काठमाण्डु, १९ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्व कायम हुनै लागेकाले अब ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । राजधानीमा आजदेखि सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक संक्रमण टुंगिन लागेकाले लगानीकर्ताले विश्वस्त भएर लगानी गर्न सक्ने दावी गरे । सम्मेलनमा...
काठमाण्डु, १९ फागुन–उद्योगमन्त्री नविन्द्रराज जोशीले १० वर्षभित्रै नेपाली युवा वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यात्मक अवस्था हट्ने बताएका छन् । राजधानीमा बिहीबारदेखि सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री जोशीले नेपालमै लगानीको वातावरण बनेकाले स्देशमै स्वरोजगार हुने र रोजगार पाइने अवस्था बन्दै गएको बताए ।...
काठमाण्डु, १८ फागुन–सदरमुकाम खलंगा जोड्ने दार्चुला–तिंकर सडक खण्डमा कालोसूचीमा परेको जगदम्बा बिल्डर्स प्रालिलाई नागरिक उड्डयन प्राधिकरणले बैतडीमा विमानस्थल निमार्णका लागि छनोट गरेको छ । प्राधिकरणको एरोड्रम इन्जिनियरिङ विभागले यस कम्पनीको पृष्ठभूमि नहेरी छनोट गरेको हो । योसहित अन्य तीन वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री तथा...
काठमाण्डु, १८ फागुन–वीर अस्पतालको आइसियुलाई सुविधा सम्पन्न गर्न बनाउन योगी पाइलट बाबाले दुई करोड रुपैयाँ सहयोग प्रदान गरेका छन् । पाइलट बाबाले मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा यो वर्ष एक करोड प्रदान गर्ने जानकारी दिएका हुन्। गत वर्षको भूकम्पपछि नेपाल आएका पाइलट बाबाले एक करोड...
काठमाण्डु, १७ फागुन–घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८औँ राष्ट्रिय वस्तु तथा प्रविधि प्रदर्शनी आज सकिएको छ । ‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ नाराका साथ यही फागुन १२ गतेबाट सुरु भएको उक्त प्रदर्शनीमा रु पाँच करोडभन्दा बढीको कारोबार...
काठमाण्डु, १७ फागुन– हिस्तान र राम्चेमा रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले राष्ट्रिय आविष्कार केन्द्रलाई करिब रु पाँच लाख सहयोग गरेका छन् । म्यागेसेसे पुरस्कार विजेता महावीर पुनको अगुवाइमा स्थापना हुन लागेको र केन्द्रलाई रु चार लाख ९८ हजार १०८ उपलब्ध गराइएको...
काठमाण्डु, १७ फागुन– गुल्मीको एक निम्न माध्यमिक विद्यालयले सञ्चालन गरेको महोत्सवमा विद्यालयका लागि राम्रो आर्थिक सहयोग जुटाएको छ । जोहाङ गाविस–५ रितौदीमा रहेको ज्ञानोदय निमाविको लागि हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र सङ्घ संस्थालगायतबाट गरी महोत्सवको पहिलो दिनसम्म रु ७५ लाखभन्दा बढी...
काठमाण्डु, १६ फागुन–त्रिशूलीस्थित राममन्दिर पुनःनिमाणका लागि स्थानीयवासीले रु ६५ लाख जुटाएका छन् । भूकम्पले भत्काएको मन्दिर दुई वर्ष पुग्न लाग्दा पनि सरकारी निकायबाट पुनःनिर्माणमा चासो नदिइएका कारण स्थानीयवासीले ‘रामचरित्र मानस’ वाचन गरेर रकम जुटाएका हुन् । रामचरित्र मानस कथा वाचन कार्यक्रमको आयव्यय सार्वजनिक गर्दै...
काठमाण्डु, १६ फागुन–बैंक एवम् वित्तीय संस्थाले ऋण नदिएपछि यहाँ निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित हुन थालेको छ । घर जग्गा र अन्य कुनै पनि शीर्षकमा बैंकले सहजै ऋण दिएका छैनन् । कतिपयले महँगो ब्याजदरमा बैंक र सहकारीबाट ऋण लिएर आफ्नो गर्जो टारिरहेका छन् ।...
काठमाण्डु, १६ फागुन–रुचिकै कारण अठतीस वर्षका एक कानुन व्यवसायी गाईपालनतर्फ आकर्षित भएका छन् । कानुन व्यवसयसंगै काठमाडौँमा आठ वर्षसम्म एनजिओको जागिरे समेत हुनुभएका रवि श्रेष्ठले व्यावसायिक कृषक बन्ने चाहनाले नै दहचोकमा कुखुरापालन, बाख्रापालन, गाईपालन र तरकारीखेती समेत गर्दै आएका थिए । यसबाट सन्तुष्ठ नभएपछि...
काठमाण्डु, १६ फागुन–यहाँको एक विद्यालयले गाउँलेबाट चन्दा सङ्कलन गरेर शिक्षकलाई तलब दिने गरेको छ । दाङको तुलसीपुर नगरपालिका–७ मा रहेको आधारभुक्त विद्यालय, प्रतावकोटले विद्यालयमा दरवन्दीअनुसारका शिक्षक नहुँदा निजी स्रोतबाट शिक्षकलाई व्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक फस्टबहादुर रानाले बताए । विद्यालयमा ६ जना विद्यालयले निजी स्रोतमा...
काठमाण्डु, १६ फागुन–यस क्षेत्रका साहित्यकार मनिराज जोशीको परिवारले रु १० लाख राशिको ‘मनिराज वाङ्मय अक्षय कोष’ स्थापना गरी साहित्यिक पुरस्कारको घोषणा गरेका छन् । यहाँ आइतबार आयोजित साहित्यिक कार्यक्रममा साहित्यकार जोशी र उनका छोराहरू गोविन्दराज जोशी, वासुदेव जोशी तथा बुहारी तारा रोश्यारा जोशीले संयुक्तरुपमा...