डोटी, २२ वैशाख – जिल्ला विकास समिति डोटीअन्तर्गत सञ्चालित ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना लागू भएको एक महिना बित्दासमेत उपभोक्ता समितिले खानेपानी सामग्री खरिदका निम्ति पाउनुपर्ने पहिलो किस्ता रकमसमेत पाउन सकेका छैनन् । जिल्ला विकास समितिको लापर्बाहीमा सो रकम भुक्तानी हुन नसकेको खानेपानी उपभोक्ता समितिका...
भोजपुर, २२ वैशाख – सतुवा खेतीबाट राम्रो आम्दानी पाइने थाहा पाएपछि भोजपुरको उत्तरी भेगका कृषक सतुवा खेतीतर्फ आकर्षित भएका छन् । जडीबुटी प्रजातिमा पर्ने सतुवाले पायल्स, मुटुको रोग, हाडजोर्नी, ढाड दुख्नेजस्ता २० प्रकारका रोगको नियन्त्रणमा प्रयोग हुने र महँगो मूल्यमा बिक्री गर्न सकिने थाहा...
डोटी, २१ वैशाख – क्षेत्रीय कृषि निर्देशनालय दीपायलको वार्षिक कार्यक्रमअनुसार यस वर्ष सुदूरपश्चिम अञ्चल विकास क्षेत्रबाट क्षेत्रीयस्तर राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत पाँचजना कृषक छनोटमा परेका छन् । किसानलाई कृषि पेसामा आबद्ध गराउने र हौसला प्रदान गर्ने सरकारको रणनीतिअनुसार यस वर्ष सुदूरपश्चिमबाट पाँचजना कृषकलाई पुरस्कार...
लमजुङ, २१ वैशाख – लमजुङको सदरमुकाम बेसीसहरमा केन्द्रीय कार्यालय रहेको ‘रिलायवल माइक्रो फाइनान्स लिमिटेड’ले तेस्रो चौमासिक सम्ममा डेढ करोड रुपैयाँ मुनाफा गरेको छ । ‘रिलायवलको लक्ष्य, ‘विपन्न वर्गको समृद्ध भविष्य’ नाराका साथ सञ्चालन भएको सो फाइनान्सले २०७० सालमा नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो...
काठमाण्डु, २१ वैशाख – चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन एक प्रतिशत भन्दा कम हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार चालु आवको कुल गार्हस्थ्य उत्पादन ०.७७ प्रतिशत हुने देखिएको छ । यो वृद्धि दर १३ वर्ष यताकै कम हो । भूकम्पपछि पुनःनिर्माणले...
चितवन, २१ वैशाख – गर्मी र लामो खडेरीले मुलुकका अधिकांश जनताले पानीको अभाव झेलिरहेका बेला चितवनको कर्णाली भनिने माडी नगरपालिका–११ की सरिता रेग्मीलाई त्यसको कुनै चिन्ता छैन । पानीको छेलोखेलो उपयोग गर्न पाउँदा उनी दङ्ग छिन् । घरभन्दा टाढाबाट पिउन दिनहुँ एक–दुई गाग्री पानी...
कञ्चनपुर, २१ वैशाख – बेदकोट र भीमदत्तनगरपालीकामा पहिलो पटक बाख्रामा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । मासुको उत्पादनमा वृद्धि गरी किसानको आर्थिक अवस्थामा सुधार ल्याउन कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले जानकारी दिए...
काठमाण्डु, २१ वैशाख– नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेन्द्रवीर मालाकारले मधेस आन्दोलन लगायतको समस्या समाधान हुन नसकेकोले आगामी बजेट कार्यान्वयनमा शंका व्यक्त गरेका छन् । मंगलबार रिपोर्टस क्लव नेपालको साक्षात्कार कक्षमा बोल्दै मालाकारले सो कुरा बताएका हुन् । उनले नेपालको प्रशासनयन्त्र कमजोर भएकोले आर्थिक...
काठमाण्डु, २१ वैशाख–पूर्वअर्थसचिव यूवराज भुसालले संविधानले नै छिटो बजेट ल्याउने व्यवस्था गरेकोले अबको बजेटमा कार्यान्वयनको समस्या नहुने विश्वास व्यक्त गरेका छन् । मंगलबार रिपोर्टस क्लब नेपालको साक्षात्कार कक्षमा बोल्दै भूसालले सो कुरा बताएका हुन् । उनले विगतमा बजेटनै ढिला आउँदा कार्यान्वयनमा समस्या आएको तर्क...
काठमाण्डु, २१ वैशाख– पूर्व अर्थमन्त्री वर्षामान पुनले राजनीतिक स्थायित्वविना बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन् । मंगलबार रिपोर्टस क्लबको साक्षात्कार कक्षमा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा उनले आन्दोलनमा रहेको मधेसलाई राज्यले आफूहरुसँग रहेको आभास हुनेगरी मधेस केन्द्रीत विशेष बजेट ल्याउनु पर्ने...
काठमाण्डु, २१ वैशाख– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कमा आबद्ध राष्ट्रबाट वैदेशिक रोजगारीमा जाने कामदारका सेवासुविधाका विषयमा न्यूनतम समान मापदण्ड बनाइने भएको छ । राजधानीमा आजदेखि सुरु भएको ‘आप्रवाससम्बन्धी सार्क सहकार्यको कार्ययोजना’ विषयक कार्यशालामा सहभागी सार्कमा आबद्ध आठवटै राष्ट्रका श्रम तथा रोजगार सम्बद्ध मन्त्रालयका...
पाल्पा, २० वैशाख – सरकारले किसानलाई चार प्रकारमा वर्गीकरण गरेर निवृत्तिभरणको व्यवस्था गर्ने भएको छ । कृषि विकासमन्त्री हरिबोल गजुरेलले क्रान्तिकारी पत्रकार सङ्घ पाल्पाद्वारा आयोजित पत्रकार सम्मेलनमा कृषि पेसालाई मर्यादित र सम्मानित बनाउनका लागि किसानलाई दिइने निवृत्तिभरणले तिनलाई उत्साह थप्ने बताए । ‘जग्गा बाँझो...