तिर्नुपर्ने अवस्था छ । प्राधिकरण सञ्चालक समितिको गत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us