काठमाण्डु, १९ कात्तिक-जापान सरकारले चितवन जिल्लामा विपद् जोखिम न्यूनीकरण परियोजना कार्यान्वयन गर्न दुई करोड ४५ लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चितवनको मादी नगरपालिका र लोथर गाविसमा बाढी नियन्त्रणका लागि जापानले उक्त रकम उपलब्ध गराउन लागेको हो । यहाँस्थित जापानी राजदूतावासमा शुक्रबार...
काठमाण्डु, १९ कात्तिक-पर्यटकीय क्षेत्र चम्पादेवी डाँडामा पर्यटकको चहलपहल बाक्लिएको छ । चम्पादेवी मन्दिरको पुनःनिर्माण भई पार्क निर्माणको काम सुरु भएसँगै त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । हिमाल र महाभारत पर्वतको रमणीय दृश्यावलोकनका लागि उपयुक्त मौसम भएकाले पनि अहिले चम्पादेवीमा पर्यटक बढेका हुन्...
लहान, १९ कात्ति-छठ पर्वका अवसरमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठ पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङलो, कोनियाँ र माटाको भाँडाकुडालगायत समानको मूल्य झन्डै तीनगुना बढेको छ ।...
काठमाण्डु, १९ कात्तिक– औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ‘एक प्रदेश एक औद्यौगिक क्षेत्र’ निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ । मुलुकमा औद्योगिक विकास गर्ने उद्दश्यले उपयुक्त स्थानको पहिचानका लागि अध्ययन थालिएको हो । प्रदेश नं २ अन्तर्गत सर्लाहीको मूर्तिया क्षेत्र, प्रदेश नं...
काठमाण्डु, १८ कात्तिक– जलविद्युत् गृह निर्माणका लागि उपकरण आपूर्ति गर्ने अन्तर्राष्ट्रिय साझेदार कम्पनी आन्द्रिज हाइड्रोले नेपालमा कार्यालय विस्तार गर्ने उद्देश्यले पहिलो पटक ग्राहक दिवस‘कस्टमर डे’ मनाएको छ । ‘हाइड्रोपावर सोलुसन फर नेपाल’ नाम दिइएकोे उक्त कार्यक्रमको यहाँ आज आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर...
पोखरा, १७ कात्तिक-कास्कीको सिल्दुजुरे गाविस– ९ बाहुन डाँडामा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाले कात्तिकको अन्तिमतिर परीक्षण उत्पादन गर्ने भएको छ । मादी खोलावाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजना निर्माणको ९९ प्रतिशत काम सकिएकाले परीक्षण उत्पादनको तयारीमा लागेको आयोजनाका संयोजक राजकुमार बरालले जानकारी दिए...
गोरखा, १७ कात्तिक– भूकम्पले घर भत्केपछि १८ महिना टहरोमा सकसपूर्ण बस्नुभएका गोरखाको सिम्जुङ– ४ का शिवजी दवाडीलाई यसपालीको चिसो नबढ्दै नयाँ घर बनाउने चाहना बिद्युत र मोटरबाटोका कारण पुरा नहुने चिन्ताले सताएको छ । सिम्जुङ हुँदै घ्याच्चोक पुग्ने सडक आँगन छेउबाटै गएपनि...
दाङ, १६ कात्तिक-ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले आव २०७३/७४ को कात्तिक १५ गतेसम्ममा दस लाख १२ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक देवबहादुर केसीका अनुसार उक्त अवधिमा एक हजार ८०० सवारी साधनका चालकलाई कारबाही गरी सो राजस्व सङ्कलन गरिएको हो...
खजुरा,१६ कात्तिक- आर्थिक वर्ष २०७३/७४ को तीन महिनामा जिल्लामा एक सय ७९ उद्योग दर्ता भएका छन् । चालु आवको साउन, भदौ र असोजमा यी उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कमलप्रसाद घिमिरेले जानकारी दिए । दर्ता भएका उद्योगमा उर्जा, होटल,...
काठमाण्डु, १५ कात्तिक- गुणस्तरीय खाद्य सामग्री उपभोग गर्ने उपभोक्ताको अधिकारको रक्षार्थ आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तिहारका समयमा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । विभागको निर्देशनानुसार दुई अनुगमन टोलीले तिहारका प्रत्येक दिन बजारको अनुगमन गरिरहेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले...
पाल्पा, १५ कात्तिक-विद्युतको उपभोग बढेसंगै जिल्लाका सहरी तथा ग्रामीण भेगका बासिन्दा झिलीमिली बत्तीले घर, मठमन्दिर तथा होटल सजाउन थालेका छन् । झिलिमिली गराउनेको सङ्ख्या बढेसँगै विद्युतीय बत्तीको कारोबार पनि फस्टाएको छ । विशेषतः तिहारको समयमा विद्युतीय बत्तीको प्रयोग गरी उज्यालो रात बनाउँदा विद्युत् खपत...
चितवन, १५ कात्तिक- आ‘ है भन भाइबहिनी हो, सहकारी । आ‘ है आगामी दिनमा, सहकारी । आ‘ है एकएक जनालाई, सहकारी । आ‘ है सहकारीमा, सहकारी । आ‘ है भित्र्याउनुहोला, सहकारी । भरतपुरका समाजसेवी शिव अधिकारीले भट्याउन के थालेका थिए, महिला दिदीबहिनी जुरुक्क...