काठमाण्डु, २६ वैशाख– चिनियाँ एक विज्ञ टोलीले नेपालमा खनिज, ग्यास तथा पेट्रोलको अध्ययन अनुसन्धान सुरू गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा गरेको सहमतिअनुसार दैलेखको श्रीस्थानबाट शनिबारदेखि अध्ययन तथा अनुसन्धानको काम सुरू गरिएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए । मन्त्री...
नवलपरासी , २५ वैशाख – चिनी उद्योगले किसानलाई उखुको रकम लिएबापत भुक्तानी नगरेको भन्दै एकसाता अघि नवलपरासीको इन्दिरा सुगर मिलमा लगाइएको ताला खुलेको छ । किसान, किसान प्रतिनिधि र उद्योग सञ्चालकबीच शुक्रबार भएको त्रिपक्षीय वार्ता सहमतिमा पुगेपछि उद्योगमा लगाइएको ताला खोलिएको हो । सो...
धनगढी, २५ वैशाख – राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेडले साना किसानलाई लक्षित गरी कैलाली र कञ्चनपुर जिल्लामा धानको बीउ बिक्री वितरण गर्न कोटा निर्धारण गरेको छ । बढीमा चार बिगाहासम्म जग्गा भएका साना किसानलाई वर्षे धान बालीको बीउ बिक्री गर्न कैलालीमा एक हजार ८६८ क्वीन्टल...
काठमाण्डु, २५ वैशाख- सरकारले आगामी आर्थिक वर्षको बजेटमा भूकम्पपीडित जनतालाई राहत दिन प्रभावकारी तथा कार्यान्वयनमुखी नीति तथा कार्यक्रम र उल्लेख्य बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याइएको छ । व्यवस्थापिका–संसद्को बैठकमा आफ्नो धारणा राख्दै सांसदले भूकम्प गएको एक वर्ष पूरा भइसक्दा समेत सरकारले पीडितलाई राहत दिन...
डडेल्धुरा, २५ वैशाख – यस वर्ष जिल्लाका करिब एक दर्जनभन्दा बढी गाविसमा खाद्यान्नको अभाव हुने देखिएपछि उपभोक्ताले बजारबाट परिपूर्ति गरिरहेका छन् । आकाशे पानीको भरमाखेती गर्ने जिल्लाका करिब दर्जनबढी गाविसमा गहुँ लगाउनै नपाएको, लगाएको गहुँ पनि समयमा पानी नपर्दा नउम्रिएकाले खाद्याान्नको अभाव हुने भएको...
काठमाण्डु, २४ वैशाख-सरकारले पेट्रोलियम पदार्थको कारोबार व्यवस्थित बनाउन ‘पेट्रोलियम कानुन’ ल्याउने तयारी गरेको छ । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको शुक्रबार यहाँ सुरु भएको अधिवेशनमा आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाले पेट्रोलियम पदार्थमा हुने चुहावट रोक्न र ग्यासको कारोबार व्यवस्थित बनाउन उक्त ऐनको खाँचो औँल्याए...
जुम्ला, २४ वैशाख – नेपालमा पहिलो पटक मौसम सूचकाङ्क आधारित स्याउखेतीको बिमा जुम्लाबाट सुरु गरिने भएको छ । स्याउखेती बिमाका लागि सक्षम एक्सेस टु फाइनाइन्स कार्यक्रमको सहयोगमा शिखर इन्स्योरेन्स कम्पनीले कार्य थालनी गरेको हो । सो कम्पनीले जुम्लामा बिहीबार स्याउखेती बिमाको उद्घाटन गरेको छ...
काठमाण्डु, २४ वैशाख – सरकारले २०७२ सालभर विभिन्न १८ वटा जलविद्युत आयोजनाबाट कुल ३४८ मेगावाट विद्युत् उत्पादन गर्ने गरी विद्युत उत्पादन अनुमतिपत्र दिएको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत विकास विभागका अनुसार यसै वर्षभित्र वित्तीय व्यवस्थापन समेत गर्ने गरी ती आयोजनालाई अनुमतिपत्र प्रदान गरिएको...
म्याग्दी, २४ वैशाख – म्याग्दीको नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण हिमालको प्रथम आधार शिविर पुग्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागको ४० लाख रुपैयाँको लगानीमा नारच्याङ–अन्नपूर्ण पदमार्ग सञ्चालनमा ल्याइएको हो । चार वर्षको अवधिमा प्रत्येक वर्ष १० लाख रुपैयाँ...
भीमदत्तनगर, २४ वैशाख – गएराति कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३० वर्षीया अम्बिकादेवी साउद पाल र उनकी दुई वर्षीया छोरी एलिसा पाल रहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक भरत चौधरीले...
बैतडी, २४ वैशाख – लगातारको खडेरीका कारण जिल्लामा यस वर्ष २४ हजार ४५३ मेट्रिक टन गहुँ उत्पादन घट्ने अनुमान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष ४० हजार ५५५ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । खेडेरीका कारण धेरै ठाउँमा किसानले गहुँ...
पाल्पा, २४ वैशाख – मदनपोखरा– ९ तिनकुने टोलका हरि थापा डाक्टरी पढाइ छाडेर अहिले पशुपालनमा लागेका छन् । एमबिबिएस पढ्नका लागि रसिया पुगेका थापाले डाक्टरी पढाइ छोडेर गाउँमै आएर बाख्रा र कुखुरा व्यवसाय सुरु भएको छ । सात वर्षसम्म रसियामा एमबिबिएस पढ्दै गर्नुभएका थापाले...