अर्थ

नवीकरणीय ऊर्जामा सरकारले ल्यायो नयाँ अनुदान नीति

२०७३ जेठ १० गते १३:५७

काठमाण्डु, १० जेठ – नेपाल सरकारले नवीकरणीय ऊर्जा प्रविधिहरुमा दिँदै आएको अनुदान नीतिलाई परिमार्जन गरेको छ । सन् २०३० सम्म देशका सबै जनतालाई स्वच्छ, भरपर्दो र सर्वसुलभ रुपमा नवीकरणीय ऊर्जा पु¥याउने लक्ष्यका साथ नवीकरणीय ऊर्जा अनुदान नीति, २०७३ ल्याइएको छ । यस नीतिको कार्यान्वयनमार्फत...

मिसन कोरला–२०१६ पुग्यो मुस्ताङ

२०७३ जेठ १० गते १३:५०

मुस्ताङ, १० जेठ-हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रको प्रवद्र्धनको लक्ष्यका साथ आयोजित मिसन कोरला–२०१६ को समूह मुस्ताङको जोमसोम पुगेको छ । पोखरादेखि कोरालासम्मको क्षेत्रको प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउने लक्ष्यका साथ पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद् (पिटिसी) को आयोजनामा पर्यटन व्यवसायीसहितको टोलीले आइतबारदेखि आफ्नो...

महोत्सवमा करोडको आर्थिक कारोबार

२०७३ जेठ १० गते १२:२०

उदयपुर, १० जेठ – उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित त्रियुगा बसपार्क क्षेत्रमा सञ्चालन भइरहेको पूर्वाञ्चल क्षेत्रीय महोत्सवमा नौ दिनमा झन्डै एक करोड २५ लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ । जेठ १ गतेदेखि सञ्चालन भएको उक्त महोत्सवमा जेठ ९ गतेसम्ममा एक करोड २५ लाख...

झन्डै ४२ करोड लगानीको खानेपानी आयोजना अन्योलमा

२०७३ जेठ १० गते १२:०५

इलाम, १० जेठ – यहाँका चार गाविसलाई लक्षित गरेर निर्माण गर्ने भनिएको बृहत् खानेपानी आयोजना अन्योलमा परेको छ । जोगमाई खोलाबाट पानी ल्याएर कोल्बुङ, कन्याम, पञ्चकन्या र लक्ष्मीपुर गाविसका लागि निर्माण गर्ने भनिएको आयोजना पहिलेको दररेटभन्दा बढी पर्न गएकाले अन्योलमा परेको हो । चार वर्षअघिनै...

मोरङका इँटा उद्योग भारतीय कामदारको भरमा चलेका छन्

२०७३ जेठ १० गते ११:११

मोरङ, १० जेठ – मोरङको उर्लाबारीमा रहेको बगाले थापा इँटा उद्योगले वार्षिक १५० देखि २०० भारतीय कामदार ल्याउने गरेको छ । सो उद्योगका व्यवस्थापक मोति बुल रहमानका अनुसार स्वदेशमा कामदारको अभावले विदेशबाट ल्याउनुपर्ने बाध्यता रहेको हो । सो इँटा उद्योगमा काम गर्ने राजकुमारी थारुले...

म्याग्दीको स्लेटको अन्तर्राष्ट्रिय बजारमा माग

२०७३ जेठ १० गते १०:११

म्याग्दी, १० जेठ– म्याग्दी जिल्लाको रुम गाविस–५ मा रहेको खानीबाट निकालिएको स्लेटको अन्तर्राष्ट्रिय बजारबाट माग भएको छ । अमेरिका र बेलायतबाट स्लेटको माग भएको खानी सञ्चालक हर्कमान दर्जीले जानकारी दिए । अन्तर्राष्ट्रिय बजारबाट माग भए पनि प्रविधिको अभावमा आपूर्ति गर्न नसकिएको दर्जीको भनाइ छ ।...

