काठमाण्डु, १३ साउन– संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग डिएफआइडीले रोजगारीका लागि सीप विकास कार्यक्रम कार्यान्वयन गर्न चार अर्ब ४८ करोड अनुदान सहायता उपलब्ध गराउनेभएको छ । सो अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र यहाँस्थित...
म्याग्दी, १३ साउन– अविरल वर्षाको कारण आएको बाढी र पहिरोबाट जिल्लाका तीनवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् । लुलाङमा गएको पहिरोले ३५ किलोवाट क्षमताको दोस्रो दरखोला र मुनामा रहेको ६० किलोवाट क्षमताको प्रथम दरखोला लघुजलविद्युत् परियोजना पाँच दिनदेखि बन्द भएका छन् । बाढीले नहर...
पर्सा, १३ साउन-जिल्ला अदालतले गत आव २०७२/७३ मा सात करोड ४५ लाख ४० हजार जरिवाना रकम असुल गरेको छ । देशभरिकै अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेकालाई जिल्ला अदालतबाट खटेको टोलीले पक्राउ गरी उक्त जरिवाना असुल गरेको अदालतका सूचना अधिकृत माधवप्रसाद तिमल्सिनाले...
पर्सा, १२ साउन– आर्थिक वर्ष २०७१/७२ को तुलनामा आव २०७२/७३ मा वीरगन्ज नाकाबाट हुने आयात निर्यातमा ३७८ प्रतिशतले व्यापार घाटा बढेको छ । आव २०७१/७२ मा एक हजार ५५२ प्रतिशत रहेको व्यापार घाटा आव २०७२/७३ मा २७८ प्रतिशतले वृद्धी भई एक हजार नौसय ३०...
पर्वत, ११ साउन – आव २०७२/७३ मा नागरिकताको प्रमाणपत्रभन्दा राहदानी लिनेको संख्या ४२ प्रतिशतले बढेको छ । सो आवमा चार हजार ५९४ जनाले नागरिकताको प्रमाणपत्र लिएका थिए भने छ हजार ५२० जनाले राहदानीको प्रमाणपत्रका लागि फारम बुझाएका थिए । फाराम बुझाएका मध्ये पाँच हजार ५९९...
रसुवा, ११ साउन – पहिरोका कारण बिहानदेखि स्याफ्रू– टिमुरे खण्डको सडक अवरोध हुँदा नेपाल र चीनबीचको व्यापारिक कारोबार ठप्प भएको छ । निर्माणाधीन रसुवागढी हाइड्रोपावरमा कार्यरत इलेक्टिसियन सानो कान्छा तामाङअनुसार वृदिम गाविस–१ फ्याङ्लुङ पाखाबाट झरेको पहिरोले सडकको सतह पुरी आवतजावतमा समेत अवरोध पु¥याएको छ...
काठमाण्डु, ११ साउन – धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक बढ्ने क्रम रोकिएन । नेपाल स्टक एक्चेन्जकाअनुसार नेप्से परिसूचक २८ अंकले वृद्धि भई एक हजार ८६० विन्दुमा पुगेको छ । कुल १४३ कम्पनीको रु दुई अर्ब ७५ करोड ३७ लाख ७९ हजार ४९२ मूल्य बराबरको...
काठमाण्डु, ११ साउन– काठमाडौँ महानगरपालिकाले चालु आव २०७३\७४ देखि लागू हुनेगरी घरजग्गा करमा केही छुट गरेको छ । काठमाण्डु महानगरपालिका राजस्व महाशाखा प्रमुख धुव्र काफ्लेका अनुसार सेवाग्राहीमा पर्न गएको समस्यालाई ध्यानमा राख्दै कामपाले कर असुलीमा केही छुट गरेको हो । यसअघि करदाताले मूल सडकभित्र रहेका...
भक्तपुर, ११ साउन – भूकम्पपीडित राहत कोष पुनःस्थापना कार्यक्रममार्फत भूकम्पले पशु मरेका पीडितका लागि उन्नत जातको राँगो र बोका वितरण गर्ने कार्यक्रम रोकिएको छ । जिल्ला पशुसेवा कार्यालयमा जेठ २७ गते आएको २३ लाख समय अभावका कारण देखाउँदै राँगो, बोका वितरण गर्न नसकेपछि कार्यक्रम...
काठमाण्डु, १० साउन – आइतबार सफ्टवेयरमा आएको समस्याका कारण कारोबार हुन नसकेको धितोपत्र बजार आज भने करिब ४० अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार आज नेप्से परिसूचक ४० अंकले बढेर एक हजार ८४० विन्दुमा पुगेको छ । कुल १४७ कम्पनीकोे सेयर...
भीमदत्तनगर, १० साउन – कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–१० का २२ वर्षीय नवराज जोशी कृष्ण बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी हुन् । व्यवस्थापन सङ्कायमा अध्ययनरत जोशीको परिचय एउटा विद्यार्थी मात्रै नभइ उनी गाउँको सबल किसानको रुपमा समेत परिचित छन् । अध्ययनसँगै साँझ÷बिहानको समयमा उनले आठ...
धनगढी, १० साउन – कैलालीबाट आर्थिक वर्ष २०७२/७३ मा ५५ करोड १८ लाख रुपैयाँको खोटो निर्यात भएको छ । भन्सार कार्यालयका अनुसार आठ करोड ९० लाख २४ हजार रुपैयाँको रोजिन र सात लाख ३६ हजार १६० किलो तार्पिन तेल निकासी भएको छ । अघिल्लो आव...