अर्थ

पाँच हजार पशुको बिमा गरियो

२०७३ जेठ १४ गते १४:३०

पर्वत, १४ जेठ – पशुपालन व्यवसायमा जोखिम बढ्दै गएपछि पछिल्लो समय पशु बिमाप्रति कृषकको आकर्षण बढ्दै गएको छ । सरकारले ७५ र विमितको २५ प्रतिशत बिमाङ्क रकममा पशुपक्षीको बिमा गर्न सकिने भएपछि कृषकको आकर्षण बढेको हो । चालु आर्थिक वर्षमा अहिलेसम्म पाँच हजार पशुको...

गहुँतको प्रयोगले उत्पादन बढ्यो, किरोको प्रकोप पनि हट्यो

२०७३ जेठ १४ गते १३:५५

म्याग्दी, १४ जेठ – अर्मन गाविसका किसानले गहुँतको प्रयोग गर्न थालेपछि रोग किराको प्रकोप नियन्त्रण हुनुका साथै कृषि उत्पादनमा बृद्धि भएको छ । किसानले जैविक विषादीका रुपमा गहुँतको प्रयोग गर्न भकारो सुधार गरेर मूत्र संकलन गर्ने गरेका छन् । सुधारिएको भकारोबाट सङ्कलित पशुको गहुँत...

नहर पुनःनिर्माणका लागि २० करोड लागत

२०७३ जेठ १४ गते १३:३९

पाल्पा, १४ जेठ – अत्रौली पुट्टार सिँचाइ जल उपभोक्ता नहर २० करोड रुपैयाँको लागतमा पुनःनिर्माण हुँदै छ । एसियाली विकास बैंकको ऋण सहयोग र सरकारको अनुदानमा सो नहर मर्मत तथा पुनःनिर्माणकार्य सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष रामजी अर्यालले जानकारी दिए । करिब तीन वर्षमा...

वैदेशिक रोजगार सम्बन्धि जानकारीः यी देशसँग भएको छ नेपालको श्रम सम्झौता

२०७३ जेठ १४ गते १३:१४

काठमाण्डु, १४ जेठ– नेपाल सरकारको तर्फबाट रोजगारीका प्रमुख गन्तव्य मुलुकमध्ये हालसम्म कतार, संयुक्त अरब इमिरेट्स, बहराईन, जापान, इजराइल र दक्षिण कोरियासँग द्धिपक्षीय श्रम सम्झौता सम्पन्न भएको छ । आर्थिक वर्ष २०७२/७३ को आर्थिक सर्वेक्षणमा दिइएको जानकारी अनुसार साउदी अरेवीया, मलेशिया, कुवेत, जोर्डन र लेवनानसँगको...

नेपालको जनसंख्या भन्दा धेरै कुखुरा ! (संख्यासहित)

२०७३ जेठ १३ गते १९:१०

काठमाण्डु, १३ जेठ– नेपालमा रहेका पशुपंक्षीको किसिमबारे धेरैलाईं थाहा होला तर तिनीहरुको संख्या भने कमैलाई । आज हामी तपाईंहरुमा तिनीहरुको किसिम, संख्या र वार्षिक बृद्धिदरका बारेमा जानकारी दिदैछौँ ।   बिहीबार अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७/७३ को आर्थिक सर्वेक्षणका अनुसार नेपालमा गाई/गोरु,...

नेपालमा सडकको लम्बाइ अठाइस हजार किलोमिटर

२०७३ जेठ १३ गते १८:१५

काठमाण्डु, १३ जेठ-चालु आवको फागुनसम्म कालोपत्रे सडक ११ हजार ८९०, खण्डास्मित छ हजार ४१९ र कच्ची सडक नौ हजार ६८१ किमी गरी हाल सडकको लम्बाइ २७ हजार ९९० किमी पुगेको छ । यसैगरी चालु आवको फागुन मसान्तसम्म २७० किमी माटे सडक, १३२ किमी खण्डास्मित...

