इलाम, २ जेठ – लामो समयसम्म खडेरी परेका कारण इलामका चिया बगानमा हरियोपत्ती नपलाउँदा चिया कारखाना ठप्प भएका छन् । अघिल्ला वर्षभन्दा योपटक लामो समय चियाको मुना नपलाएको हो । ‘सामान्य अवस्थामा दुई सातासम्म यस्तो अवस्था आउँथ्यो’, साँखेजुङस्थित दाहाल बन्धु टी स्टेटका मोतीराम दाहालले...
सिन्धुली, २ जेठ– सिन्धुली जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई जिल्लालाई पर्यटकीय जिल्ला बनाउन सिन्धुलीको सुनकोसीमा पहिलोपटक व्यावसायिक रुपमा जलयात्रा(र्याफ्टिङ) सुरु भएको छ । नेकपा (एमाले) सिन्धुली–काठमाडौँ सम्पर्क मञ्चले सुनकोसीमा र्याफ्टिङ गरेको हो । सुनकोसी नदीमा र्याफ्टिङ सञ्चालनपछि जिल्लाका धार्मिक तथा ऐतिहासिक सम्पदा भएका...
काठमाण्डु, १ जेठ – वैशाख महिनाभर विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको नेपाल विद्युत् प्राधिकरणले सो कार्यक्रमलाई वर्षभरि नै निरन्तरता दिने भएको छ । वार्षिक आठ अर्बरुपैयाँ भन्दाबढी चुहावटबाटै घाटा व्यहोर्दै आएको प्राधिकरणले न्यूनतम रुपमा चोरी नियन्त्रण गर्न सकेका खण्डमा उपभोक्ताले ठूलो राहत महसुस गर्ने...
लहान, १ जेठ – बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहा जिल्लामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । बैंक तथा वित्तीय संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र बढ्दो लोडसेडिङले समेत खासै असर नपर्ने भएपछि सिरहामा...
भीमदत्तनगर, १ जेठ – सङ्घर्ष गरे परिवार समृद्धिको दिशामा अघि बढ्नुका साथै सुख, एैस आराम मिल्छ भन्ने उदाहरण बनेका छन, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का मुक्तकमैया मोहन चौधरी । विसं २०५८ सालअघि यहाँकै शङ्करपुर गाविसमा रहेको साहुजनको घरमा कमैया बसेका मोहन अहिले गाउँमै व्यवसाय गरेर...
काठमाण्डु, १ जेठ– काठमाण्डु महानगरपालिकामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ । कामपासँगै जोडिएका अन्य नगरपालिकासमेतलाई जोड्ने हो भने दैनिक झन्डै ७०० टनसम्म फोहर उत्पादन हुने गरेको छ...
रुपन्देही, १ जेठ-नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा वित्तीय पहुँ पु¥याउनका लागि वित्तीय संस्थाले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताएका छन् । अहिलेको समयमा पनि दुई चौथाइ नेपाली वित्तीय क्षेत्रको पहुँच बाहिर रहनु बिडम्बना भएको भन्दै उनले त्यसलाई सुधारेर ग्रामीण क्षेत्रमुखी कार्यक्रम...
काठमाण्डु, १ जेठ– नेपालमा पहिलो पटक लघुवित्त ग्राहक सम्मेलन आयोजना गरिएको छ । आइतबारदेखि सुरु हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालमा हाल विभिन्न लघुवित्त सस्ंथाका गरी झन्डै १६ लाख ३० हजार ग्राहक सदस्य रहेको सम्मेलन आयोजक...
काठमाण्डु, १ जेठ – जिल्ला वन कार्यालय काठमाण्डुको लापर्बाहीले १५ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने चार हजार ३०० क्युफिट काठ कुहिएर अलपत्र छ । मन्त्रिपरिषद्को २०६४ जेठ ११ गतेको निर्णय बमोजिम गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनमा राणाशासनदेखि हालसम्म स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदका...
काठमाण्डु, ३१ वैशाख– राष्ट्राध्यक्षदेखि सरकारी कर्मचारीसम्मले सरकारी खर्चमा हवाई माध्यमबाट गर्ने भ्रमणमा नेपाल वायुसेवा निगमको जहाज प्रयोगलाई अनिवार्य गर्नुपर्ने सांसदहरुले माग गरेका छन् । सांसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा सांसदहरुले सरकारी खर्चमा हुने भ्रमणमा सरकारी वायुसेवा सञ्चालनमा रहेका ठाउँमा जाँदा त्यसको...
काठमाण्डु, ३१ वैशाख-व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले एनसेलले सरकारलाई तिर्नुपर्ने सम्पूर्ण लाभकरका विषयमा कर विज्ञसहितको टोलीले छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । समितिको शुक्रबारको बैठकले पुँजीगत लाभकर अन्य कर भन्दा फरक विषय भएकाले खरिद बिक्रीका क्रममा प्राप्त भएको लाभका आधारमा कर तिर्नु आवश्यक रहेको भन्दै...
पाल्पा, ३१ वैशाख-कोलडाँडा गाविसस्थित सत्यवती गाउँका बासिन्दाले दालचिनीबाट मनग्य आम्दानी गरेका छन् । जिल्ला वन कार्यालयको सहयोगमा आठ वर्षदेखि यहाँ किसानले दालचिनी लगाउँदै आएका हुन् । आयआर्जनको भरपर्दो र दिगो व्यवसाय अहिले दालचिनी बनेको छ । दिनहुँजसो पात टिप्ने, बोक्रा ताछ्ने, सुकाउनमै किसान व्यस्त...