अर्थ

पहिलो पटक यार्सागुम्बा महोत्सव आयोजनन हुने

२०७३ जेठ ७ गते १४:२५

रुकुम , ७ जेठ – यार्सागुम्बाको प्रचारप्रसारलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउने उद्देश्यका साथ जिल्लाको उत्तरपूर्वी क्षेत्रस्थित रन्मा मैकोट गाविसको पुपालमा पहिलो पटक यार्सागुम्बा महोत्सव आयोजना गरिँदै छ । जैविक विविधता दिवसको अवसर पारी यही जेठ ९ गतेदेखि २३ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल...

१४ करोड लगानीमा अत्याधुनिक, सुविधासम्पन्न बसपार्क बन्ने

२०७३ जेठ ७ गते १२:४४

मोरङ, ७ जेठ – विराटनगरमा कुल १४ करोड ११ लाख रुपैयाँको लागतमा अढाइ तल्ले अत्याधुनिक तथा सुविधासम्पन्न बसपार्क निर्माण हुने भएको छ । बसपार्क निर्माणका लागि विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मी र नगर विकास कोषका निर्देशक मणिराम सिंह महतबीच बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको...

प्राकृतिक तालमा माछापालन गरेर वार्षिक ६ लाख आम्दानी

२०७३ जेठ ६ गते १७:३९

कञ्चनपुर, ६ जेठ – प्राकृतिक ताल भाडामा लिएर कञ्चनपुरको रैकवार बिचवा गाविस–७ राजघाटका पदम सुनारले वार्षिकरुपमा छ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । वनदेवी सामुदायिक वनको सात बिगाहा क्षेत्रफलमा रहेको टुप्पा ताललाई वार्षिक ४० हजार २५० रुपैयाँ रकम तिरेर उनले माछापालन गर्दै...

चार जिल्लाको एकमात्र कृषि बजारको अस्तित्व संकटमा

२०७३ जेठ ६ गते १७:१९

धनुषा, ६ जेठ – मिथिला नगरपालिकाअन्तर्गतको ढल्केबर बजारको अस्तित्व सङ्कटमा परेको छ । व्यवस्थापन पक्ष र स्थानीय महेन्द्र उच्च माविले बजार आफ्नो अधिनमा रहेको दाबी गर्दै आएका कारण ढल्केबर बजारको अस्तित्व सङ्कटमा परेको हो । धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका किसानले तरकारी उत्पादन गरी...

सरकारी जागिर छाडेर बङ्गुरपालन व्यावसायमा

२०७३ जेठ ६ गते १६:२८

पाल्पा, ६ जेठ – रामपुर–१३ कुमराङका सूर्यबहादुर रामजालीले सरकारी जागिर छाडेर व्यावसायिक बङ्गुरपालन गरिरहेका छन् । एघार वर्षसम्म नेपाली सेनामा कार्यरत रामजाली बीचमै जागिर छाडेर यस व्यवसायमा लागेपछि उनी अहिले जिल्लामै नमुना बङ्गुर फार्म व्यवसायीका रुपमा चिनिएका छन् । उनले २० लाख रुपैयाँको लगानीमा...

‘रामपुर’ नगर लसुन खेतीको पकेट क्षेत्र

२०७३ जेठ ६ गते १५:०८

पाल्पा, ६ जेठ – सरकारको ‘एक नगर एक उत्पादन’ कार्यक्रमअन्तर्गत लसुन खेती पकेट क्षेत्रका रुपमा विकास गर्ने गरी रामपुर नगरपालिकालाई पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँको बजार मूल्य र खपत बढी हुने गरेका कारण लसुन उत्पादनमा जोड दिँदै यसको आयातलाई शून्यमा पु¥याउने लक्ष्यका...

चितवनमा ८ सय हेक्टर जमिनमा माछापालन मात्रै

२०७३ जेठ ६ गते १४:४०

चितवन, ६ जेठ – पाँचवर्ष अघि चितवनका अर्जुन लामिछानेले सामुहिक लगानीमा दुई बिगाहा क्षेत्रमा माछापालन गरेका थिए । तर अहिले उनी आफू एक्लैले तीन बिगाहामा माछापालन गर्दै आएका छन् । ‘पहिला थोरै माछा पालेको थिएँ, अहिले लगानी थपेरै मैले माछापालन क्षेत्र बढाएको छु,’ लामिछानेले...

दूधबाट मासिक दस हजार आम्दानी

२०७३ जेठ ६ गते १४:२७

पाल्पा, ६ जेठ – बराङ्दी गाविस–९ धापखोलाका ७४ वर्षीय रुक्मागत बस्याल बिहान साँझ गाई दुहुन्छन् । उनले चार वर्ष अघिदेखि गाईपालन गर्न थालेका थिए । भैँसीले भन्दा जर्सी गाईले बढी दूध दिन थालेपछि उनी गाईपालनमा लागेका हुन् । अहिले बस्यालले दूध बेचेर मासिक दस...

साठी प्रतिशत विप्रेषण अवैधानिक बाटोबाट आउँछ: श्रम मन्त्री

२०७३ जेठ ६ गते १४:१२

काठमाण्डु, ६ जेठ- श्रम तथा रोजगारमन्त्री दीपक बोहराले ४० प्रतिशत मात्रै विप्रेषण वैधानिक बाटोबाट आइरहेको जिकिर गरेका छन् । बजेट र वैदेशिक रोजगारीका विषयमा रासससँग कुरा गर्दै मन्त्री बोहराले विपे्रषणलाई वैधानिक बाटोबाट ल्याउन यसपटकको बजेटमा नयाँ कार्यक्रम ल्याउन लागिएको जानकारी दिए । उनले भने,...

गहुँ उत्पादन बढ्यो

२०७३ जेठ ६ गते १३:३१

 भीमदत्तनगर, ६ जेठ – चालु आर्थिक वर्षमा कञ्चनपुरमा गहुँ उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्षको भन्दा यस वर्ष पाँच हजार मेट्रिक टन बढी गहुँ उत्पादन भएको हो । एकतीस हजार ३४३ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिँदै आएको बताउँदै जिल्ला...

एकै दिनमा डेढ सयबढीले पाइला टेके सगरमाथाको चुचुरोमा

२०७३ जेठ ६ गते १३:१८

काठमाण्डु, ६ जेठ – सगरमाथा आरोहण प्रारम्भ भएको नवौँ दिन आज मात्रै १५० भन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । संयुक्त अरब इमिरेट (युएई)को सैनिक टोलीसहित एक दिनमै १५० बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभाग, पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी...

जरिवानास्वरुप निजी गाडीबाट मात्रै आठ लाख उठ्यो

२०७३ जेठ ६ गते ११:०८

कामाण्डु, ६ जेठ – पछिल्लो समय काठमाण्डु महानगरपालिकाले सिसडोल ल्यान्डफिल साइटमा फोहोर फाल्ने निजी गाडीका लागि जरिवानास्वरुप शुल्कबाट हालसम्म आठ लाख रुपैयाँ संकलन गरिसकेको छ । महानगरपालिकाको २७औँ नगर परिषद्को निर्णयअनुसार गत फागुन १ देखि निजीस्तरबाट उक्त स्थानमा फोहोर लैजाने सबै गाडीबाट शुल्क लिन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us