बेनी, ३० कात्तिक-भेटी र दानबाट सङ्कलित रकमको सही व्यवस्थापन र पारदर्र्शीता अपनाउन सकियो भने करोडौका पूर्वाधार निर्माण गर्न सहज हुने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको छ । मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाममा २०६७ साल पछि भक्तजनले चढाएको भेटी, महायज्ञबाट सङ्कलन भएको...
काठमाण्डु, ३० कात्तिक– सरकारले निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक १९ हजार ५०० कार्यान्वयन भए÷नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले मङ्सिर पहिलो सातादेखि अनुगमन सुरू गर्ने भएको छ । समितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले नयाँ न्यूनतम पारिश्रमिक साउन...
कैलाली, २९ कात्तिक-कृषिमन्त्री गौरीशङ्कर चौधरीले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’मार्फत ७५ वटै जिल्लामा ‘सुपर जोन’ कार्यक्रम अघि बढेको बताएका छन् । पब्लिक मिडिया क्लबद्वारा सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले सुपर जोन कार्यकमका लागि दशवर्षीय कार्यनीति तय भएको र यसका लागि एक खर्ब ३० अर्ब...
म्याग्दी, २९ कात्तिक– महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा म्याग्दीबाट काठमाण्डुमा बसोबास गरेकाले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले एक लाख आर्थिक सहयोग गरेको छ । काठमाण्डुमा सम्पन्न सहकारीको नवौँ वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले अभियन्ता...
म्याग्दी, २९ कात्तिक– नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पिप्ले गाविसमा निर्माण गर्न लागेको राहुघाट जलविद्युत् आयोजनामा स्थानीयलाई लगानीको अवसर सिर्जना गरिने भएको छ । सिभिल निर्माणको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी आइभीआरसिएलसँग सम्झौता तोडेपछि नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेडमा आयोजनालाई अघि बढाउने निर्णय...
काठमाण्डु, २८ कात्तिक– विसं २०७५ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ‘बलेफी ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको सो आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चारवटा बैंकको सहवित्तीयकरणमा चार अर्ब २५ करोड लगानी...
काठमाण्डु, २८ कात्तिक-नेकपा माओवादीको बन्दको कारण सवारी साधन सामान्य रुपमा चलेपनि धितोपत्र बजारमा भने त्यसले आइतबार कुनै प्रभाव नपारेको पाइएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक आइतबार भने २.८३ अङ्कले बढेर एक हजार ७०० बिन्दुमा पुगेको छ । गत...
काडमाण्डु, २८ कात्तिक-लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले प्रतिनिधि नपठाउँदा अन्योलमा परेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले भने अब गति लिने भएको छ । सरकारले प्रसारण लाइन निर्माण कार्यलाई गति दिने लक्ष्यका साथ स्थापित राष्ट्रिय ग्रीड कम्पनीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने तयारी अनुसार प्रमुख कार्यकारी अधिकृतको...
धनगढी, २८ कात्तिक- सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । कार्पोरेशनको यहाँ स्थित क्षेत्रीय कार्यालयका प्रमुख तथा सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले सुदूरपश्चिममा रहेका कर्पोरेसनका डिपो र बिक्री केन्द्रमा सात महिनाको मागलाई धान्ने परिमाणको एक...
पोखरा, २८ कात्तिक-उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग धन्दाको विकास गरी युवालाई रोजगारी प्रदान गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । आइतबार पत्रकारहरुसँग भएको भेटघाटमा उनले देशमा उद्योग व्यवसायको अभावका कारण रोजगारीको खोजीमा युवा विदेशिनुपरेको बाध्यात्मक अवस्था अन्त्य गर्न उद्योग स्थापना गरेर उनीहरूलाई स्वदेशमा नै...
चितवन, २८ कात्तिक– भारतमा बर्डफ्लु देखिएसँगै यहाँका कुखुरा व्यवसायीले जैविक सुरक्षामा विशेष सतर्कता अपनाउन थालेका छन् । देशकै सबैभन्दा धेरै पोल्ट्रीजन्य उत्पादन हुने चितवनमा किसान र व्यवसायीले अपनाउँदै आएको जैविक सुरक्षामा विशेष कडाइ गर्न थालेका हुन् । सन्तुलित फिड्स प्रालिका प्रबन्ध निर्देशक त्रिलोचन कँडेलले...
कलैया, २७ कात्तिक-बारा जिल्ला खाद्यान्न उत्पादनमा आत्मनिर्भर भएको छ । जिल्लामा गत बर्ष कुल दुई लाख ४८ हजार ७७७ मेट्रिकटन खाद्यान्न उत्पादन भएको थियो । तीमध्ये कुल एक लाख ३१ हजार ७९४ मेट्रिकटन मात्र खाद्यान्न आन्तरिक खपत भएको थियो । जिल्लाको कुल जनसङ्ख्या छ...