अर्थ

शेयर बजारः नेप्से चार अंकले घट्यो

२०७४ माघ २९ गते १६:२९

काठमाण्डु, २९ माघ – लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक ४.४२ बिन्दुले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३८० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७४...

दूध बिक्रिबाट एउटै गाउँमा वार्षिक एक करोडको आम्दानी

२०७४ माघ २९ गते १५:०६

बेनी, म्याग्दी, २९ माघ – आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीको लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि जिल्लाको सिंगा गाउँका युवा उदाहरणीय बनेका छन् । बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक...

पञ्चकन्या हाइड्रो पावर कम्पनीद्धारा पचास करोड शेयर संकलन

२०७४ माघ २९ गते १४:५९

इलाम, २९ माघ – जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले रु ५० करोड मूल्य बराबरको शेयर संकलन गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाका लागि आह्वान गरेको शेयरका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका बासिन्दा बाट मात्रै सो रकम संकलन गरिएको हो । गत...

एशियाली विकास बैंकद्धारा १० अर्ब ऋण सहयोग

२०७४ माघ २९ गते १३:२२

काठमाण्डु, २९ माघ – एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ । उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति रु १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने...

तातोपानी नाकाबाट ११८ किलोग्राम सुन बरामद

२०७४ माघ २९ गते १२:२९

मेलम्ची, २९ माघ – सिन्धुपाल्चोकबाट छ वर्षमा ११८ किलोग्राम ११ तोला ९३ लाल अवैध सुन प्रहरीले बरामद गरेको छ । तातोपानी नाकाबाट अवैध रुपमा सुन तस्करी गरी लैजाने क्रममा पछिल्लो छ वर्षमा प्रहरीले बरामद गरेको सुन तातोपानी भन्सार कार्यालय तथा राजश्व अनुसन्धान विभागलाई बुझाइएको...

पैसा कमाउन विदेश नै जानु पर्दैन

२०७४ माघ २८ गते ११:२८

पथरी, मोरङ, २८ माघ – दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत भएका छन् । एक माउ भैँसीबाट पशुपाल शुरु गरेका चोङवाङले मासिक रु एक...

शेयर बजारः एक अर्ब ५५ करोडको कारोबार

२०७४ माघ २७ गते १६:५२

काठमाण्डु, २७ माघ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ५५ करोड ११ लाख दुई हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता शेयर खरिद बिक्री भएको हो । कारोबार रकम...

बूढीगण्डकी जलविद्युतलाई लगानीयोग्य बनाउन करिब एक खर्ब अनुदान

२०७४ माघ २७ गते १५:०३

काठमाण्डु, २७ माघ – सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई लगानीयोग्य बनाउन अनुदान उपलब्ध गराउने भएको छ । स्वदेशी लगानीमा नै सो आयोजना निर्माण गर्ने लक्ष्यका साथ सरकारले परियोजनालाई ‘लगानीयोग्य’ बनाउन अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । सो निर्णयपछि आयोजना...

मौरीपालनबाट वार्षिक तीस लाख आम्दानी गर्दै पूर्वप्राध्यापक

२०७४ माघ २७ गते १४:१४

जीतपुर, कपिलवस्तु, २७ माघ – यहाँको वाणगंगा–१ जीतपुरका अर्जुनप्रसाद पोख्रेलले व्यावसायिक मौरीपालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । गाउँघरमा मास्टरको परिचय बनाएका पोख्रेलले अब भने व्यावसायिक मौरीपालक किसानका रुपमा परिचय बनाउन थालेका हुन् । उमेरले ४५ वर्ष काटेका उनले डेढ दशकदेखि व्यावसायिक मौरीपालन...

प्रदेशस्तरीय औद्योगिक व्यापार, पर्यटन तथा कृषि महोत्सव

२०७४ माघ २७ गते ११:०१

सुर्खेत, २७ माघ – प्रदेश नं ६ को अस्थायी राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि ‘प्रदेशस्तरीय व्यापार, पर्यटन तथा कृषि महोत्सव २०७४’ शुरु भएको छ । प्रदेश प्रमुख दुर्गाकेशर खनालले महोत्सवको उद्घाटन गर्दै दैलेखको पञ्चकोशी, मुगुको रारा र हुम्लाको मानसरोवर जोड्ने कर्णाली करिडोरको विकास गर्नुपर्ने औँल्याउँदै विकासका...

बुटवल पावरले एफपिओ बिक्रीको म्याद थप्यो

२०७४ माघ २६ गते १७:४८

काठमाण्डु, २६ माघ – बुटवल पावर कम्पनीले आह्वान गरेको थप निष्काशन (एफपिओ)मा मागअनुसारको आवेदन नपरेपछि संस्थागत लगानीकर्ताले पनि शेयर खरिद गर्न पाउने व्यवस्था गरिएको छ । सो कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले सबै शेयर बिक्री नभएकाले संस्थागत लगानीकर्तालाई शेयर दिने उल्लेख गरेको छ ।...

धितोपत्र बोर्डको नयाँ नियमः अध्यक्ष र प्रमुख कार्यकारी एउटै हुनुहुन्न

२०७४ माघ २६ गते १४:५४

काठमाण्डु, २६ माघ – सरकारले कुनै पनि संस्थाको अध्यक्ष र प्रमुख कार्यकारीमा एकै व्यक्ति रहन नपाउने व्यवस्था गरेको छ । वित्तीय अनुशासन कायम गर्न नेपाल धितोपत्र बोर्ड(सेवोन)ले सूचीकृत संस्थाको संस्थागत सुशासन कायम गर्न जारी गरेको ‘संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४’ मा उक्त व्यवस्था गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us