काठमाण्डु, २५ कात्तिक-नेपाल पर्यटन बोर्डले घुमफिर वर्षलाई मध्यनजर गरी नयाँ पर्यटकीय प्याकेज तयार गरेको छ । निजी पर्यटन व्यवसायीको छाता सङ्गठनसँगको साझेदारीमा बोर्डले पूर्वदेखि पश्चिमसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई समेटेर प्याकेज तयार गरेको हो । नेपालीलाई घुम्न सजिलो होस् र आन्तरिक पर्यटक बढुन् भन्ने उद्देश्यले...
नेपालगन्ज, २५ कात्तिक-भारत सरकारले गत मङ्गलबार रातिदेखि चलन चल्तीमा रहेको भारु ५०० र एक हजारको नोटमा रोक लगाएपछि नेपालगन्जका व्यापारी र सर्वसाधारणपनि प्रभावित भएका छन् । विशेषतः भारतमा रोजगार गरी कमाएर ल्याएको भारु ५०० र एक हजारको नोट भएकाहरु भारत सरकारको यो निर्णयबाट स्तब्ध...
पोखरा, २५ कात्तिक– पोखराको पृथ्वीचोकमा रहेको हङकङबजारमा गएराति आगलागी हुँदा लगभग पाँच करोडभन्दा बढीको क्षति भएको छ । राति १० बजेको समयमा अचानक भएको आगलागीबाट बजारभित्र रहेका ३० वटा पसलमा रहेका भाँडा, कस्मेटिक सामान, इलेक्ट्रोनिकलगायत विभिन्न सामग्री जलेर नष्ट हुँदा सो क्षति...
सोलुखुम्बु, २४ कात्तिक– सगरमाथा क्षेत्रको भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष सगरमाथा क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । अक्टोबरमा पर्यटकको सङ्ख्यामा गत वर्षको तुलनामा तीन हजार ८९० जनाले वृद्धि भएको छ ।...
काठमाण्डु, २३ कात्तिक-धितोपत्र बजारमा मंगलबार पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक मंगलबार २४.६३ अङ्कले घटेर एक हजार ७२४ बिन्दुमा आइपुगेको छ । सबै समूहको सेयरमा कमी आएपछि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो ।...
काठमाण्डु, २३ कात्तिक-मङसिर ९ गतेदेखि १३ गतेसम्म तेस्रो राष्ट्रिय मत्स्य महोत्सव तथा परिकार प्रतियोगिता काठमाण्डुको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा ‘स्वदेशी माछा खाऔं, स्वस्थ्य रहौं’ अभियानकासाथ उक्त महोत्सवको आयोजना हुन गइरहेको छ । मंगलबार आयोजित पत्रकार...
काठमाण्डु, २३ कात्तिक-सरकारले यस वर्षको सात महिनामा विभिन्न १९ वटा जलविद्युत् आयोजनालाई उत्पादनको अनुमति प्रदान गरेको छ । ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विकास विभागले तत्काल निर्माण प्रक्रिया सुरु गर्न आग्रह गर्दै ८४८ मेगावाट क्षमताका ती आयोजनालाई उत्पादनको अनुमति दिएको हो । अनुमति पाउने...
काठमाण्डु, २३ कात्तिक-उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग मंगलबार छलफल प्रारम्भ गरेका छन् । विकास खर्चको समयावधि तोकेर सो सम्बन्धमा यथार्थ जानकारी लिने क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित विभाग तथा आयोजना प्रमुखसँग जानकारी...
काठमाण्डु, २३ कात्तिक-साझा प्रकाशनले एक दशकपछि लेखापरीक्षण सम्पन्न गरी आगामी तीन महिनाभित्र सार्वजनिक गर्ने भएको छ । प्रकाशनले आव २०६२/६३ देखि २०७२/७३ सम्मको लेखापरीक्षण पूरा गरी तीन महिनाभित्र सार्वजनिक गर्ने तयारी गरेको हो । हाल विभिन्न १५ शाखा कार्यालय र बिक्री केन्द्रको आन्तरिक लेखा...
कांकडभिट्टा, २३ कात्तिक-दुई वर्षदेखि किसानले उत्पादन गरेको करिब दस हजार मेट्रिक टन सुपारी गोदाममै थन्किएको छ । जिल्लामा उत्पादित सुपारीको माग बङ्गलादेशमा भएपनि सरकारले निर्यात खुला नगरिदिँदा लाखौँ रुपैयाँको सुपारी बुधबारेस्थित गोदामै सड्न थालेको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले जानकारी दिए...
भद्रपुर, २३ कात्तिक-आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको तीन महिनामा कूल ३७ करोड ९२ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले ३३ करोड छ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा चार करोड ८६ लाख लक्ष्य भन्दा बढी राजस्व...
काठमाण्डु, २२ कात्तिक-राष्ट्रिय सहकारी सङ्घ लिमिटेडका अध्यक्ष केशवप्रसाद बडाल अन्तर्राष्ट्रिय सहकारी एलायन्स, एसिया प्रशान्त क्षेत्र बोर्ड सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । एघार सदस्यीय पदका लागि हुने निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अन्तिम मितिसम्म ११ जनाको मात्र उम्मेदवारी परेपछि बडाल निर्विरोध हुनुभएका राष्ट्रिय सहकारी...