उदयपुर, ६ फागुन – उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका–८ स्थित बोपाताङ डाँडा र चम्पाकोट डाँडाबाट सप्तकोशी किनारतर्फ पहिलो परिक्षण स्वरुप पटक प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । बेलका नगरपालिकाअन्तर्गत कोशी टप्पु क्षेत्र र सप्तकोशी क्षेत्रलाई व्यापक रुपमा बोटिङ र प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने...
काठमाण्डु, ६ फागुन – नेपाल वायुसेवा निगमले सेवा चुस्त पार्न नयाँ सिस्टम स्थापना गर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहेक नेपाल एयरलाइन्सको सञ्चालक संस्थान निगमले इन्जिनियरिङ र एयर अप्रेसनलाई प्रभावकारी बनाउन भारतको सिनर्जी डिजिटल सिस्टमको सफ्टवेयर खरिद गरी सेवालाइ अटोमेसनमा लैजाने तयारी गरेको हो ।...
काठमाण्डु, ५ फागुन – चालु आर्थिक वर्षको ६ महिनामा व्यापार घाटा १४.८ प्रतिशतले बढेर रु चार खर्ब ९३ अर्ब ४२ करोड पुगेको छ । आव २०७३–७४ मा सोही अवधिमा व्यापार घाटा रु चार खर्ब २९ अर्ब ८७ करोड रहेको थियो । गत आवको तुलनामा...
काठमाण्डु, ५ फागुन – धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर कारोबार भएको हो । कारोबार...
चरिकोट, ४ फागुन – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रु दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ । दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको...
पाल्पा, ४ फागुन – जिल्लाको बगनासकाली गाउँपालिका–८, बराङ्दीमा सञ्चालित महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवमा रु ८५ लाख संकलन गर्न सफल भएको छ ।महोत्सवले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ महामृत्युञ्जय शिवासनधामको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको छ । महामृत्युञ्जय शिवासनधाम महायज्ञ मूल समितिको...
लिबाङ, रोल्पा, ४ फागुन – दशवर्षे सशस्त्र युद्धका बेला देश र जनताको मुक्तिका लागि भन्दै बन्दुक बोकेर हिँडेका सुकिदह–३, जिनाबाङ, रोल्पाका लोकमान वली हिजोआज रोल्पामा उत्कृष्ट बाख्रापालक कृषक बनेका छन् । ‘बाख्रासँग खेल्दाको मजा नै बेग्लै हुन्छ,’ उनले भने । बाख्रा पालनबाट वलीको दैनिकी...
काडमाण्डु, ३ फागुन – बाम बगठबन्धनका तर्फबाट प्रधानमन्त्री बनेका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेप्से हरियो रंगले स्वागत गरेको छ । यसअघि लगातार घट्दै आएको नेप्से प्रधानमन्त्रीको रुपमा ओेली नियुक्त भएको दिन आज बिहिबार उच्च अंकले बढेको छ । नेप्से आज ३६ दसमलव एक...
काठमाण्डु, ३ फागुन – कृषि यान्त्रिकीकरणमा सहयोग पुर्याउने उद्देश्यले आजदेखि आइतबारसम्म काठमाण्डुको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको आयोजना गरिएको छ । प्रदर्शनीमा नेपाल, भारत, मलेशिया, चीन, ताइवान, इटाली, इजराइल, बंगलादेश, जर्मनी, बेलजियम र नेदरल्याण्डसका १२० प्रदर्शनी कक्ष रहेका छन् । प्रदर्शनीमा आधुनिक कृषियन्त्र तथा...
काठमाण्डु, ३ फागुन – एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै शेयर बजारमा बहार आएको छ । बुधबार साँझ निर्वाचन आयोगले निर्वाचनको अन्तिम सूची राष्ट्रपतिलाई बुझाएसँगै बढेको राजनीतिक माहोलले शेयर बजारमा पनि चमक ल्याइदिएको हो । लामो समयदेखि निरन्तर ओरालो लागेको शेयर...
भीमदत्तनगर, ३ फागुन – पछिल्ला वर्षहरुमा कञ्चनपुरमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । किसानमा माछापालनसँगै प्राविधिक ज्ञानको स्तर पनि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका मत्स्य अधिकृत मोहनबहादुर चन्दले किसानमा माछापालनप्रति आकर्षण बढ्दै गइरहेको बताए । उनले जिल्लाको बेदकोट, कृष्णपुर, बेलौरी,...
काठमाण्डु, ३ फागुन – उद्योग मन्त्रालयले रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न चिनियाँ कम्पनीलाई स्वीकृति दिएको छ । औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा १८ बमोजिम मन्त्रालयमा सोमबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको...