काठमाण्डु, ५ चैत -यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा सामान्य सुधार आएको छ । यो साता नेप्से २ दशमलव ११ अङ्कले बढेर अन्तिम दिन एक हजार ३५७ दशमलव ३४ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६ दशमलव ८१...
कालिकोट, ५ चैत-कर्णाली अञ्चलको कालिकोट जिल्लामा पहिलो पटक सानिमा बैंकले एटिएम सेवा सञ्चालन गरेको छ। कर्णाली अञ्चलका कुनै पनि जिल्लामा कुनै बैंकले पनि एटिएम सेवा उपलब्ध गराउन नसकिरहेको बेला सानिमा बैंकले यो सेवा सुरु गरेको हो। ६ फागुनमा सानिमा बैंकले कालिकोटमा आफ्नो ४४ औं...
काठमाण्डु,३ चैत–प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले आफ्नो कार्यकालमा निजी क्षेत्रसंग सबैभन्दा बढी सहकार्य भएको बताएका छन्। उनले फरक राजनीतिक धारबाट आएको व्यक्तिले कस्तो व्यवहार गर्ला भन्ने कौतुहलता मेटाउँदै आफू निजी क्षेत्रसंग सहकार्यसहित आर्थिक समृद्धिमा केन्द्रित भएको उनको दाबी छ। उनले भने, ‘म फरक राजनीति...
काठमाण्डु, २ चैत–तेहौँ योजनाले निर्धारण गरेका महत्वपूर्ण १७ लक्ष्यमध्ये १४ लक्ष्य भूकम्प र नाकाबन्दीका कारण पूरा हुन सकेको छैन । पूरा भएका लक्ष्यमा टेलिफोन मोबाइलसमेत (प्रतिसय घनत्वमा) वनजङ्गलले ढाकेको क्षेत्र र सडक यातायातको कुल लम्बाइका लक्ष्य मात्र पूरा भएको राष्ट्रिय योजना आयोगले जनाएको छ...
काठमाण्डु, २ चैत–राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षको नीति तथा योजना एवम् बजेट कार्यान्वयन गर्न जेठ १६ गते नै खर्च गर्न अख्तियारी दिने भएको छ । संविधानमा जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी प्रावधान रहेको छ । पुँजीगत खर्चमा सुधार ल्याउन आयोगले...
गोरखा, २ चैत-गोरखाको लक्ष्मीबजारस्थित सैनिक बोर्डले भूतपूर्व भारतीय सैनिकलाई निवृत्तिभरण (पेन्सन) रकम उपलब्ध गराएको छ । गोरखा, लमजुङ, तनहुँ र धादिङमा रहेका भूपु सैनिकलाई निवृत्तिभरणबापत रु ३० करोड वितरण गरिएको गोरखा भारतीय भूपु सैनिक सङ्घ गोरखाका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । गत फागुन...
भोजपुर, २ चैत-भोजपुर परिवार, दक्षिण कोरियाबाट प्राप्त भएको राहत रकम प्राकृतिक प्रकोपपीडित तथा अग्निपीडितलाई वितरण गरिएको छ । कोरियाबाट प्राप्त रु पाँच लाख ८८ हजार राहत रकम मङ्गलबार एक कार्यक्रमबीच पीडितलाई क्षतिको आधारमा वितरण गरिएको हो । भोजपुर जिल्ला घर भई कोरियामा कार्यरत नेपालीबाट...
पाँचथर, २ चैत – लाइन्स क्लब पाँचथरले तेह्रथुम सक्रान्तिको सहाराविहीन एक नाबालकलाई आर्थिक सहयोग गरेको छ । सदरमुकाम फिदिममा मङ्गलबार आयोजित एक कार्यक्रमबीच ४ महिनाको उक्त बालकलाई रु ९० हजार एक सय ३१ रकम हस्तान्तरण गरिएको हो । फिदिम–१ का समाजसेवी बद्री रिजालले बालकका...
त्रिशूली, ३० फागुन-सरकारले यसअघि नै जनाएको प्रतिबद्धताअनुसार नुवाकोटलाई विशेष आर्थिक क्षेत्र (सेज) कार्यान्वयन गर्न माग गरिएको छ । सरकारले पछिल्लो १० वर्षदेखि नुवाकोटसहित विभिन्न जिल्लालाई सेज घोषणा गर्न जनाएको प्रतिबद्धता कार्यान्वयन गर्न उद्योग वाणिज्य सङ्घले सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको ध्यानाकर्षण गराएको हो । सङ्घका...
बाबियाचौर (म्याग्दी), २७ फागुन – म्याग्दीको मल्कवाङमा दुई करोड रुपैयाँभन्दा बढीको लागतमा नन्दीवाङखोला लघुजलविद्युत् परियोजना निर्माण भएको छ । बयालीस किलोवाट क्षमताको परियोजनाको बिहीबार नेपाल छन्त्याल सङ्घ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर छन्त्यालले उद्घाटन गरेको हो । परियोजनाबाट मल्कवाङको १, २, ३, ४,...
बर्दिवास, २५ फागुन – महोत्तरीको बर्दिवास–२ मा निर्माण भइरहेको एकीकृत नमुना मुसहर बस्तीको सहयोगार्थ बर्दिवास जनता बहुमुखी क्याम्पस र जनता माध्यमिक विद्यालय बर्दिवासले संयुक्तरुपमा रु ६२ हजार ६ सय ५५ सहयोग रकम बुझाएका छन् । क्याम्पस र माविका छात्रछात्राले आफ्नो खाजा खर्चबाट बचाएका रकम,...
बाबियाचौर (म्याग्दी)२४ फागुन । म्याग्दीको कालीगण्डकी भेगका भेडापालक कृषकले रु ३० लाख अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालयले भेडापालन क्षेत्रमा पूर्वाधार निर्माणका लागि कालीगण्डकी भेडा विकास स्रोत केन्द्रमार्फत अनुदान उपलब्ध गराएको हो । भेडा गोठ, टहरा, खानेपानी, डिपिङ टङ्की निर्माण गर्न स्रोत...