अर्थ

यो बजेट नौ महिने सरकारले ल्याएको बजेटजस्तै हुनुपर्छः अधिकारी

२०७३ जेठ १३ गते १३:५३

काठमाण्डु, १३ जेज– पूर्व अर्थमन्त्री एवम् नेकपा एमालेका नेता भरतमोहन अधिकारीले पार्टीले २०५१ सालमा नौ महिने शासन कालमा आफूले ल्याएको बजेटको झल्को दिने गरी अहिलेको सरकारले बजेट ल्याउनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले सो कुरामा जोड दिएका...

शनिबार बजेट पेस हुँदै

२०७३ जेठ १३ गते १३:३९

काठमाण्डु, १३ जेठ-सरकारले आगामी आव २०७३/७४ को राजस्व र व्ययको अनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत गर्न सदनसमक्ष गर्नुभएको अनुरोधलाई स्वीकार गर्दै सभामुख ओनसरी घर्तीले यही जेठ १५ गते...

कर नतिर्नेलाई कालो सूचीमा

२०७३ जेठ १३ गते १३:१४

चितवन, १३ जेठ – आन्तरिक राजस्व कार्यालय, भरतपुरले स्वयम् कर घोषणा गरेर पनि कर नतिर्नेहरुलाई कालो सूचीमा राखेको छ । उनीहरुको २३ करोड ५४ लाख रुपैयाँ राजस्व बक्यौता रहेको छ । कार्यालयका प्रमुख टीकाराम भुसालका अनुसार, स्वयम् कर घोषणा गर्ने दुई हजार १८२ जनाले...

ट्राफिकद्वारा करिब २२ लाख राजस्व संकलन

२०७३ जेठ १३ गते ११:५९

मेलम्ची, १३ जेठ – चालु आर्थिक वर्षमा जिल्ला ट्राफिक कार्यालय सिन्धुपाल्चोकले २१ लाख ८९ हजार ८०० रुपैयाँ राजस्व संकलन गरेको छ । सवारी चालकपत्रबिना सवारी चलाउने, मापसे गरी सवारी चलाउने जस्ता विभिन्न ट्राफिक नियम उल्लङ्घन गरी सवारीसाधन चलाउनेबाट उक्त राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक...

२२ करोड लागतमा नहर मर्मत, अब कृषकले धान रोप्न पाउने भए

२०७३ जेठ १३ गते ११:५२

मोरङ, १३ जेठ – २२ करोड रुपैयाँको लागतमा सुनसरी–मोरङ सिँचाइ योजना विराटनगरले गरेको मोरङ र सुनसरीका विभिन्न नहरको मर्मत सम्भार कार्य अन्तिम चरणमा पुगेको छ । धानको बीउ राख्ने समय सुरु हुनै लागेकाले अबको एक हप्तामा मर्मतका सबै काम सकिने योजनाले जनाएको छ ।...

इलाममा पहिलोपटक दूध दुहुने इटालियन मेसिन भित्रियो

२०७३ जेठ १३ गते ११:४५

इलाम, १३ जेठ – सूर्योदय नगरपालिकास्थित त्रिब्रदर्स गाई फार्ममा गाई दुहुनका लागि जिल्लामै पहिलोपटक मिल्किङ मेसिन ल्याइएको छ । पशु उत्पादन निर्देशनालय हरिहरभवन, काठमाण्डुमार्फत जिल्ला पशुसेवा कार्यालयको ५० प्रतिशत अनुदान र गाई फार्मको ५० प्रतिशत लगानीमा उक्त मेसिन खरिद गरिएको हो । सूर्याेदय नगरपालिका–३...

निष्क्रिय ७० सहकारीले समयमै कागजात नबुझाए खारेज गरिने

२०७३ जेठ १२ गते १६:३२

बैतडी, १२ जेठ – बैतडीमा ७० वटा सहकारी संस्था निष्क्रिय सूचीमा रहेको डिभिजन सहकारी कार्यालय बैतडीले जनाएको छ । आव २०६८/६९ देखि हालसम्म लेखा परीक्षण नभएका, आर्थिक २०६९/७० देखि साधारणसभा नगरेका सहकारी संस्थालाई निष्क्रिय सहकारी संस्थाको सूचीमा राखिएको सहकारी अधिकृत वासुदेव भण्डारीले बताए ।...

अब पर्वतको लप्सीको सदुपयोग हुने भयो

२०७३ जेठ १२ गते १५:५६

पर्वत, १२ जेठ – लप्सी प्रशोधन हुन नसकी खेर गइरहेका बेला पहिलोपटक जिल्लामा प्रशोधन गर्न मेसिन भित्रिएको छ । खेरजाने गरेको अवस्थालाई मध्यनजर गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तीनवटा आधुनिक मेसिन प्रदान गरेको हो । उक्त मेसिन मन्त्रालयका सचिव...

उत्पादन बढेर १० गुणा पुग्यो तर खपत हुन नसक्दा किसान चिन्तामा

२०७३ जेठ १२ गते १५:१८

दाङ, १२ जेठ – उत्पादन गरेको तरकारीको व्यवस्थित बजारीकरण नहुँदा किसान मारमा परेका छन् । चैतको मध्यदेखि उत्पादन हुन थालेको बेमौसमी तरकारी जेठ पहिलो सातामा आइपुग्दा उत्पादन बढेर १० गुना पुगेको छ । तर तरकारी खपत हुन नसक्दा किसान मारमा परेका छन् । बेमौसमी...

काठमाण्डु उपत्यकावासीका लागि खुसीको खबर !

२०७३ जेठ १२ गते ११:१९

काठमाण्डु, १२ जेठ – यतिबेला काठमाण्डु उपत्यकामा खानेपानीको अभावमा काकाकुल सहर बनिरहेका बेला खानेपानी तथा सरसफाइ मन्त्रालयले केही राहतको रुपमा खुशीको खबर ल्याएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्चीको परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डुमा ल्याउन सकिने जनाएको छ । उक्त परियोजनाबाट...

चिनियाँ लगानीमा नेपालमा अहिलेसम्मकै ठूलो उद्योग खुल्यो

२०७३ जेठ ११ गते १९:२६

कावासोती, ११ जेठ– चिनियाँ कम्पनीको लगानीमा देशकै ठूलो सिमेन्ट उद्योग नवलपरासीको बेणीमनिपुर गाविसको बेलुवामा स्थापना भएको छ । उद्योग सन्चालन हुने स्थान नवलपरासीको दुम्कीबासबाट १३ किमी उत्तर चुरेको फेदीमा पर्दछ ।   चिनियाँ सिमेन्ट उत्पादक होङ्सी कम्पनी र नेपालको शिवम् सिमेन्टको संयुक्त लगानीमा दैनिक...

खुसीको खबरः घरेलु उद्योगमा २७ हजारलाई रोजगारी

२०७३ जेठ ११ गते १९:१६

काठमाण्डु, ११ जेठ– घरेलु तथा साना उद्योगमा २७ हजारभन्दा बढीले रोजगारी पाएका छन् । स्थानीयस्तरमा उत्पादित वस्तुलाई उद्योगमार्फत विभिन्न ठाउँमा पु¥याउँदै आएको घरेलु तथा साना उद्योग विकास समितिले समितिअन्तर्गत २७ हजार ५६० जनाले रोजगारी पाएका हुन् । जसमध्ये महिला १६ हजार २६९ र पुरुष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us