अर्थ

महोत्सवमा तीन करोडको कारोबार

२०७४ फागुन १० गते १५:५५

भीमदत्तनगर, १० फागुन – कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरमा सम्पन्न प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा रु तीन करोडको कारोबार भएको छ । गत पुस २९ देखि फागुन ९ गतेसम्म सञ्चालन भएको उक्त महोत्सवमा सो रकम बराबरको कारोबार भएको आयोजक कञ्चनपुर उद्योग वाणिज्य...

इटिकेटिङ शुरु गर्दै साझा यातायात

२०७४ फागुन १० गते १५:५२

ललितपुर, १० फागुन – साझा यातायातले ‘इटिकेटिङ’ शुरु गर्न तयारी थालेको छ । नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा इटिकेटिङ लागू गर्न लागिएको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । इटिकेटिङ शुरु भएपछि यात्रुले भाडामा पैसाको साटो कार्डको प्रयोग गर्न सक्ने छन्...

रसुवागढी र साञ्जेन आयोजनाको साढे दुई अर्बको शेयर निष्कासन

२०७४ फागुन १० गते १५:०९

काठमाण्डु, १० फागुन – धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले शुक्रबारदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कर्मचारी...

जुत्ता चप्पल औद्योगिक प्रदर्शनी मेला शुरु

२०७४ फागुन १० गते १४:४०

काठमाण्डु, १० फागुन – नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक व्यापार प्रदर्शनी शुरु भएको छ । ‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ आजदेखि काठमाण्डुको भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो । विभिन्न...

भ्रष्टाचार सूचीमा नेपालको स्थान सुधारियो, एशियामा भुटान अगाडि

२०७४ फागुन १० गते ११:०७

काठमाण्डु, १० फागुन – नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक सार्वजनिक गरेको छ, जसमा ९ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२ औं स्थानमा देखिन्छ । गत वर्ष नेपाल...

वीरगञ्ज नाकाबाट सात महिनामा ४३ अर्बको इन्धन आयात

२०७४ फागुन ९ गते १४:२४

पर्सा, ९ फागुन – चालु आर्थिक वर्ष २०७४–७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ । साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२...

सात अर्बको हकप्रद शेयर आउँदै, ६ बीमा कम्पनीको आवेदन

२०७४ फागुन ८ गते १६:३४

काठमाण्डु, ८ फागुन – विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार ८३६ कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद शेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल रु...

तानसेन महोत्सवमा पाँच करोडको कारोबार

२०७४ फागुन ८ गते १५:२२

रामपुर, पाल्पा, ८ फागुन – तानसेनमा जारी ‘१२औँ पाल्पा महोत्सव तथा व्यापार मेला’मा अहिलेसम्म रु पाँच करोड ५० हजार बराबरको कारोबार भएको छ । सोमबार मेलाको पाँचौँ दिनसम्म करिब एक लाख दर्शकले अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले जानकारी दिए । पाँचौँ...

भक्तपुर रेडक्रसको बजेट तीन करोड

२०७४ फागुन ८ गते १३:४३

नगरकोट, ८ फागुन – नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको २३औँ जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५–७६ को प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ ।शाखाको स्वर्ण जयन्ती वर्षको शुभारम्भ तथा २३औँ जिल्ला सभाले आव २०७५–७६ को लागि रु दुई करोड ६५ लाख ९३...

छुर्पीको मूल्यमा कमी आएपछि किसान चिन्तित

२०७४ फागुन ७ गते १६:३२

इलाम, ७ फागुन – जिल्लामा विगत केही महिनायता छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा परेका छन् । जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन् । प्रतिमहिना तीन टन छुर्पी बाहिर निर्यात हुने...

अन्तर्राष्ट्रिय कृषि मेलामा १० करोड कारोवार

२०७४ फागुन ६ गते १७:०७

काठमाण्डु, ६ फागुन – झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राज्धानीको भृकुटीमण्डपमा आज सम्पन्न भएको छ । नेपाल, भारत, बंगलादेश, मलेसिया, चीन, इजराइल, इटली, जर्मनी, बेल्जियम, नेदरल्याण्डसलगायत मुलुकका विभिन्न व्यवसायीले सञ्चालन गरेको प्रदर्शनीकक्ष प्रदर्शनीमा राखिएको थियो । कृषिको आधुनिकीकरण, व्यावसायीकरण...

सहकारीले निःशुल्क दूध ढुवानी गरेपछि गाईपालनमा कृषक आकर्षित

२०७४ फागुन ६ गते १३:५२

रामपुर, पाल्पा, ६ फागुन – कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ । सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us