अर्थ

नेपालको लगानीमा थप साझेदारी गर्न विश्व बैंक इच्छुक

२०७३ असोज ६ गते १४:४३

काठमाण्डु ६ असोज– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व बैंकका देशीय निर्देशक किमियाओ फानबीच बिहीबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकासका लागि विश्व बैंकले प्रदान गर्दै आएको सहयोगका लागि धन्यवाद दिएका थिए । भेटमा प्रधानमन्त्रीले उच्च...

बाढीले कटान गरेको संरचना जोगाउन चार करोड बढी लाग्ने

२०७३ असोज ६ गते १४:२१

पोखरा, ६ असोज-कास्की जिल्लाको पोखरा उपमहानगरपालिका–१७ स्थित दोविल्लामा केही दिनयता लगातार परेको पानीका कारण फुस्रो खोलाको कटानबाट प्रभावित बस्ती र पुल संरक्षण गर्न चार करोड २५ लाख लाग्ने अनुमान गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समिति कास्कीले जिल्लामा बाढीका कारण भएको क्षतिबारे सरोकारवाला...

४८ करोड सुरक्षा भत्ता वितरण

२०७३ असोज ५ गते १४:१७

भद्रपुर, ५ असोज– जिल्ला विकास समितिले आव २०७२/७३ मा ५३ हजार ३६९ जनालाई ४८ करोड ५४ लाख ५१ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ज्येष्ठ नागरिक २८ हजार ३०० लाई ३१ करोड ७४ लाख ३८ हजार, ज्येष्ठ नागरिक (दलित) एक हजार ७७२...

ऋण काढेरै गाउँमा सडक

२०७३ असोज ४ गते १६:३१

बागलुङ, ४ असोज- ऋण काढेर जिल्लाको रायडाँडावासीले गाउँमा सडक पु¥याएका छन् । गाउँलेले ७५ लाख ऋण खोजेर भकुन्डे– राम्तोला कृषि सडकलाई पूर्णता दिएका हुन् । रायडाँडाका पूर्व गाविस अध्यक्ष दीपेन्द्रबहादुर थापाले जग्गा धितो राखेर २० लाख ऋण लिएको बताए । ९० लाख रुपैंया खर्च...

क्यासिनो नेपालको समस्या समाधान गर्न निर्देशन

२०७३ असोज ४ गते १२:५५

काठमाण्डु, ४ असोज-व्यवस्थापिका संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले क्यासिनो नेपालरनेपाल रिक्रिएसन सेन्टरका पूर्व कर्मचारीका उजुरीका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, होटल सोल्टी, गृहमन्त्रालय र नेपाल प्रहरीलाई छलफलका लागि समितिमा बोलाएको छ । सो विषयमा अध्ययन गर्न गठित उपसमितिले समिति समक्ष दिएको...

दश दिनभित्र बायोग्यास उत्पादन सुरु हुने

२०७३ असोज ३ गते १८:४१

काठमाण्डु, ३ असोज-अबको १० दिनभित्र यहाँ बायोग्यास उत्पादन सुरु हुने भएको छ । काठमाण्डु महानगरपालिका अन्तर्गत वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि अहिले यन्त्र राख्ने काम सकिसकिएको छ । एकर दुई दिनभित्र बायोग्यास उत्पादनका लागि परीक्षणको काम हुनेछ । प्रमुख...

भूकम्प प्रभावितलाई ट्याक्सी वितरण कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने

२०७३ असोज ३ गते १७:३९

ललितपुर, ३ असोज- भूकम्प प्रभावितका लागि यातायात व्यवस्था विभागले गर्न लागेको ट्याक्सीको नं वितरण टेलिभिजनको प्रत्यक्ष प्रसारणबाट गरिने भएको छ । निष्पक्षता कायम गर्नका लागि विभागले टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर गोलाप्रथाबाट छनोट गर्न लागेको हो । धेरै प्रभावितले निष्पक्षताका विषयमा शङ्का गर्दै आएका छन्...

नेपालीले काभ्रेपलाञ्चोकमा उद्योग खोलेर बनाए शुद्ध अंगुरको जुसबाट वाइन

२०७३ असोज ३ गते १५:५१

काठमाण्डु– नेपाली उत्पानमा सतप्रतिशत शुद्ध अंगुरको जुसबाट बनेको वाइन बजारमा आएको छ । यूनिभर्सल वाइन इन्डष्ट्रिज प्रा.लि. को उत्पादनमा हार्भेष्ट मुन स्वीट रेड/व्हाइट ४ लिटर (पारीवारीक जमघट एवं पार्टीका लागि उपयुक्त) र डिलाइट स्वीट रेड/व्हाइट ७५० मि.लि. वाइन बजारमा आएको हो ।   खाद्य...

यस्तो बन्दैछ नेपालकै सबैभन्दा ठूलो सपिङ कम्प्लेक्स

२०७३ असोज ३ गते १३:५८

मोरङ, ३ असोज-एक अर्बभन्दा बढीको लगानीमा विराटनगरमा ११ तले महल (सपिङ कम्प्लेक्स) निर्माण अघि बढाइएको छ । पूर्वाञ्चलको आवश्यकतालाई मध्यनजर गरेर उद्योगपति मोती दुगडले विराटनगर–७ स्थित शिव मन्दिर छेउमा महल निर्माण सुरु गरेको बताए । एकै स्थानमा सबै सुविधा उपयोग गर्न पाइयोस् भन्ने उद्देश्यले...

मोदी काठमाण्डु आउँदा दिएको १ अर्ब अमेरिकी डलर बराबरको ऋण रकम आधा फिर्ता

२०७३ असोज २ गते १४:४१

एजेन्सी– करिब २ वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाण्डुको भ्रमण गर्दा घोषणा गरेको एक अर्ब अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋणमा करिव आधा रकम खर्च हुन नसकेर फिर्ता गएको छ। १७ वर्षपछि पहिलो पटक भएको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको अवसरमा मोदीले सो रकम सहुलियतपूर्ण ऋणको...

बैंकको सुन नबिक्नुमा हामी जिम्मेवार छैनौँ: शाक्य

२०७३ असोज २ गते १३:१०

नगरकोट, २ असोज-नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले बैंकको सुनचाँदी बिक्री नहुँनुमा आफूहरु जिम्मेवार नभएको बताएका छन् । भक्तपुर सुनचाँदी व्यवसायी सङ्घको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले ‘बैंकको सुनचाँदी बिक्री भएन भन्दैमा व्यवसायीलाई दोषी वा जिम्मेवार देखाउन नमिल्ने बताए...

दुई वर्षभित्र १४ सय मेगावाट विद्युत् उत्पादन गरिने

२०७३ असोज १ गते १६:४८

काठमाण्डु, १ असोज-सरकारले ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ आगामी दुई वर्षभित्र एक हजार ४५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अगाडि सारेको छ । सरकारले नेपाल विद्युत् प्राधिकरण, उसका सहायक कम्पनी एवम् नीजि क्षेत्रका प्रवद्र्धकलाई निर्माणमा रहेका आयोजनालाई छिटोभन्दा छिटो सम्पन्न गर्न आग्रह गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us