काठमाण्डु, ११ वैशाख – मुलुकको कुल भूभागको १४ प्रतिशत क्षेत्रफल ओगटेको समग्र कर्णाली अञ्चल निर्वाचन क्षेत्र र बजेटका हिसाबले मात्र होइन, नगरपालिकाको संरचनामा समेत पछि परेको छ । हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटसहित सिङ्गो कर्णालीमा नगरपालिकाको नाउँमा चन्दननाथले मात्रै प्रतिनिधित्व गर्दै आएको छ...
वीरगन्ज, ११ वैशाख – वीरगन्ज उपमहानगरपालिका क्षेत्रबाट निस्कने फोहरमैला व्यवस्थापनका लागि झन्डै ४८ करोड ८० लाख रुपैयाँको लागतमा अत्याधुनिक ‘ल्याण्डफिल्ड साइट’ निर्माण हुने भएको छ । उपमहानगरपालिका लागि विगत लामो समयदेखि फोहरमैला व्यवस्थापन चुनौती बनेको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालनमा रहेको...
चितवन, ११ वैशाख – चितवनको औद्योगिक फिडरमा लाइनको अनियमितताले उद्योग सञ्चालक समस्यामा परेका छन् । व्यवसायीले आलोपालो गरेर उद्योग चलाउँदासमेत समस्या समाधान नभएपछि उद्योग व्यवसाय नै धरासायी हुने अवस्था आएको व्यवसायीले बताएका छन् । भरतपुरको सवस्टेसनदेखि पोखरा बसपार्क हुँदै मङ्गलपुरसम्म रहेका १०५ ठूला उद्योगमा...
जिरी, ११ वैशाख – दोलखाको सुन्दर पर्यटकीय नगरी जिरीलाई व्यवस्थित बनाउन बजार क्षेत्रमा राखिएको सबै ठूला होर्डिङ बोर्ड हटाइने भएको छ । इलाका प्रहरी कार्यालय जिरीले आयोजना गरेको एक कार्यक्रममा प्रहरी निरीक्षक राजेशकुमार कार्कीले जिरी बजार अव्यवस्थित बन्दै गएकाले विज्ञापनका लागि राखिएका सबै होर्डिङ बोर्ड...
काठमाण्डु, ११ वैशाख– ‘मैले तिर्ने कर : शिक्षामा लगाउने रहर’ भन्ने नाराका साथ आइतबारदेखि मुलुकभर विश्वव्यापी कार्य सप्ताह–२०१६ मनाइँदैछ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले शनिबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी शिक्षाको मौलिक हकको कार्यान्वयन र बजेट वृद्धि जस्ता सवालमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्न...
भीमदत्तनगर, ११ वैशाख – विश्वमै दुर्लभ बाह्रसिङ्गाको ठूलो झुण्ड अवलोकन गर्न पाइने कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम बढेको छ । शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले विगत वर्षको तुलनामा शुक्लाफाँटाको भ्रमण तथा अवलोकन गर्न आउने...
काठमाण्डु, १० वैशाख – व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले १३२ केभी सोलु करिडोर प्रसारण लाइन निर्माणको काम स्थगित गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले उक्त प्रसारण लाइन निर्माणमा सहभागी ठेकेदारलाई ठेक्का दिँदा अपारदर्शी निर्णय भएको र कम बोलकबोल गर्नेलाई नदिई बढी...
सोलुखुम्बु, १० वैशाख – गत वर्षको भूकम्पका कारण घरविहीन भएका जिल्लाका गोली र चौलाखर्क गाविसका बासिन्दा अलैँची बिक्री नहुँदा मारमा परेका छन् । विगतका वर्षहरुमा कात्तिक÷मङ्सिर महिनाभित्रमा गाउँका सबैको अलैँची बिक्री भइसक्थ्यो । तर यस वर्ष कृषकले उत्पादन गरेको अलैँची झुपडीमै थन्किएको छ ।...
पाल्पा, १० वैशाख – लामो खडेरीले तरकारी बाली सुक्न थालेपछि जिल्लाको डाँडाभेगका किसान चिन्तामा परेका छन् । प्रर्याप्त सिँचाइ सुविधा नहुँदा जिल्लामा व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसान बोट नै सुक्न थालेपछि मारमा परेका हुन् । खडेरीले यहाँ लगाइएका लहरे तरकारी बाली सुक्दै...
भद्रपुर, १० वैशाख – माल पाएर पनि चाल नपाउने निर्माण व्यवसायीको ढिलासुस्ती एवम् लापर्बाहीले गर्दा झापा जिल्लामा पछिल्ला वर्षमा सञ्चालित ठूला योजना पूरा नभई अलपत्र अवस्थामा देखिएका छन् । सडक विभागमार्फत सञ्चालित आठवटा पुलको योजना सम्झौता मिति सकिएको लामो समय भए पनि ती योजना...
मोरङ, १० वैशाख – मोरङमा ग्यास बिक्री–वितरणलाई सहज बनाउन विराटनगरका ग्यास बिक्रेताले माग गरेका छन् । ग्यास बिक्री–वितरणको विषयमा आधिकारिकरुपमा ठोस निर्णय दिन माग गर्दै बिक्रेताले बिहीबार बेलुका वाणिज्य कार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएका छन् । उद्योगले पर्याप्त ग्यास नदिइरहेको र प्रशासनले समेत आएको ग्यासलाई...
काठमाण्डु, ९ वैशाख – करिब पाँच महिना कायम रहेको नाकाबन्दीमा सरकारले खाना पकाउनका लागि काठमाण्डु उपत्यकामा मात्र झन्डै २१ हजार क्विन्टल दाउरा बिक्री गरेको छ । नाकाबन्दीले खाना पकाउने एलपी ग्यासको आपूर्तिमा समस्या भएपछि सरकारले खाना पकाउनका लागि काठमाण्डु उपत्यकामा दाउरा बिक्री सुरु गरेको...