अर्थ

ऊर्जा सङ्कटकालसम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारी

२०७३ वैशाख २० गते १७:४६

काठमाण्डु, २० वैशाख – सरकारले व्यवस्थापिका–संसद्को मङ्गलबारबाट सुरु हुने बैठकमा ऊर्जा सङ्कटकालसम्बन्धी कार्ययोजनालाई अगाडि बढाउने विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ । बदलिँदो परिवेशअनुसार मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नयाँ ऐनको व्यवस्था गर्न आवश्यक रहेको भन्दै उक्त विधेयकको आवश्यक तयारी गरेको हो...

पर्वतमा बनेको अचार अब अमेरिकीले चाख्ने भए

२०७३ वैशाख २० गते ११:०९

पर्वत, २० वैशाख– पर्वतका विभिन्न गाविसमा लप्सीबाट उत्पादित विभिन्न परिकार पहिलोपटक अमेरिका निर्यात भएको छ । जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले आफ्ना उत्पादन अमेरिका पठाएको हो । अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग...

बेगनास माछा महोत्सव सकियो

२०७३ वैशाख २० गते ८:१४

पोखरा, २० वैशाख – ‘बेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ लेखनाथ नगरपालिकाको बेगनासतालस्थित मन्दरेपार्कमा सञ्चालित दोस्रो माछा महोत्सव( बेगनास फिस फेस्टिबल) आइतबार सकिएको छ । शुक्रबारदेखि सञ्चालन भएको सो फेस्टिबलमा ५० लाखभन्दा बढीको आर्थिक कारोबार भएको फेस्टिबल आयोजक मूल समारोह समितिका...

अर्थतन्त्रमा सुधार आउन थालेको छ: गभर्नर

२०७३ वैशाख १९ गते १७:३०

दमौली, १९ वैशाख- नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले भूकम्प र नाकाबन्दीपछि तरल अवस्थामा रहेको अर्थतन्त्रमा सुधार आउन थालेको बताएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड दमौली शाखाको आइतबार उद्घाटन गर्दै डा नेपालले व्यापार घाटा ३९३ अर्ब रहेको र ४२७ अर्बको विप्रेषण नेपालमा...

गर्मीले माछाको भुरा उत्पादनमा ह्रास

२०७३ वैशाख १९ गते १७:०६

लहान, १९ वैशाख – बढ्दो गर्मीसँगै केही समय यता सिरहामा माछाको भुरा उत्पादनमा ह्रास आएको छ । लामो समयदेखि वर्षा नभएको र गर्मीका कारण तापमानसमेत बढेकाले भुरा उत्पादनमा ह्रास आएको हो । मत्स्य विकास केन्द्रका मत्स्य विकास अधिकृत शुभकरण झाका अनुसार जलाशयमा रहेको पानी...

फस्टायो खुवा उद्योग

२०७३ वैशाख १९ गते १५:२७

बनेपा, १९ वैशाख – काभ्रेपलाञ्चोकको च्याम्रेङबेसी गाविसमा खुवा उद्योग फस्टाउँदै गएको छ । स्थानीय किसानका लागि आयआर्जनको स्रोत बनेपछि खुवा उद्योग फस्टाउन लागेको हो । च्याम्रेङबेसी गाविसमा कूल १७ वटा खुवा उद्योग सञ्चालनमा रहेका छन् । भैँसीपालनको पकेट क्षेत्र मानिने सो गाविसमा ३० हजार...

खोरेत विरुद्धको निःशुल्क भ्याक्सिन

२०७३ वैशाख १९ गते १४:४०

बनेपा, १९ वैशाख – काभ्रेपलाञ्चोकमा पशुलाई निःशुल्क रुपमा २० लाख रुपैयाँ बराबरको खोरेत रोग विरुद्धको भ्याक्सिन (एफएमजी) लगाइएको छ । जिल्ला पशुसेवा कार्यालयका १० वटा सेवा केन्द्रमार्फत स्थानीय दुग्ध सहकारी संस्था, पाराभेट, पशु प्राविधिकको संलग्नतामा सो खोप लगाइएको हो । अहिलेसम्म ४० हजार डोज...

किसानले आफ्नै लागानीमा कालीगण्डकीको पानी गाउँमा तान्ने

२०७३ वैशाख १९ गते १४:३८

पर्वत, १९ वैशाख – देविस्थानका किसानले आफ्नै लगानी र सक्रियतामा कालीगण्डकीको पानी ११६ मिटर उँचाइको गाउँसम्म ल्याएर सिँचाइ सुरु गरेका छन् । देविस्थान गाविस– ८ स्थित सदाबहार कृषक समूहले १४ लाख रुपैयाँको लगानीमा कालीगण्डकीको पानी तानेर सिँचाइ र खानेपानीका रुपमा प्रयोग गर्न थालेका छन्...

रसुवागढी आयोजनाको क्षति मूल्याङ्कन गरिँदै

२०७३ वैशाख १९ गते १२:०९

रसुवा, १९ वैशाख – रसुवागढी १११ मेगावाट जलविद्युत् आयोजना निर्माणस्थलमा शनिबार भएको आगलागीबाट जलेका आवासको मूल्याङ्कन सुरु भएको छ । जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार टिमुरे–६ स्थित सुरुङभित्र काम गर्ने चिनियाँ ठेकेदार सिडब्लुई चाइना वाटर एन्ड इलेट्री कम्पनीले निर्माण गरेको प्रिफ्याब मोडेलको दुई...

पर्यटकीयस्थलको ‘डकुमेन्ट्री’ बनाइने !

२०७३ वैशाख १९ गते १०:५०

इलाम, १९ वैशाख – इलामका पर्यटकीयस्थलको स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्ने उद्देश्यले वृत्तचित्र (डकुमेन्ट्री) बनाउन थालिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जिल्लाका दुई दर्जनभन्दा बढी पर्यटकीयस्थलको श्रव्य दृश्यसहितको डकुमेन्ट्री बनाउन थालेको हो । जिल्लामा धेरै पर्यटकीय सम्भावना बोकेका स्थल भए...

अपर मादी जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत पूरा

२०७३ वैशाख १९ गते ८:५०

पोखरा, १९ वैशाख– कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन अपर मादी जलविद्युत् आयोजनाको काम ८५ प्रतिशत सकिएको छ । आयोजनाको काम अहिले द्रुतगतिमा अघि बढेको र यही रफ्तारमा काम भयो भने मङ्सिर महिनासम्ममा काम सकेर विद्युत् उत्पादन गर्न सकिने आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिए...

खडेरीले बाली ओइलाउन थालेपछि कृषक चिन्तित

२०७३ वैशाख १९ गते ८:३२

पोखरा, १९ वैशाख – लामो समयसम्म पानी नपरेका कारण कास्की र यस आसपासका जिल्लामा मकै र तरकारी बाली ओइलाउन थालेपछि यस क्षेत्रका कृषक समस्यामा परेका छन् । खडेरी पर्ने क्रम बढ्दै गएपछि कास्कीको लेखनाथ, हेमजा, लामाचौर, बाटुलेचौर, भलामलगायत स्थानका साथै कास्की आसपासका जिल्लामा पनि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us