लाङ्टाङका ११६ घरलाई खच्चर वितरण

२०७३ जेठ १३ गते १७:३०

रसुवा, १३ जेठ – पर्यटकीय क्षेत्रको पुनःनिर्माणसम्बन्धी काममा सहजता ल्याउन लाङ्टाङ क्षेत्रमा खच्चर वितरण गरिएको छ । लाङ्टाङ व्यवस्थापन एवम् पुनःनिर्माण समितिका अध्यक्ष तेम्वा लामाका अनुसार सभरिटन पल्र्स नामक गैरसरकारी संस्थाको सहयोगमा लाङ्टाङका ११६ घर परिवारलाई प्रतिपरिवार एक/एकवटा खच्चर वितरण गरिएको छ । भारी...

दुर्गमका किसानलाई निःशुल्क धानको बीउ

२०७३ जेठ १३ गते १६:४५

पाल्पा, १३ जेठ – दुर्गम क्षेत्र अत्रौलीका किसानलाई निःशुल्क धानको बीउ वितरण गरिएको छ । घिरिङ कृषि सम्पर्क केन्द्रले किसानलाई उनीहरुको घरदैलोमै पुगी बीउ वितरण गरेको हो । गाउँका ३१५ घरपरिवारलाई सुक्खा र सावित्री जातको १/१ किलो बीउ वितरण गरिएको प्राविधिक राजेन्द्रबहादुर सिंहले जानकारी दिए...

एकीकृत बस्ती बनाउन धुर्मुस–सुन्तलीलाई सिटी एक्सप्रेसले दियो १५ लाख

२०७३ जेठ १३ गते १६:१५

काठमाण्डु, १३ जेठ– सिटी एक्सप्रेस मनी ट्रान्सफरले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई १५ लाख ५५ हजार ५ सय ५५ रुपैँया सहयोग गरेको छ । राजधानीको एक होटलमा पत्रकार सम्मेलन गर्दै सिटी एक्सप्रेसले फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।   वैदेशीक...

सार्वजनिक संस्थानको अवस्थामा सुधार, कुन संस्थानको कति नाफा र कुन-कुन गए नोक्सानीमा ?

२०७३ जेठ १३ गते १५:५२

काठमाण्डु, १३ जेठ – आर्थिक वर्ष २०७१/०७२ मा ३७ सार्वजनिक संस्थानबाट ३३ अर्ब ९२ करोड २७ लाख रुपैयाँ खुद नाफा भई संस्थानको अवस्थामा सुधार देखिएको छ । सरकारले आज सार्वजनिक गरेका संस्थानहरुको वार्षिक स्थिति समीक्षा–२०७३ अनुसार आव २०७१/७२ मा ३७ वटा सार्वजनिक संस्थानमध्ये २०...

नेपालीको प्रतिव्यक्ति आय बढ्यो, एक नेपालीको कमाई वर्षमा ८० हजार !

२०७३ जेठ १३ गते १५:२७

काठमाण्डु, १३ जेठ– नेपालीको प्रचलित मूल्यमा प्रतिव्यक्ति आय वृद्धि भएको छ । गत वर्षको तुलनामा ५ हजार वृद्धि भई प्रतिव्यक्ति आय ७९ हजार ३ सय ७० रुपैयाँ पुगेको हो । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय ७५ हजार ८ सय ५५ थियो । यो हरेक...

नेपालमा ३ हजार ५ सय विदेशी उद्योग, २ लाख ११ हजारलाई रोजगारी

२०७३ जेठ १३ गते १५:२०

काठमाण्डु, १३ जेठ– नेपालमा विभिन्न ८६ देशका ३ हजार ५ सय २० उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०६०/६१ देखि चालु आर्थिक वर्षको पछिल्लो आठ महिनासम्ममा ती उद्योग दर्ता भएका हुन् । जसबाट मुलुकमा १ खर्ब ९८ अर्ब रुपैयाँ भन्दा बढी रकम भित्रिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us