काठमाण्डु, ३० वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पुनःनिर्माणसम्बन्धी पाँचवर्षका लागि कार्ययोजना व्यवस्थापिका–संसद्मार्फत सार्वजानिक गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यही पुस १० गतेदेखि कार्य सुरु गरेको थियो । उनले भूकम्पपश्चात पुनःनिर्माणसम्बन्धी स्पष्ट मार्ग निर्देशन कार्ययोजनाले प्रदान गरेको जानकारी दिए । प्रधानमन्त्री ओलीले भूकम्पछिको...
एजेन्सी– चीनले नेपालको राजधानी काठमाण्डुलाई केन्द्रीत गर्दै रेलसेवाको सुरुवात गरेको छ । नेपालको राजधानी काठमाण्डु हुँदै दक्षिण एसिया छिर्ने रेलमार्गको सुरुवात भएपछि यो काठमाण्डुका लागि समेत शुभसंकेत हो । चीन सरकारले दक्षिण एसियाको ढोकाका रुपमा रहेको सिगात्से शहरबाट नेपालका लागि भन्दै रेलसेवा सुरु गरेपछि...
चितवन, ३० वैशाख – पछिल्लो समयमा पर्यटनको विकास हुँदै गएको पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चारवटा थारु होमस्टे (घरवास) सञ्चालनमा आएको छ । पर्यटकलाई थारुको रहनसहन र थारुकै परिकारका स्वाद उपलब्ध गराउने गरी थारु होमस्टे निर्माण गरिएको सहयोगी संस्था कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष...
धनगढी, ३० वैशाख – यस वर्ष खडेरीका कारण सुदूरपश्चिममा एक अर्ब ४६ करोड रुपैयाँ बराबरको हिउँदे बाली उत्पादनमा ह्रास आएको छ । क्षेत्रीय कृषि निर्देशनालय दीपायलका अनुसार खडेरीले सुदूरपश्चिममा गहुँ, जौ, तोरी, मसुरो, आलु तथा फलफूल र तरकारी बालीको उत्पादनमा ह्रास आएको छ ।...
इलाम, ३० वैशाख – एक दशकसम्म निस्क्रिय रहेका यहाँका ८३४ घरेलु उद्योग खारेज गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले विभिन्न समयमा दर्ता भई नवीकरण नगरी सञ्चालन भइरहेका तथा निस्क्रिय अवस्थामा रहेका उद्योगलाई खारेज गरेको हो । सरकारको नीतिअनुसार घरेलु विभागबाटै यस्ता...
वालिङ, ३० वैशाख – दिनहुँ सयौँ युवा रोजगारका लागि विदेशिएका बेला वालिङ नगरपालिका तथा थुमपोखराका पाँच जना युवाले बङ्गुरपालन व्यवसाय सञ्चालन गरेका छन् । दुई वर्षअघिबाट उनीहरुले २७ लाख रुपैयाँको लागतमा व्यवसाय सुरु गरेका हुन् । फार्ममा १३० बङ्गुरका माउ तथा पाठापाठी रहेका छन्...
एजेन्सी– पछिल्ला वर्ष लगातार प्राकृतिक प्रकोपको संकट व्यहोर्दै आएका नेपालीहरुलाई यो वर्ष पनि प्रकृतिले साथ दिएको देखिदैन । पछिल्ला महिना देशभर लागेको सुख्खाका कारण यसपटकको कृषि उत्पादनमा समेत ह्रास आउने भएपछि नेपाली कृषि क्षेत्रमा थप असर पर्ने देखिएको छ । सुख्खा यत्तिक्कै रहे करिब...
चितवन, ३० वैशाख – मकैमा अनुसन्धान गर्दै आएको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले तराई केन्द्रित दुई वटा नयाँ मकैका जात सिफारिस गरेको छ । रामपुर हाईब्रिड (वर्णशङ्कर) ४ र रामपुर हाईब्रिड ६ जातको मकै सिफारिस गरेको अनुसन्धान कार्यक्रमका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरले जानकारी दिए...
पाँचथर, ३० वैशाख – लामो समयको रस्साकस्सीपछि पाँचथर–धनकुटा आर्थिक केन्द्र जोड्ने मोटरबाटोको सम्झौता भएको छ । जिविस पाँचथर र फिदिम–रानीगाउँ, यासोक–खाल्डे–आङना, मौवा–कुरुले, धनकुटा उपभोक्ता समितिबीच मोटरबाटो निर्माणका लागि सम्झौता भएको हो । स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले सडक निर्माणमा विवाद भएपछि प्रारम्भिक रूपमा गरिएको...
काठमाण्डु, २९ वैशाख-श्रम तथा रोजगारमन्त्री दीपक बोहराले संसद्बाट पारित गरेर भएपनि श्रम बैंक स्थापनाको प्रक्रिया अगाडि बढाइने बताएका छन् । बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री बोहराले विद्यमान बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनका कारण श्रम बैंक स्थापना गर्न कठिनाइ परे संसद्बाट पारित गरेर भए...
पोखरा, २९ वैशाख – भूकम्प र नाकाबन्दीका कारण लामो समय मारमा परेका पोखरा क्षेत्रमा सञ्चालित उद्योग अझै पूर्ववत् अवस्थामा फर्कन सकेका छैनन् । उद्योगका लागि आवश्यक इन्धन तथा कच्चा पदार्थ सहज बन्दै गए पनि विगतमा परेका प्रभावका कारण भूकम्पअघिको अवस्थाजस्तै बजार लिन अझै पनि नसकिएको...
काठमाण्डु, २९ वैशाख– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले खुला अर्थ व्यवस्थामा निजी क्षेत्रको सहभागिताका कारण नै अर्थतन्त्र फष्टाएको बताएका छन् । बुधबार काठमाण्डुको नयाँवसपार्कमा निर्माण भएको बिजि मलको उद्घाटन् कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले बिजि मल जस्ता ठुला...