अर्थ

माथिल्लो मादी प्रसारण लाइनलाई सव स्टेसनमा जडान

२०७३ वैशाख १६ गते १५:३१

पोखरा, १६ वैशाख – पच्चिस मेगावाटको माथिल्लो मादी जलविद्युत आयोजनाको प्रसारण लाइनलाई आज लेखनाथ सव स्टेसनको १३२ केभी बसबारमा जडान गरिने भएको छ । यसै वर्ष काम सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको प्रसारण लाइनलाई बसबारमा जडान गर्न लागिएको नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड...

राखिने भयो साढे ७ करोडको विद्युत ‘सव स्टेसन’

२०७३ वैशाख १६ गते १५:२६

प्यूठान, १६ वैशाख – लामो समयको प्रयासपछि प्यूठान, रोल्पा र अर्घाखाँचीको विद्युत आपूर्ती अनियमितलाई रोक्नका लागि सव स्टेसन निर्माण सुरु भएको छ । प्यूठान नगरपालिका–१५ स्थित दम्तीमा तीन जिल्लाको विद्युत् आपूर्ति अनियमितलाई नियमित गर्नका लागि सात लाख ५० हजार रुपैयाँको लागतमा सव स्टेसन निर्माण...

खडेरीमा पनि डकमक्क पञ्चासे, मनमोहकतामा लोभिए पर्यटक

२०७३ वैशाख १६ गते १३:३१

काठमाण्डु, १६ वैशाख – ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले…,’ ‘त्यै रुमालमा पञ्चासेको फूल राखँे मैले…’ कन्दरा समूहको चर्चित गीतको शब्दले भनेजस्तै पञ्चासेको मनमोहक फूलको आकर्षणले धेरै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, ऐतिहासिक, धार्मिक र सांस्कृतिक...

अमिलो फलफूलखेती फस्टाउँदै

२०७३ वैशाख १६ गते १३:१२

नवलपरासी, १६ वैशाख – पहाडी भेगमा अमिलो जातको फलफूलखेती फस्टाउँदै गएको छ । जिल्लको पहाडी १७ गाविसमा सुन्तला, कागतीलगायतका अमिलो जातका फलफूलखेती स्थानीयवासीलाई आयआर्जन तथा जीविकोपार्जनतर्फ उन्मुख हुन राम्रो माध्यम बनेका छन् । जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेका अनुसार उत्पादित सुन्तला, कागतीको...

यस बर्ष खडेरीले मकै छर्न पाएनन् किसानले

२०७३ वैशाख १६ गते १२:५८

पाल्पा, १६ वैशाख – रामपुरका कृषकले यस वर्ष खेडेरीका कारण अहिलेसम्म मकै छर्न पाएका छैनन् । मकै छर्न नपाएपछि यहाँका कृषकलाई परिवारको लालनपालन कसरी गर्ने भन्ने चिन्ता परेको छ । ‘बर्सेनि मकै बेचेर घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउन सजिलो भएको थियो, यस पटक...

ल्याइयो तीन करोडको नयाँ खानेपानी आयोजना

२०७३ वैशाख १६ गते ११:५४

पर्वत, १६ वैशाख – पुरानो योजनाले सदरमुकाम कुश्मावासीलाई खानेपानी अभाव भएपछि नयाँ योजनाको निर्माणकार्य सुरु गरिएको छ । तीन करोड ४२ लाख ८७ हजार ९७४ रुपैयाँको लागतमा कुश्मा खानेपानी आयोजना सुरु भएको हो । अहिले भइरहेको योजनाभन्दा थप दुई हजार ५० घरधुरीका बासिन्दालाई खानेपानी...

