इलाम, १५ कात्तिक-चियापछिको अर्को मुख्य नगदेबालीको रूपमा रहेको अलैँचीले यहाँ बजार लिन थालेसँगै मूल्य भने निरन्तर ओरालो लाग्न थालेको छ । खोल्सीको ‘कालो सुन’ उपमाले समेत चिनिएको यो नगदेबालीको मूल्य अस्वाभाविक रूपमा घट्दै गएकाले किसान चिन्तित बनेका हुन् । बजारमा नयाँ अलैँची निस्किन थालेको...
पाल्पा, १५ कात्तिक– पाल्पा जिल्ला ग्रामीण क्षेत्रबाट ३० लाखभन्दा बढीको फूल, पात र बेहरा निर्यात भएको छ । जिल्लाका ग्रामीण क्षेत्रबाट रुपन्देही, नवलपरासी, स्याङ्जातर्फ फूल, पात र बेहरा, बुकीलगायत निर्यात भएको हो । तिहारको भाइटीकाका लागि जिल्लाका ग्रामीण भेगका किसानले उत्पादन गरेका सयपत्री, मखमली,...
जाजरकोट, १४ कात्तिक– सक्ला गाविस–१ सेपुखोलामा शेरबहादुर नेपालीले आफ्नै लगानीमा बिजुली उत्पादन गरी गाउँ झिलिमिली बनाएका छन् । करिब ५० भन्दा बढी घरधुरीमा विद्युत् सेवा सुचारु भएपछि गाउँ नै झिलिमिली भएको हो । स्थानीय पानी घट्टबाट डाइनामा जडान गरी विद्युत् उत्पादन गरिएको लगानीकर्ता...
चितवन, १३ कात्तिक-भूकम्प र नाकाबन्दीका कारण गतवर्ष निकै प्रभावित बनेको चितवन राष्ट्रिय निकुञ्ज भित्रिने पर्यटकको सङ्ख्या यस वर्ष भने सन्तोषजनक देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार असोज महिनामा सात हजार २६४ विदेशीसहित १० हजार १०८ पर्यटक निकुञ्ज भित्रिएका छन् । जसमध्ये ८३६ सार्क...
काठमाण्डु, १४ कात्तिक-प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादन हुने गरेपनि यस वर्षको तिहारका लागि गत वर्षभन्दा ५० हजार बढी फूलको माला आयात गरिएको छ । अघिल्लो वर्ष एक लाख ५० हजार माला आयात गरिएको थियो । यसवर्ष तिहारमा भारतबाट ६० लाख मूल्य...
इटहरी, १३ असोज- भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानी जोगबनी नाकादेखि धरानसम्मको ५० किलोमिटर व्यापारिक मार्ग छ लेनको विस्तार गर्ने योजना रहे पनि सो सम्भावना न्यून हुँदै गएको छ । जोगबनी विराटनगर पहडगाछलगायतका क्षेत्रमा छ लेनको सडक हुने आयोजनाले भन्दै आए...
काठमाण्डु, १३ कात्तिक-गत साता ९ अङ्कले घटेको नेप्से यस साताको अन्तिम दिन २३ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२ दशमलव ६८ अङकले घटेर अन्तिम दिन एक हजार ७५९ दशमलव ७१ अङ्कमा पुगेको छ ।...
फलेवास, १३ कात्तिक- किसानलाई यसै वर्ष निवृत्तिभरण दिइने र प्रधानमन्त्री कृषि परियोजना लागू गरिने भएको छ । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले जिल्ला कृषि विकास कार्यालयमा जडित सिसी क्यामेरा शुक्रबार उद्घाटन गर्दै कृषिमा नीतिगत रुपमा सीमान्तकृत समुदायलाई पहुँच प¥याउने खालका कार्यक्रम सञ्चालन गरिने बताए ।...
काठमाण्डु, १२ कात्तिक-दशौँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनीमा २५ लाख रुपैयाँको कारोबार भएको छ । कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपालले यही १० गतेदखि जावलाखेलको फुटबल मैदानमा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु भएको प्रदर्शनीमा शुक्रबारसम्म २५ लाखको कारोबार...
भद्रपुर, १२ कात्तिक-वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले वन्यजन्तुको आक्रमणबाट मर्ने परिवारलाई राहत स्वरुप सरकारले १० लाख दिने तयारी गरिरहेको बताएका छन् । जिल्ला वन कार्यालय झापाको शुक्रबार निरीक्षणपछि आयोजित कार्यक्रममा उनले वन क्षेत्रमा हुने अनियमिततामा संलग्न हुने जो कोहिलाई पनि कारवाही गर्ने प्रतिबद्धता व्यक्त...
पाल्पा, १२ कात्तिक- बारा निजगढका धिरज अधिकारीले पसलबाट बुबालाई ढाकाटोपी तथा आमा र दिदीलाई चोलीका लागि ढाका कपडा कोसेली किने । उनी मात्र होइन पाल्पा भम्रणमा आउने अधिकांश पर्यटकले ढाकाका कपडा लिएर मात्र फर्किने गरेका छन् । तिहारमा दाजुभाइलाई पाल्पाली ढाकाको टोपी लगाइदिने र...
ब्रसेल्स (बेल्जियम), ११ कात्तिक यूरोपिएन यूनियन (इयु) र क्यानडाबीच बिहीबार गरिने भएको व्यापार सम्झौता यस विषयमा इयू अन्र्तगतका केही सदस्य राष्ट्र टुङ्गोमा पुग्न नसक्दा स्थगित भएको छ । इयू सदस्य राष्ट्र बेलिजयमलगायतका सदस्यले क्यानाडाले बताएअनुसार व्यापार सम्झौता गरिनु सम्भव नभएको मत व्यक्त गरेपछि सम्झौताको...