अर्थ

पर्यटक आगमनमा चौँतिस प्रतिशतले वृद्धि

२०७४ माघ ९ गते १३:३५

मुस्ताङ, ९ माघ – हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४.४९ प्रतिशतले बढेको छ । सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोमस्थित इलाका कार्यालयले जनाएको छ । सन् २०१७ मा ५२ हजार ४७५ पर्यटकले...

इँटा मजदूरको एकै सिजनमा रु पाँच लाखसम्म आम्दानी

२०७४ माघ ९ गते ११:२९

भक्तपुर, ९ माघ – सिन्धुपाल्चोक जिल्ला चौताराका ३७ वर्षीय रामबहादुर तामाङ दम्पतीको डेरा भक्तपुरको च्याम्हसिंहमा रहेको छ । तर अचेल उनिहरु दुई सन्तानका साथ चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित माझी भैरव इँटाभट्टाको झ्याउलीमा बस्दै आइरहेका छन् । दैनिक ज्याला मजदूरी गर्ने रामबहादुरको दैनिकी अचेल फेरिएको छ...

ग्लोबल आइएमई बैंकको सम्पर्क कायालय बेलायतमा खुल्यो

२०७४ माघ ९ गते ११:१५

लण्डन, ९ माघ – ग्लोबल आइएमई बैंक लिमिटेडले बेलायतमा सम्पर्क कार्यालय स्थापना गरेको छ । नेपालीहरुको अत्यधिक बसोवास रहेको अल्डरसटस्थित युनियन स्ट्रिटमा स्थापना गरिएको कार्यालयको राष्ट्र बैंकका गभर्नर डा। चिरन्जिवी नेपाल उद्घाटन गरेका छन् । कार्यक्रममा उनले देश संघीयतामा गएपछि खर्च बढ्ने भन्दै चुनौतीबीच...

काठमाण्डु महानगरपालिकालाई सार्वजनिक स्थानमा इन्टरनेट राख्न पैसाको अभाव

२०७४ माघ ९ गते १०:५१

काठमाण्डु, ९ माघ – काठमाण्डु महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ । पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले...

नेपाली खानेतेल उद्योग संकटमा

२०७४ माघ ९ गते १०:४१

पथरी, मोरङ, ९ माघ – मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार जोगवनीबाट आउने नक्कली तेलसँग प्रतिस्पर्धा गर्न नसक्नु पनि अर्को कारण हो...

चुक्ता पूँजी पु¥याउन शेयर बिक्रीमा बैंक

२०७४ माघ ८ गते १७:१२

काठमाण्डु, ८ माघ – ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् । प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल...

मलेसियन वायु सेवा प्रदायक एयर एशियाको रु सात करोेडभन्दा बढी बक्यौता

२०७४ माघ ८ गते १५:३८

काठमाण्डु, ८ माघ – नेपालमा उडान भर्दै आएको मलेसियन वायु सेवा प्रदायक एयर एशियाले रु सात करोड २३ लाख पर्यटक सेवा शुल्कबापतको रकम बोर्डलाई तिर्न बाँकी रहेको पाइएको छ । विगत एक वर्षदेखि उक्त वायु सेवा प्रदायकले सो शुल्क नतिरेको बोर्डका निमित्त निर्देशक रोहिणी...

पर्यटन सेवा शुल्कका कारण बोर्डको आम्दानी बढ्यो

२०७४ माघ ८ गते १५:३०

काठमाण्डु, ८ माघ – नेपाल आउने पर्यटकको संख्यामा भएको वृद्धिसँगै नेपाल पर्यटन बोर्डको आम्दानीसमेत वृद्धि भएको छ । नेपालका उडान गरिरहेका अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकले पर्यटन सेवा शुल्कबापत बुझाउने रकममा बढोत्तरी भएको हो । बोर्डका अनुसार सन् २०१७ मा मात्रै रु ८७ करोड पर्यटन...

प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी

२०७४ माघ ८ गते ११:२८

रत्ननगर, चितवन, ७ माघ – ‘चितवन आर्थिक गतिविधिको राजधानी हुने कुरामा भने कसैले रोक्न सक्दैन ।’ गएको पुस २१ गते भरतपुरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले यस्तो अभिव्यक्ति दिएका थिए । आर्थिक राजधानी भएपछि...

शेयर खरिद गर्न उक्साउने सावधान, धितोपत्र बोर्डले दियो कडा चेतावनी

२०७४ माघ ८ गते १०:४१

काठमाण्डु, ७ माघ – नेपाल धितोपत्र बोर्डले गलत तवरले शेयर खरिद गर्न उक्साएको भन्दै प्रज्ञान सेक्युरेटिजलाई रु ७५ हजार जरिवाना गरेको छ । बोर्डले आज जारी गरेको विज्ञप्तिअनुसार भाइबरमा सन्देश पठाएर सो कम्पनीका विराटनगर शाखा प्रमुखले सिभिल बैंकको शेयर खरिद गर्न प्रोत्साहित गरेको पाइएकाले...

करोडौंको कारोबार गर्दै म्याग्दी महोत्सव सम्पन्न

२०७४ माघ ८ गते १०:३९

बेनी, म्याग्दी, ८ माघ – छैटौँ म्याग्दी महोत्सव तथा माघेसङ्क्राान्ति मेला एवं ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला करिब रु आठ करोडको कारोबार गर्दै आइतबार राति सम्पन्न भएको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’...

कृषि विकास बैंकबाट आठ खर्ब ६९ अर्ब ऋण प्रवाह

२०७४ माघ ७ गते १७:००

काठमाण्डु, ७ माघ – कृषि विकास बैंक लिमिटेडले आव २०७३–७४ मा रु दुई अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले आज स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३–७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दिइयो । अघिल्लो आर्थिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us