अन्तर्राष्ट्रिय श्रम समितिले दियो सरकारलाई निर्देशन

२०७३ वैशाख १५ गते १६:०६

काठमाण्डु, १५ वैशाख-संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले आगामी आव २०७३/७४ को बजेट नयाँ संविधानले परिकल्पना गरेको सङ्घीयतालगायतका व्यवस्थालाई कार्यान्वयनमा सघाउने, भूकम्पपछिको पुनःनिर्माणमा सघाउ पुग्ने र नाकाबन्दीले अर्थतन्त्रमा परेको असर न्यून गर्ने गरी ल्याउन सरकारलाई निर्देशन दिएको छ । आगामी बजेटबारे छलफल गर्न बुधबार...

भूकम्पले तहसनहस सिँचाइको पूनःनिर्माणपछि किसानमा खुशी छायो

२०७३ वैशाख १५ गते १४:५६

बनेपा, १५ वैशाख – भूकम्पले तहसनहस बनाएका सिँचाइका पूर्वाधार पुनःनिर्माण भएपछि किसान हर्षित भएका छन् । महादेवस्थानको बगरखोला बाँध सिँचाइ र गौरीबिसौना देउपुर गाविसमा चितेदोभान सिँचाइको पुनःनिर्माण भएपछि उनीहरु हर्षित भएका हुन् । महादेवस्थान गाविस किसान समूहका सचिव नारायणबहादुर विष्टले पूर्वाधार निर्माण पछि चार...

नगरकोटको फोहर व्यवस्थापन जिम्मा पर्यटन समितिलाई

२०७३ वैशाख १५ गते १३:१०

भक्तपुर, १५ वैशाख – नगरकोटको पर्यटकीय क्षेत्रका फोहर व्यवस्थापनको जिम्मा नगरकोट नाल्दुम पर्यटन विकास समितिले पाएको छ । नगरकोट नगरपालिकाले फोहर बोक्ने एउटा टिपरसहित फोहर व्यवस्थापनको जिम्मा समितिलाई दिएपछि फोहर व्यवस्थापन गर्ने कार्य समितिले सुरु गरेको छ । नगरपालिका र समितिबीच फोहर व्यवस्थापनको सम्झौता भएपछि...

सिंहदरबार वैद्यखानाका औषधि ‘जिएमपी’मा लगिने

२०७३ वैशाख १५ गते १२:०१

काठमाण्डु, १५ वैशाख – सिंहदरबार वैद्यखाना विकास समितिले उत्पादन गर्ने ५० प्रकारका औषधिलाई गुड म्यानुफ्याक्चर प्राक्टिस (जिएमपी)मा लैजाने तयारी गरेको छ । जिएमपीमा जानका लागि औषधि व्यवस्था विभागबाट समितिले स्वीकृति पाइसकेको छ । जिएमपीमा जानका लागि कुनै पनि औषधि उद्योगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड...

जिरीको चिया स्विजरल्यान्ड, जर्मनी, अमेरिकी बजारमा

२०७३ वैशाख १५ गते ११:१०

जिरी, १५ वैशाख – जिरी टी डेभलपमेन्ट कम्पनी जिरीले उत्पादन गरेको चिया अहिले विदेशी बजारमा निर्यात हुने गरेको छ । जिरीमा उत्पादन गरिएको चिया विदेशी बजारमा निर्यात हुँदा मासिक चार लाख ८० हजार बराबर रुपैयाँ विदेशी मुद्रा जिरी भित्रिने गरेको छ । दोलखाको पर्यटकीय...

विद्युत बिनै तानियो भेरीको पानी, २४सै घन्टा खेतबारीमा पानी नै पानी !

२०७३ वैशाख १५ गते १०:५५

जाजरकोट, १५ वैशाख – सदरमुकामसँगै जोडिएको रिम्ना गाउँमा जमिन धेरै भएपनि सिँचाइ सुविधा नहुँदा स्थानीयवासी हैरान भएका थिए । अहिले पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनाको सहयोगमा भेरी नदीबाट पानी तानेर सिँचाइ भए पछि स्थानीयवासीमा खुसी छाएको छ । सिँचाइ सुविधा नहुँदा यहाँका स्थानीयवासी आफ्नो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us