अर्थ

विष्णुपुर गाउँपालिकाको बजेट बीस करोड

२०७४ माघ ३ गते १३:५४

लहान, ३ माघ – सिरहाको विष्णुपुर गाउँपालिकाले आर्थिक वर्ष २०७४–७५ का लागि रु २० करोड ४९ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँसभाले अगामी आवका लागि अनुदानबापतको रु चार करोड ५९ लाख ७० हजार, वित्तीय सामानीकरणबाट प्राप्त अनुदान रु ११ करोड ९५...

खुदो पेल्दैमा फुर्सद छैन ढोडबेँसीका किसानलाई

२०७४ माघ २ गते १५:३८

लेखनाथ, ढोडबेँसी, २ माघ – पहाडी क्षेत्रमा खेतबारीको फसल भित्र्याएर फुर्सदिलो हुने समय भए पनि यहाँको एउटा फाँटका किसानलाई भने यतिखेर खुदो उत्पादन र बिक्री गर्ने चटारो परेको छ ।  पोखरा लेखनाथ महानगरपालिका वडा नं ३२ ढोडबेँसी फाँटका कृषकलाई यस याममा उखु काट्ने, पेल्ने,...

साना उद्योग दर्तामा वृद्धि

२०७४ माघ २ गते १४:२४

फलेवास, पर्वत, २ माघ – चालु आवमा मझौला तथा साना उद्योग दर्ता गरेर गाउँमै आयमूलक व्यवसाय गर्ने उद्यमीको संख्यामा वृद्धि भएको छ ।गाउँपालिका र नगरपालिका केन्द्रका कारण स्थानीय तहमै आर्थिक कारोबार बढ्न थालेपछि सर्वसाधारणमा व्यावसायिक मोह बढेको हो । घरेलु तथा साना उद्योग विकास...

व्यापार मेलामा एकैदिन चार करोडको कारोबार

२०७४ माघ २ गते १३:१४

पोखरा, २ माघ – पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन् । संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो...

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा प्रधान

२०७४ माघ २ गते १२:०६

रत्ननगर, चितवन, २ माघ – उद्योग वाणिज्य संघ चितवनको ५१औँ साधारणसभा तथा ३५ औँ अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ । गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्धन्द्धि राजु श्रेष्ठलाई ३४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा निर्वाचित भएका हुन्। प्रधानले एक हजार...

विदेशमा दुःख भोगेका कटुवालको कुखुरापालनबाट करोडपति बन्ने लक्ष्य

२०७४ माघ २ गते ११:००

गाईघाट, उदयपुर, २ माघ – अहिले धेरै नेपाली युवा विदेशमा पैसा कमाउन गए पनि सोचेजस्तो पैसा कमाइ नभएपछि धेरै दुःख पाएर विदेशको अनुभवले स्वदेशमा नै धन कमाउन विभिन्न पेशा गर्ने क्रम बढ्दो छ । यस्तै नेपाली युवामध्येका एक उदयपुरको कटारी नगरपालिका– २ गुँरासे बस्ने...

दुई अर्ब बढी म्युचुअल फण्डको कारोबार हुँदै

२०७४ माघ १ गते १६:४३

काठमाण्डु, १ माघ – नेपालको पुँजी बजारमा नयाँ नयाँ अवसर तथा लगानीका स्रोतको पहिचान हुँदै गरेको सन्दर्भमा म्युचुअल फण्डमा एकपछि अर्को गर्दै आकर्षण बढ्दै गएको छ । पुँजी बजारमा लगातार विभिन्न बैंक तथा वित्तीय कम्पनीका सहायक कम्पनीले म्युचुअल फण्डको बिक्री गर्ने क्रम बढ्दै गएको...

दुई वर्षमा रु पाँच करोड स्वाहा, रानीपोखरी र बालगोपालेश्वरको अस्तित्व संकटमा

२०७४ माघ १ गते १६:३७

काठमाण्डु, १ माघ – दुई वर्षअघि राष्ट्रपतिले शिलान्यास गरेको रानीपोखरी पुनःनिर्माण भएको भए गत कात्तिकमै राजधानीको मुटुमा रहेको यो ऐतिहासिक सम्पदाले पुनःजीवन पाउने थियो । सरकारले १८औँ भूकम्प सुरक्षा दिवसका दिन २०७२ माघ २ गते रानीपोखरी र बीचको बालगोपालेश्वर मन्दिर पुनःनिर्माणका लागि राष्ट्रपति विद्यादेवी...

वार्षिक २९ करोडको दूध उत्पादन

२०७४ माघ १ गते १५:५८

धनकुटा, १ माघ – जिल्लामा यसवर्ष अहिलेसम्म रु २९ करोड ४३ लाख ६८ हजार बराबरको दूध उत्पादन भएको छ । किसानको उन्नत जातका गाईपालनमा आकर्षण बढेसँगै दूध उत्पादनमा वृद्धि भएको हो । गतवर्ष १२ हजार मेट्रिक टन दूध उत्पादन भएकामा यसवर्ष १३ हजार ८३...

सुन्तला उत्पादनमा कमी

२०७४ माघ १ गते १५:३५

वालिङ, स्याङ्जा, १ माघ – गतवर्षको तुलनामा स्याङ्जामा यसवर्ष ३४ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीका अनुसार यसवर्ष जिल्लामा १३ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गतवर्ष एक हजार ८४२ हेक्टर...

आधुनिक प्रविधिले उत्पादनमा वृद्धि

२०७४ माघ १ गते १४:२५

रत्ननगर, चितवन, १ माघ – रत्ननगरमा अहिले वर्षा पम्प र पापा पम्पको प्रदर्शनी भइरहेको छ । विद्युत्को सहयोग बिना नै यी दुईवटै पम्पले जमिनभन्दा तल्लो भागमा बगिरहेको पानीलाई माथिल्लो भागमा लैजान सहयोग गर्छ । वर्षा पम्पले २० मिटरमाथिसम्म पानी लैजान सक्छ भने पापा पम्पले...

विदेशबाट फर्केर गाईपालनमा युवा

२०७४ माघ १ गते १४:०४

रामपुर, पाल्पा, १ माघ – खाडी मुलुकमा पसिना बगाएर स्वदेश फर्केका पाल्पाका युवा गाईपालनबाट यथेष्ट कमाइ गर्न सफल भएका छन् । दाम र कामको खोजीमा साहुसँग ठूलो ऋण झिकेर खाडी मुलुकमा पुगेका युवाले पशुपालनलाई पछिल्लो समय आम्दानीको बलियो र दिगो माध्यमबा रुपमा अपनाएका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us