अर्थ

अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै, भारतीय विमान कम्पनी किंगफिसर भने अझै सम्पर्कविहिन

२०७४ माघ २५ गते १७:३७

काठमाण्डु, २५ माघ – सरकारले कारबाही गर्ने चेतावनी दिएपछि बक्यौता तिर्न अटेर गर्दै आएका कतिपय विमान कम्पनीले धमाधम रकम तिर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम नतिर्ने विमान कम्पनीलाई उडान र अवतरण रोक्ने चेतावनी दिएपछि उनीहरुले किस्ताबन्दीमा रकम तिर्न थालेका...

यसरी फस्छन वैदेशिक रोजगारीमा जानेहरु, मेनपावरमा नभई ‘एजेण्ट’सँग बढी आर्थिक कारोबार

२०७४ माघ २५ गते १६:११

सप्तरी, २५ माघ – जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई पैसा बुझाएको बताएका छन् । डाक्नेश्वरी नगरपालिकाका...

तीनवटा ग्यास उद्योगले पाए नेपाल गुणस्तर प्रमाणपत्र

२०७४ माघ २५ गते १४:३२

काठमाण्डु, २५ माघ – नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ । विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई आज गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो । विभागले उक्त ग्यास उद्योगमा...

एनसेलको भ्यालेनटान अफर

२०७४ माघ २५ गते ११:२०

काठमाण्डु, २५ माघ – एनसेलले आउँदै गरेको भ्यालेन्टाइन लक्षित अफरहरु ल्याएको छ । उसले ग्राहकहरुको लागि भ्वाइस र डाटा प्याक ल्याएको हो । आज (माघ २५) बाट सुरु भएर १५ दिनसम्म चल्ने उक्त अफरहरुमा प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित १५ रुपैयाँमा विहान ५ बजेदेखि...

भ्यालेनटाइन डे मा सोमसर्बीको योजना

२०७४ माघ २४ गते १२:०३

काठमाण्डु,२४ माघ – भ्यालेन्टाइन डेका लागि सोमर्सबीले विभिन्न योजनाहरु ल्याएको छ । कम्पनीले गायक स्वप्न सुमन र मोडेल ज्यासमिन खड्कालाई ‘फेस अफ सोमर्सबी’ चयन गरेका छन् । सोमर्सबीका फ्यानहरुकालागि कम्पनीले यु ट्युब सेन्सेसन गायक सुमनलाई चयन गरी विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु गर्ने जनाएको छ ।...

सुनको भाउ घट्यो

२०७४ माघ २४ गते ११:१६

काठमाण्डु, २४ माघ – सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ । बुधबार सुन तोलाको ५७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा...

सत्ताइस अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति

२०७४ माघ २३ गते १६:३८

काठमाण्डु, २३ माघ – नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा रु २७ अर्ब ७६ करोड बराबरको सार्वजनिक निष्काशनको अनुमति प्रदान गरेको छ । बोर्डले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार चालु आवमा गत आवको तुलनामा सार्वजनिक निष्काशन अनुमति लिनेको संख्या र रकम दुबैमा बढोत्तरी...

सत्र आयोजनालाई विद्युत् उत्पादन अनुमति, ७४१ मेगावाट विद्युत् उत्पादन हुने

२०७४ माघ २३ गते १६:२९

काठमाण्डु, २३ माघ – सरकारले चालु आर्थिक वर्ष २०७४–७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ ।सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरु गर्ने निर्देशनसहित अनुमति दिइएको हो...

मनरा सिस्वा नगरपालिकाको बजेट तेत्तीस करोड ८६ लाख

२०७४ माघ २३ गते १३:५२

गौशाला, २३ माघ – मनरा सिस्वा नगरपालिकाले रु ३३ करोड ८६ लाख बजेट प्रस्तुत गर्दै सोमबार प्रथम नगरसभा सम्पन्न गरेको छ । मनरा सिस्वा नगरपालिकाले नगरभित्रको तीन स्थानमा बर्थिङ सेन्टर, सम्पूर्ण वडालाई जोड्ने विशेष सडक सञ्जाल, विशेष शिक्षा योजना, कृषिलगायत महत्वकांक्षी योजनालाई बजेटमा समावेश...

अमेरिकी सेयर बजारमा भुइँचालो, ६ वर्षयताकै उच्च गिरावट

२०७४ माघ २३ गते १२:३४

एजेन्सी । अमेरिकाको सेयर बजार सूचक ‘डाउ जोन्स इन्डस्ट्रियल एभरेज’मा सोमबार ६ वर्षयताकै उच्च गिरावट आएपछि त्यसको प्रभाव एसियाली बजारमा पनि देखिन थालेको छ । उक्त सूचक ११ सय ७५ अंक (४.६ प्रतिशत)ले घटेर २४ हजार तीन सय ४५ मा सीमित भएको छ ।...

मुआब्जा वितरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तिब्र गतिमा

२०७४ माघ २२ गते १६:५५

वीरगञ्ज, २२ माघ – जग्गाधनी मुआब्जा लिन आएपछि केही वर्ष अघिसम्म अन्योलमा रहेको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले गति लिन थालेको छ । बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको सो विमानस्थलको जितपुर सिमारास्थित आयोजना कार्यालयमा मुआब्जा लिने तथा निवेदन दिनेको लर्को लाग्न थालेपछि आयोजनाले पनि निर्माण...

‘हुकिङ हटाऊ, महसुल उठाऊ’ अभियान सक्रिय बन्दै

२०७४ माघ २२ गते १६:४४

काठमाण्डु, २२ माघ – ‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ । प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले रु ९० लाख ६४ हजार बराबरको महसुल तिर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us