रामपुर (पाल्पा),११ कात्तिक- तानसेन बहुमुखी क्याम्पस पाल्पामा सञ्चालन भएको श्रीमद् भागवत ज्ञान महायज्ञमा ८३ लाख बराबरको दान रकम सङ्कलन भएको छ । प्राविधिक विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले सञ्चालन भएको महायज्ञमा बुधबार मात्रै १९ लाख बराबरको दान रकम सङ्कलन भएको क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले बताए...
काठमाण्डु, ११ कात्तिक-काठमाण्डुको मुख्य व्यापारिक केन्द्र मानिने नयाँसडकमा एकै समयमा ४०० गाडी अट्ने स्वचालित कार पार्किङ बन्ने भएको छ । व्यापारिक केन्द्र नयाँसडक क्षेत्रको भीड तथा पार्किङको समस्यालाई दृष्टिगत गर्दै यस प्रकारको पार्किङ बनाउन लागिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार...
जुम्ला, ११ कात्तिक– साना जलविद्युत् घुघुती जुम्लाको पुनःनिर्माणका लागि भारतीय दूतावासले दुई करोड ६३ लाख सहयोग गर्ने भएको छ । विसं २०४० मा ५०० घरधुरीका जीर्ण विद्युत्को क्षमता अभिवृद्धिका लागि दूतावासले यो सहयोग गर्ने भएको हो । ३३ वर्षअघि ५०० उपभोक्ताका लागि निर्माण...
बनेपा, १० कात्तिक– धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । क्षेत्रीय होटेल एसोसिएसन (हान) धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाण्डु आएका आधिकांश बाह्य पर्यटक यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो छ । ‘होटेलले आन्तरिक र विदेशी...
नवलपरासी, ९ कात्तिक-आगामी मङ्सिर २३ गतेदेखि पुस ३ गतेसम्म तेस्रो पश्चिमाञ्चलस्तरीय औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको आयोजनामा ‘शान्ति, समृद्ध उद्योग व्यापार, राष्ट्र निर्माणको बलियो आधार’ नाराका साथ जिल्लाको सुनवलमा मेला आयोजना गर्न लागिएको हो । मेला कृषि,...
काठमाण्डु, ९ कत्तिक– दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कानुनी मापदण्ड पूरा गरेर विगत पाँच वर्ष अघिदेखि रोकिएको लाभांश लगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा विद्यमान कानुनी प्रक्रिया पूरा गरी आर्थिक वर्ष २०६८÷६९ को आठ अर्ब...
भीमदत्तनगर, ९ कात्तिक-नियमित लेखापरीक्षण र कारोबार विवरण नपठाउने तथा ऐन नियम पालना नगर्ने यहाँका १२ वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको छ । डिभिजन सहकारी कार्यालय कञ्चनपुरले गत आवमा कञ्चनपुरका सात र डडेल्धुराका पाँचवटा सहकारी खारेज गरेको हो । नियमित लेखापरीक्षण नगर्ने तथा कारोबार...
काठमाण्डु, ९ कात्तिक-मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसँग भेटी कर्णालीमा स्थल यातायातको विस्तार र भौतिक पूर्वाधार जुटाउन ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षणमा कर्णाली भेगका जनताको कठिनाइलाई मध्यनजर गरी खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा अनुदान दिनुपर्ने, राष्ट्रिय राजमार्गलाई...
भक्तपुर, ९ कात्तिक-दोस्रो महान् चाड तिहार नजिकिएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई यतिखेर भ्याइनभ्याई छ । मागअनुसारको पाला बनाउन भक्तपुरको बोलाछे, तालाको, च्यामासिंह, जगाते, सूर्यविनायक, कमलविनायक, थिमिको नगदेश, बोडे, चपाचो, पाँचोलगायतका क्षेत्रका प्रजापतिलाई भ्याइनभ्याई भएको हो । माटोको अभाव हुने, तिहारमा मात्रै...
जाजरकोट, ९ कात्तिक– यहाँको पूर्वी क्षेत्रको सक्ला र खगेनकोट गाविसमा निर्माण हुने नलगाड जलविद्युत् आयोजनाको निरीक्षण गरिएको छ । ऊर्जा मन्त्रालयका सचिव अरुणकुमार उपाध्याय, आयोजनाका कार्यकारी निर्देशक मोती कुँवर, नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडी, स्मेक कन्सलटेन्सीका माइकल...
काठमाण्डु, ८ कात्तिक-भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले कर्णालीका सबै जिल्लालाई सडक यातायातले जोड्ने कार्य प्राथमिकतामा रहेको बताएका छन् । मानवअधिकार तथा शान्ति समाजका प्रतिनिधिसँगको छलफलमा मन्त्री लेखकले त्यहाँको उत्तर तथा दक्षिण क्षेत्रलाई जोड्ने गरी सडक सञ्जाल विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे । समाजका...
काठमाण्डु, ८ कात्तिक- कृषि विकास मन्त्रालयले ‘राष्ट्रिय किसान आयोग’ गठनको तयारी थालेको छ । मन्त्रालयले राष्ट्रिय किसान आयोग तथा कार्य सञ्चालन आदेश–२०७३ को मस्यौदा तयार गरी कार्यान्वयनका लागि गृहकार्य गरिरहेको छ । उक्त मस्यौदामा किसानको हक, हित तथा अधिकारलाई संरक्षणका साथै कृषि क्षेत्रको प्रवद्र्धनका...