धौलागिरिका ४२ सहकारी खारेजीको सूचीमा

२०७३ जेठ १० गते ९:२९

पर्वत, १० जेठ– धौलागिरि अञ्चलका चार जिल्लामा सञ्चालित ४२ वटा सहकारी खारेजीको सूचीमा परेका छन् । कार्यालयमा दर्ता भएका तर विभिन्न कारणले निस्क्रिय देखिएका सहकारी खारेजीको सूचीमा परेका हुन् । डिभिजन सहकारी कार्यालय बागलुङका अनुसार धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका ४२ वटा...

‘मेट्रो ट्रेन’ अवधारणमा रेस्टुरेन्ट

२०७३ जेठ १० गते ८:४५

काठमाण्डु, १० जेठ– राजधानीमा नेपालमै पहिलो पटक ‘मेट्रो ट्रेन’ को अवधारणमा रेस्टुरेन्ट संञ्चालनमा आएको छ । कलंकीमा शनिबारबाट मेट्रो ट्रेन थिमका साथ सेफ्स होम रेस्टुरेन्ट एण्ड ब्यांक्विट संचालनमा आएको हो । डाइन विथ डिफ्रेन्स भन्ने नाराका साथ संचालनमा आएको यो रेस्टुरेन्टमा नेपाली, नेवारी, तिब्बतीयनका...

‘स्वदेशमै रोजगारीको सम्भावना छ’

२०७३ जेठ ९ गते १६:४९

बैतडी, ९ जेठ-वाणिज्य मन्त्री जयन्तबहादुर चन्दले देशको युवाशक्ति विदेश पलायन भइरहेकाले स्वदेशमै रोजगारीका सम्भावना सरकारले खोजीरहेको बताएका छन् । मन्त्री चन्दले रासससँग कुराकानी गर्नुहँदै देशका प्रत्येक ठाउँमा प्रशस्त सम्भावना रहेकोले युवा शक्तिका लागि नेपालमै रोजगारी खोजिने बताएका हुन् । सुदूरपश्चिममा जडीबुटी उद्योगको प्रशस्त सम्भावना...

बत्तिस लाख राजस्व सङ्कलन

२०७३ जेठ ९ गते १६:३२

भक्तपुर, ९ जेठ नेपाल विद्युत् प्राधिकरण भक्तपुर र मध्यपुर ठिमी शाखाले महसुलवापत रु ३२ लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ । महसुल नतिर्ने ग्राहकबाट एक महिनाको अवधिमा उक्त राजस्व सङ्कलन गरिएको हो । नियमित रुपमा विद्युत् महसुल नतिर्ने ८३ ग्राहकको लाइन काटेको भक्तपुर...

तालिम सकिएकै दिन रोजगारी

२०७३ जेठ ९ गते १६:०२

काठमाण्डु, ९ जेठ– गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित मखमल र ढाकाको जुत्ता तथा चप्पल बनाउने पन्ध्रदिने सीपमूलक तालिमका १५ सहभागीले तालिम सकिएकै दिन रोजगारी पाएका छन् ।   नगरपालिकाको रु ७५ हजार आर्थिक सहयोगमा उत्कृष्ट महिला समूह आरुबारीले गत वैशाख २५ गतेदेखि सञ्चालन गरेको...

काठमाण्डुमा छुट्टै बसपार्क नहुँदा समस्या

२०७३ जेठ ९ गते १४:११

काठमाण्डु, ९ जेठ-दिनहुँ हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय सवारीसाधनलाई छुट्टै बसपार्क नहुँदा समस्या परेको छ । काठमाण्डु–पोखरा र काठमाण्डु–सौराहा चल्ने पर्यटकीय सवारीसाधनलाई छुट्टै सवारी बसपार्क नहुँदा समस्या परेको हो । टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टिवान)का महासचिव दीपक भट्टराई मुलुकमा पर्यटनको विकास गर्न पर्यटकीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us