अर्थ

अर्बौंको व्यापार हुँदा कर शून्य

२०७३ भदौ ३० गते १३:५९

सोलुखुम्बु, ३० भदौ-जिल्लाको खुम्बु क्षेत्र (नाम्चे र खुम्जुङ) मा स्टार होटलसरहको सुविधा र त्योभन्दा बढी महँगी छ, तर त्यहाँका अधिकांश होटल होमस्टेअन्तर्गत सञ्चालित छन् । यसको मुख्य कारण हो कर नतिर्ने काइदा । सगरमाथाको आधार शिविरअन्तर्गत पर्ने ती गाविसमा सञ्चालित होटल तथा लजले वार्षिक...

महबाट डेढ करोड आम्दानी

२०७३ भदौ २९ गते १३:१४

पाल्पा, २९ भदौ– जिल्लामा मह बिक्रीबाट आव २०७२/७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो । आव २०७१÷७२ मा जिल्लामा २७।५ मेट्रिक टन मह...

प्रधानमन्त्रीको भारत भ्रमण: ‘पञ्चेश्वर आयोजनालाई अघि बढाउन यस्तो तयारी गरिदै’

२०७३ भदौ २८ गते १६:३७

काठमाण्डु, २८ भदौ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही भदौ ३० गतेदेखि गर्न लाग्नुभएको भारतको राजकीय भ्रमणको क्रममा पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनालाई अगाडि बढाउने विषयमा महत्वपूर्ण छलफल गर्ने तयारी गरिएको छ । विगत २३ वर्षदेखि विभिन्न कारणले रोकिँदै आएको सो परियोजनालाई अगाडि बढाउन नेपाल र भारत...

कृषकका लागि नयाँ योजना ल्याउने तयारीमा छु: कृषि मन्त्री

२०७३ भदौ २८ गते १६:०५

काठमाण्डु, २८ भदौ- कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपालमा कृषिको विकास नभएसम्म देशको आर्थिक विकास असम्भव भएको बताएका छन् । फ्लोरिकल्चरल एसोसिएसन नेपालको २४औँ वार्षिक साधारणसभाको मंगलबार यहाँ उद्घाटन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रमा आमूल परिवर्तन गरी कृषकलाई आत्मनिर्भर गर्न सरकारले कृषकका लागि नयाँ कार्यक्रम ल्याउने...

राष्ट्रिय वाणिज्य बैंकमा २ सय ४९ जनाका लागि जागिर खुल्यो

२०७३ भदौ २८ गते १४:१८

काठमाण्डु २८ भदौ– बैंकमा जागिर खाने सोचमा हुनुहुन्छ ? यदि त्यो सोचमा हुनुहुन्छ र तपाइँको योग्यता पुग्छ भने राष्ट्रिय वाणिज्य बैंकले जागिरको लागि दरखास्त आव्हान गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा २ सय ४९ जनाका लागि दरखास्त आव्हान गरेको हो । दरखास्त...

जनार्दन शर्माले दिए विद्युत प्राधिकरणका पदाधिकारीहरुलाई निर्देशन

२०७३ भदौ २७ गते १८:५६

काठमाण्डु, २७ भदौ-डुम्रे–दमौली–मस्र्याङ्दी १३२ केभी प्रसारण लाइन आयोजनालगायत काममा भइरहेको ढिलाइप्रति उर्जा मन्त्री जनार्दन शर्माले चासो व्यक्त गरेका छन् । डुम्रे–दमौली–मस्र्याङ्दी १४ किलोमिटर प्रसारण लाइन विस्तारका लागि निर्धारित ७० दिनको समयावधि लामो भएको भन्दै मन्त्री शर्माले त्यसलाई आधा घटाउन नेपाल विद्युत् प्राधिकरणका पदाधिकारी तथा...

यस वर्ष धानमा करिब १४ अर्ब रुपैयाँको आयात घट्ने

२०७३ भदौ २७ गते १५:२३

काठमाण्डु, २७ भदौ-कृषि विकास मन्त्रालयले यस वर्ष देशभर ९७ प्रतिशत धानखेती भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार गत वर्ष ८७ प्रतिशत मात्र खेती भएकामा यस वर्ष १० प्रतिशतले खेती वृद्धि भएको हो । धानखेती वृद्धि भएका कारण यस वर्ष उत्पदानमा समेत...

सहरमा सरकारी, निजी र सहकारीको सुविधासम्पन्न भवन निर्माणका लागि यस्तो तयारी

२०७३ भदौ २७ गते १३:४२

काठमाण्डु, २७ भदौ– सहरमा सरकारी, निजी र सहकारीको अवधारणाअनुसार सुविधासम्पन्न आवासीय भवन निर्माणका लागि सहकारी आवास निर्देशिका बनाइने भएको छ । सो निर्देशिकाको मस्यौदा तयार पार्न राष्ट्रिय योजना आयोगका सदस्य डा सुनिलबाबु श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको छ । सहरमा अव्यवस्थित रुपमा...

‘पश्चिम धौलागिरी पदमार्ग’ को पहिचान

२०७३ भदौ २६ गते १५:५५

म्याग्दी, २७ भदौ-हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने नयाँ पदमार्गको पहिचान गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न मार्ग पहिचान गरी उक्त पदमार्गलाई ‘पश्चिम धौलागिरी पदमार्ग’ भनेर नामाकरण गरिएको हो । धेरै पहिले...

राष्ट्रिय स्वाधिनताका लागि सहकारी अभियान

२०७३ भदौ २६ गते १५:२८

भक्तपुर, २६ भदौ-राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले वर्तमान अवस्थामा राष्ट्रिय स्वाधीनताका लागि सहकारी अभियान आवश्यक भएको बताएका छन् । मध्यपुर थिमिस्थित शङ्खधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ वार्षिक साधारणसभामा बोल्दै उनले विदेसिने युवा भन्दा स्वदेशमै लगानी गरेर उत्पादन वृद्धि गर्ने...

प्रसारण लाइन निर्माणको ढिलाइप्रति मन्त्रालयको चासो

२०७३ भदौ २५ गते १७:२१

काठमाण्डु, २५ भदौ-लामो समयदेखि अवरुद्ध हुँदै आएको चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनामा भइरहेको ढिलाइका बारेमा ऊर्जा मन्त्रालयले चासो राखेको छ । चिलिमे जलविद्युत् आयोजनाले निर्माण गरिरहेको तीन महत्वपूर्ण जलविद्युत् आयोजनाको निर्माण प्रक्रियाले गति लिइरहेका बेला प्रसारण लाइन निर्माण प्रक्रिया नै सुरु नभएपछि...

कालीगण्डकी करिडोर दोस्रो खण्डमा काम सुरु

२०७३ भदौ २५ गते १६:३६

बागलुङ, २५ भदौ-उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरको बागलुङस्थित दोस्रो खण्डको काम सुरु भएको छ । टाकुरीदेखि बागलुङ र गुल्मीको सीमास्थल पालुङखोला सम्मको २२ किमिमा नेपाली सेनाले काम सुरु गरेको हो । उक्त खण्डको मार्ग खोल्ने कार्यको शुक्रबार पूर्व शिक्षामन्त्री दिनानाथ शर्मा र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us