अर्थ

अझै बनेन धौलागिरी आधार शिविर जाने मार्ग

२०७३ असोज १ गते १५:२२

म्याग्दी, १ असोज-म्याग्दीको मुदी गाविसमा अवस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग मर्मत अझै हुन सकेको छैन् । बर्खामा आएको बाढीपहिरोले विभिन्न स्थानमा पदमार्ग, झोलङ्गे पुल र अस्थायी साँघुमा क्षति पु¥याए पनि बजेट अभावले मर्मत गर्न नसकिएको हो । भदौको दोस्रो सातादेखि धौलागिरि आधार...

पर्यटकको आकर्षणस्थल कमलपोखरी संरक्षणको पर्खाइमा

२०७३ असोज १ गते १४:४७

पोखरा, १ असोज-पोखरा उपमहानगरपालिका– १३ कुँडहरस्थित विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी ताल स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षणस्थल बन्दै गएको छ । पोखराको मुख्य बजार क्षेत्रबाट अत्यन्त छोटो दुरीमा रहेको कमलपोखरीमा नागको बासस्थान रहेको प्राचीन जनविश्वास समेतले दृश्यावलोकनका साथै धार्मिक पर्यटक पनि आकर्षित बन्ने गरेका...

हवाई इन्धनको मूल्य घट्यो

२०७३ भदौ ३१ गते १७:०८

काठमाण्डु, ३१ भदौ-नजिकिएको चाडपर्वलाई ध्यानमा राखी नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य घटाएको छ । दसैँतिहार लगायत पर्वमा खासगरी पहाडी भेगमा सस्तो यात्रा होस् भन्ने उद्देश्यले हवाई इन्धनको मूल्य घटाइएको निगमका प्रवक्ता मुकुन्द खनालले राससलाई जानकारी दिए । उनका अनुसार हवाई इन्धनमा प्रतिलि पाँच...

६०० उद्योग अवैध

२०७३ भदौ ३१ गते १६:२४

म्याग्दी, ३१ भदौ– समयमै नवीकरण नगर्दा जिल्लाका ६५३ भन्दा बढी उद्योग र व्यावसायिक फार्म अवैध भएका छन् । नवीकरण गर्ने म्याद गुज्रिएका ६५३ वटा उद्योग र फार्मको जरिवाना तिरेरसमेत नवीकरण गर्न नसकिने अवस्थामा रहेका घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । म्याद...

नेपालको अर्थतन्त्र अझै जनताको हातमा आइसकेको छैन: अर्थमन्त्री

२०७३ भदौ ३१ गते १४:५१

काठमाण्डु, ३१ भदौ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको अर्थतन्त्रलाई सवल बनाउन आर्थिक पत्रकारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १७औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले मुलुकको अर्थतन्त्र नेपाल र नेपालीको हातमा ल्याउन अझै धेरै सङ्घर्ष गर्नुपर्नेमा जोड...

कार्यकाल तोक्ने व्यवस्था खारेज गर्न सुझाव

२०७३ भदौ ३१ गते १४:२१

काठमाण्डु, ३१ भदौ- व्यवस्थापिका–संसद्को अर्थसमितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक बारेमा सरोकरवाला पक्षसँग शुक्रबार सुझाव लिएको छ । समितिको शुक्रबारको बैठकमा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीसहित राष्ट्र बैंक र निजी क्षेत्रका बैंकका प्रमुख एवम् प्रतिनिधि उपस्थित भएर सुझाव...

सञ्चयकोषले वार्षिकोत्सव मनायो

२०७३ भदौ ३१ गते १३:२५

विराटनगर, ३१ भदौ-कर्मचारी सञ्चय कोषको ५५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विराटनगर शाखाले यहाँ शुक्रबार एक कार्यक्रमको आयोजना गरी मनाइयो । गत आर्थिक वर्षमा यस शाखामार्फत विभिन्न शीर्षकमा दुई अर्ब ६५ करोडको हाराहारीमा रकम वितरण गरेको छ भने सापटीबापत ६० करोड ३२ लाख असुली गरेको जानकारी...

मलेसिया जाने कामदारको प्रवेशाज्ञाको लागि राहदानी पठाउन रोक

२०७३ भदौ ३० गते १७:३०

काठमाण्डु, ३० भदौ-नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा रोजगारीका लागि जाने कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्य भइरहेको भन्दै सो कार्य नरोकिएसम्म सो देशमा जाने कामदारको प्रवेशाज्ञाका लागि राहदानी पठाउन रोक लगाएको छ । वान स्टेप सेन्टर (ओएससी) नामक संस्था खडा गरी कामदारको...

चुनौतीको चाङमा प्राधिकरणका नवनियुक्त कार्यकारी

२०७३ भदौ ३० गते १६:२०

काठमाण्डु, ३० भदौ-बर्सेनि घाटाको व्यापार गर्दै आएको नेपाल विद्युत् प्राधिकरणलाई सुधार गरेर व्यवसायी र प्रतिस्पर्धी संस्थाको रुपमा अगाडि बढाउनु नवनियुक्त कार्यकारी प्रमुख कुलमान घिसिङको प्रमुख चुनौती रहेको छ । सरकारले बुधबार मात्रै प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा प्राधिकरणकै निर्देशक घिसिङलाई नियुक्त गरेको छ । कार्यक्षमतामा...

डिस होमले ल्यायो दशैं–तिहारको अवसरमा नयाँ उपहार योजना

२०७३ भदौ ३० गते १५:३६

काठमाण्डु, ३० भदौ– नेपालको एक मात्र स्याटेलाइट प्रविधिमाआधारित डिटीएच सेवाप्रदायक, डिसहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेरे नयाँ उपहार योजना ल्याएको छ । सो कम्पनीले दशैं तथा तिहार हर्षोल्लासका साथ मनाउने उद्देश्यका साथ उपभोक्ताहरु माझ ‘यो उत्सव डिस होमले बन्छ महाउत्सव’ नामक...

सरकारले दाता नपुगेका जिल्लामा पुनःनिर्माण गर्न १ अर्ब छुट्टायो

२०७३ भदौ ३० गते १५:०९

काठमाण्डु, ३० भदौ-गत वर्षको भूकम्पका कारण भत्किएका र क्षति भएका केही जिल्लाका स्वास्थ्य संस्थाको पुनःनिर्माण अझै सुरु हुन सकेको छैन । भूकम्पबाट अति प्रभावित रामेछाप, ओखलढुङ्गा, मकवानपुर, सिन्धुलीमा पुनःनिर्माण पुनःस्थापनाका लागि सहयोगी संस्था नआउँदा सरकार आफैँले पुनःनिर्माण थाल्ने भएको छ । ती जिल्लाका २००...

करिब ५ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्

२०७३ भदौ ३० गते १४:२१

काठमाण्डु, ३० भदौ-यस आवमा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । निजामती किताब खानामा चार हजार ८४८ निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको किताबखानाका निर्देशक राजेन्द्रप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार ८२ हजार ४२१ निजामती कर्मचारीमध्ये ७७ हजार ५७३ कर्मचारीले कर्मचारीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us