लहान, २० साउन– सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानले आर्थिक वर्ष २०७२÷७३ मा १५ करोड २६ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख ओमकारप्रसाद न्यौपानेले जानकारी दिनुभयो...
काठमाण्डु, १९ साउन-मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती यथावत् छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन । भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न सकेका छैनन्...
बुटवल, १९ साउन-कर्मचारी सञ्चयकोष शाखा कार्यालय बुटवलले गत आवमा सेवाबाट अवकास प्राप्त एक हजार ८४४ सञ्चयकर्ता कर्मचारीलाई २५ करोड १२ लाख ४४ हजार भुक्तानी गरेको छ । सो अवधिमा कोषले ७२ मृतक सञ्चयकर्ताका हकवालालाई २० लाख काजकिरिया खर्च र दुर्घटनामा मृत्यु हुने आठ हकवालालाई...
काठमाण्डु, १८ साउन- आव २०७२/७३ मा राहदानीबाट ६ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । राहदानी विभागबाट दुई अर्ब ६९ करोड ९४ लाख ४० हजार र कुटनीतिक नियोगबाट एक अर्ब २६ करोड ६० लाख ७० हजार राजस्व सङ्कलन भएको विभागका निर्देशक रामप्रसाद सुवेदीले जानकारी...
काठमाण्डु, १८ साउन-धितोपत्र बजारमा सेयरको मूल्य घट्ने क्रम मंगलबार पनि जारी रहेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार मंगलबार नेप्से परिसूचक १८.९४ अङ्कले घटेर एक हजार ८२६ अङ्कमा झरेको छ । उत्पादन समूहबाहेक अरु सबै समूहको सेयर मूल्यमा कमी आएको छ । सो समूहको...
भक्तपुर, १८ साउन-भक्तपुर नगरपालिकाले जिल्लाका सम्पदास्थलको अवलोकन गर्न आउने पर्यटकबाट पर्यटन शुल्कबापत गत आवमा १० करोड ९२ लाख ७५ हजार राजस्व सङ्कलन गरेको छ । भूकम्पका कारण पर्यटक घटेपछि यस वर्ष गत वर्षभन्दा ६१ प्रतिशत राजस्व घटेको छ । गत आवमा नगरपालिका क्षेत्रभित्र गैरसार्क...
बैतडी, १८ साउन-पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा सन्चालन हुने भएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि भदौमा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो । सुदूरपश्चिमेलीको मुख्यपर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि...
काठमाण्डु, १७ साउ-पूर्व अर्थमन्त्री डा रामशरण महतले अर्थमन्त्री विष्णु पौडेलले ल्याउनुभएको बजेटले नै निरन्तरता पाउने बताउँदै नयाँ सरकारले पूरक बजेट नल्याउने बताएका छन् । अर्थमन्त्री पौडेलले व्यवस्थापिका संसद्मा पेश गर्नुभएको बजेट पास नभइकन नयाँ सरकार परिवर्तन भएको सन्दर्भमा कुराकानी गर्दै नेपाली काँग्रेशका केन्द्रीय सदस्यसमेत...
पाँचथर, १७ साउन- हेवाखोला जलविद्युत् परियोजना ‘ए’ निर्माणस्थल वरपरका बासिन्दाले आफूहरुका लागि सेयर निष्कासन गर्न जिल्ला प्रशासन कार्यालसँग माग गरेका छन् । परियोजना निर्माणको जिम्मा पाएको पाँचथर पावर कम्पनीले ९५ प्रतिशत काम सकिन लाग्दासमेत स्थानीयवासीका लागि सेयर निष्कासन नगरेको भन्दै प्रमुख जिल्ला अधिकारी किरण...
गोरखा, १७ साउन- जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा प्रत्यक्ष रुपमा प्रभावित हुने गोरखाका १४ गाविसका भूकम्पपीडित लाभग्राहीले निजी आवास निर्माण प्रयोजनका लागि अनुदान सम्झौता गर्न पाएका छैनन् । आयोजना प्रभावित क्षेत्रको घरजग्गाको लालपुर्जा राखेर अनुदान सम्झौता नहुने भएपछि उनीहरु अनुदान सम्झौताबाट वञ्चित हुँदै...
काठमाण्डु, १६ साउन-नेपाल विद्युत् प्राधिकरणले निर्देशक नपठाउँदा राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले पूर्णता पाउन सकेको छैन । सरकारले गत फागुन ६ गते पारित गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्य योजना, २०७२ को बुँदा नं ४५ मा सो कम्पनीलाई पूर्णता दिने...
काठमाण्डु, १६ साउन-धितोपत्र बजारमा आइतबार एक अर्ब ७५ करोड ५० लाख ७४ हजार बराबरको कारोबार भएको छ । कुल १४१ कम्पनीको ३५ लाख ९४ हजार ६१९ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । स्टकका अनुसार सेयर कारोबारमा आइतबार १५.१७ अङ्कले गिरावट...