अर्थ

११ जिविसलाई ११ अर्ब ११ करोड ६० लाख रकम निकासा

२०७३ जेठ ३ गते १६:०२

काठमाण्डु, ३ जेठ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अनुदान वितरणका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई १२ अर्ब ४१ करोड रुपैयाँ रकम निकासा गरेको छ । सो रकमबाट केन्द्रीय आयोजना कार्यान्वयन इकाइले भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि अतिप्रभावित ११...

माडीलाई फाप्यो होमस्टे व्यवसाय, चार महिनामै १२ सय पर्यटक

२०७३ जेठ ३ गते १५:३७

चितवन, ३ जेठ – दक्षिण चितवनको माडीस्थित शिवद्वारमा रहेको आदीवासी जनजातीको सामुदायिक होमस्टे (घरवास)मा सोचेभन्दा बढी पर्यटक भित्रिएपछि स्थानीयवासी उत्साहित भएका छन् । सञ्चालन गरेको चार महिनामै एक हजार २०० भन्दा बढी पर्यटक होमस्टेमा आएपछि सञ्चालक उत्साहित भएका हुन् । सदरमुकाम भरतपुरदेखि ४५ किलोमिटर...

अरुण काबेली हाइड्रोको सेयर निष्कासन

२०७३ जेठ ३ गते १५:१९

ताप्लेजुङ, ३ जेठ – ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रमा निर्माणको चरणमा रहेको अरुण काबेली हाइड्रो पावर कम्पनीले ती दुबै जिल्लाका आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ । यहाँका प्रभावित स्थानीयवासीका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर निस्कासन गरिएको...

नेपालको गरिबीमा कमी आइरहेको विश्व बैंकको भनाइ

२०७३ जेठ ३ गते १४:२९

काठमाण्डु, ३ जेठ – आदिवासीको उत्थानसम्बन्धी विभिन्न कार्यक्रममध्ये गरिबी निवारण कोषद्वारा सञ्चालित कार्यक्रम निकै प्रभावकारी रहेको विश्व बैंकले जनाएको छ । विश्व बैंकले संसारभर सञ्चालन गरेका कार्यक्रमको मूल्याङ्कनका आधारमा हालै आफ्नो वेभसाइटमा प्रकाशित आलेखमा नेपालमा कोषले सञ्चालन गरेको गरिबी निवारण कार्यक्रमबाट आदिवासीका बासिन्दा बढी...

हावाहुरीले करोडौँको केरा नष्ट

२०७३ जेठ ३ गते १३:३२

चितवन, ३ जेठ – आइतबार राति आएको हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा लगाएको केराखेती नष्ट भएको छ । केरा उत्पादक सङ्घका अध्यक्ष विष्णुहरी पन्तका अनुसार जिल्लाका रत्ननगर, पिठ्वा, जगतपुर, जुटपानी, पदमपुरलगायत क्षेत्रका क्षति पुगेको छ । यस वर्ष आवाहुरीले ३४ करोड रुपैयाँ बढीको केराखेती नष्ट...

यी हुन्, नाकाबन्दीको बेला कालोबजारी गर्ने धनाढ्य किशनलाल दुगड, कानुन बदलेर सरकारले जोगाएको यीनैलाई हो

२०७३ जेठ ३ गते १२:२७

काठमाण्डु, ३ जेठ– तस्बिरमा देखिएका व्यक्ति नेपालको ठूलो औद्योगिक घराना दुगड ग्रुपका मालिक किशनलाल दुगड हुन् । भारतले नाकाबन्दी गर्दा यीनले खाने तेलको मूल्य ३ सय प्रतिशतसम्म बढाएका थिए । करोडौको तेल गोदामा राखेर कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता लेट्ने गिरोहका नाइके यीनै हुन्...

चीनबाट रेल छुटेपछि रसुवागढी नाकाको रौनकनै अर्कै !

२०७३ जेठ २ गते १७:१८

धुन्चे, २ जेठ-नेपाल र चीनबीच व्यापार–व्यवसाय अभिवृद्धि गर्न रेलमार्गबाट सामान आएको खबरले यहाँका व्यवसायीमा उत्साह बढेको छ । चिनियाँ भू¬भागको लामो दूरीबाट रेलद्वारा सामान आउँदा आदेश गरिएबमोजिम सिगात्सेसम्म यथेष्ट सामग्री आउने र अर्कातर्फ उपभोक्ताको माग तथा चाहनानुरुप काठमाण्डु लगायत नेपालका सबै व्यवसायिक केन्द्रमा सामान...

अन्ततः गाउँलेले ल्याएरै छोडे बुढीगण्डकीको पानी

२०७३ जेठ २ गते १७:१७

गोरखा, २ जेठ – बूढीगण्डकी नदीमा खेर गइरहेको पानी लिफ्टिङ गरी गाउँ ल्याएर सुक्खा टारमा सिँचाइ गर्न पाएपछि बोर्लाङ गाविसको दराईटारका किसान खुसी भएका छन् । सांसद कोषको बजेट, प्राक्टिकल एक्सन, गोरेटो गोरखा, जिविस, जिल्ला भू–संरक्षण, पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय र स्थानीय किसानको श्रमदानमा...

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच करोड

२०७३ जेठ २ गते १७:०७

काठमाण्डु,२ जेठ– नेपाल एसबिआइ बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच करोड २१ लाख सहयोग गरेको छ । बैंकका उच्च अधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सहयोग रकमको चेक उपलब्ध गराएका हुन् । बैंकका सिइओ मुकुल भत्नागरले भूकम्पपछिको पुनःनिर्माण गर्न...

नेपालमा चार्टर्ड एकाउन्टेन्ट अपुग

२०७३ जेठ २ गते १६:४७

काठमाण्डु, २ जेठ – नेपालमा करिब पाँच हजारको सङ्ख्यामा चार्टर्ड एकाउन्टेन्ट(सिए)को माग भए पनि अहिले एक हजार जना पनि कार्यरत छैनन् । चार्टर्ड एकाउन्टेन्टको अध्यापन तथा नियमन गर्ने नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान)का अनुसार खर्चिलो मानिने सो विषय उत्तीर्ण गरेका एक हजार जनामध्ये ५०...

भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेन नेपाली चामल उद्योगले

२०७३ जेठ २ गते १४:०३

वीरगन्ज, २ जेठ – भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा यहाँका अधिकांश चामल उद्योग सङ्कटमा परेका छन् । भारतबाट सस्तो मूल्यमा आयातीत धान र चामलसँग प्रतिस्पर्धा गर्न नसक्नु स्वदेशी चामल उद्योगको मुख्य समस्या रहेको भन्दै उद्योगीले भारतीय सीमा क्षेत्रमा खुलेका खाद्यान्न उद्योग सरहका प्रोत्साहन नीति...

फेरि भोकमरीमा फस्ने भयो कर्णाली

२०७३ जेठ २ गते १२:१०

जुम्ला, २ जेठ – लामो समयदेखिको सुक्खा खडेरीका कारण कर्णालीमा एक अर्ब ४० करोड रुपैयाँको खाद्यबाली नष्ट भएको छ । खडेरीले सबैभन्दा ठूलो मारमा मुगु जिल्ला परेको छ । २४ गाविसको मुगु जिल्लाका १२ गाविस निकै सङ्कटग्रस्त र १२ गाविस सङ्कटोन्मुख अवस्थामा रहेको जिल्ला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us