अर्थ

अप्पर सोलुखोला जलविद्युत् आयोजनाः चालीस प्रतिशत निर्माण सम्पन्न

२०७३ फागुन १५ गते १५:४३

काठमाण्डु, १५ फागुन–सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य भएको छ । अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । ऊर्जा मन्त्रालयले सन् २०१० मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो...

कपाल काटेर मासिक रु दुई लाखभन्दा बढी आम्दानी

२०७३ फागुन १५ गते १५:१९

काठमाण्डु, १५ फागुन–सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थालेका थिए। खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना बगाए पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि घरमै फर्केर सैलुन व्यवसाय...

‘माटो बेचेर डलर’ कमाउन घरेलु प्रदर्शन

२०७३ फागुन १५ गते १५:०६

काठमाण्डु, १५ फागुन–घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा माटो बेचेर डलर कमाउने उद्देश्यका साथ घरेलु सामग्री प्रदर्शन गरिएको छ । समितिका पूर्वकार्यकारी निर्देशक निलम ताम्राकारले ‘माटोबाट डलर’ कमाउने उद्देश्यका साथ माटोबाट बनेका साम्रगीको स्टल राख्नुभएको हो...

पशु बिमाबाट करिव नौ करोड उठ्यो

२०७३ फागुन १५ गते १३:३५

काठमाण्डु, १५ फागुन–पशुको बिमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब चार हजार पशुको बिमा गरिएको छ । पशु पालनमा किसानको आकर्षण बढ्दै गएको र माघ...

हकप्रद सेयर जारी गर्दै सानिमा

२०७३ फागुन १४ गते १९:४७

काठमाण्डु, १४ फागुन– सानिमा माई हाइड्रोपावर लिमिटेडले महत्वपूर्ण दुई जलविद्युत् आयोजना निर्माणका लागि एक अर्ब बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासनका लागि सानिमाले धितोपत्र बोर्डमा निवेदनसमेत दर्ता गरिसकेको छ । कुल ८२ मेगावाट क्षमताका दुई आयोजना अगाडि बढाउन हकप्रद सेयर...

साताको नेप्से ३२ अङ्कले घट्यो

२०७३ फागुन १४ गते १६:२३

काठमाण्डु, १४ फागुन -साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१ दशमलव ८९ अङ्कले घटेको छ । गतसाता ९१ दशमलव ३५ अङ्कले बढेको थियो । यो साताको अन्तिम दिन परिसूचक एक हजार ३३७ दशमलव ४६ अङक्मा पुगेको छ ।   यस साता नेपाल स्टक एक्सचेन्जमा...

बुद्ध मूर्ति निर्माणका लागि एक करोड १८ लाख सङ्कलन

२०७३ फागुन १४ गते १६:१७

काठमाण्डु, १४ फागुन -पोखरा उपमहानगरपालिका–२१ काहुँकोटमा निर्माण गर्न लागेको यशोधरा वाटिका एवम् विश्वकै अग्लो बुद्ध मुर्तिका लागि एक सय ८९ रोपनी जग्गा र रु एक करोड १८ लाख नगद सङ्कलन भएको छ । धर्मकाया बुद्ध मण्डला विकास एवम् व्यवस्थापन समितिद्धारा आज काहुँकोटमा आयोजित बुद्ध...

व्यावसायिक च्याउखेतीतर्फ महिला आकर्षित

२०७३ फागुन १४ गते १६:०२

काठमाण्डु, १४ फागुन–मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह बनाएर काम गर्नै समस्या परेको पथरी शनिश्चरे– १२ की...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण सुरु

२०७३ फागुन १४ गते ११:००

गोरखा, १४ फागुन – बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ । लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त यस आयोजनाले गति लिन...

मुसहर बस्तीमा सर्वोच्च अदालतका कर्मचारीको ७० हजार सहयोग (भिडियोसहित)

२०७३ फागुन १२ गते १६:२८

काठमाण्डु, १२ फागुन–धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी सर्वोच्च अदालत काठमाण्डुका कर्मचारीहरुले ७० हजार ३ सय ९० रुपैया नगद सहयोग गरेका छन् । फाउण्डेशनको दुरदर्शिता काम प्रति आकर्षित भएको भन्दै अदालतका कर्मचारीहरुले उक्त सहयोग गरेका हुन् । धुर्मुस सुन्तली...

एक करोड ७६ लाखको लागतमा इप्रका भवन

२०७३ फागुन १२ गते १५:१०

काठमाण्डु, १२ फागुन–प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले इलाका प्रहरी कार्यालय, धुलाबारी झापाको नवनिर्मित भवनको आज एक समारोहबीच उद्घाटन गरे । नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय शान्तिकोषको रु एक करोड ७२ लाख ८४ हजार २४० र स्थानीयवासीको सहयोग गरी कुल रु एक करोड ७६...

अटोलोनमा कडाइसम्बन्धी नीति फिर्ता गर्न नाडाको माग

२०७३ फागुन १२ गते १२:४८

काठमाण्डु, १२ फागुन–नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यवस्था गरेको अटोलोनमा कडाइसम्बन्धी नीति पुनर्विचार गर्न सवारी साधनका डिलर तथा विक्रेताहरूले आग्रह गरेका छन् । राष्ट्र बैंकले गाडीमा कुल मूल्यांकनको ५० प्रतिशत मात्रै बैंकले कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेपछि नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us