अर्थ

एनआईसीको १० र १२ प्रतिशत ब्याजदरका खाता शुक्रबारबाट बन्द

२०७४ फागुन २९ गते १२:२४

काठमाण्ठु, २९ फागुन – एनआईसी एशिया बैंकले १० प्रतिशत ब्यादरको समुन्नती प्लस बचत खाता र १२ प्रतिशत ब्याजदरको धनवर्षा मुद्धती खाता शुक्रबारदेखि बन्द गर्ने भएको छ । एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले मंगलबार बिहान जारी गरेको विज्ञप्तीमा शुक्रबारसम्म मात्र...

गाउँमा बाख्रा पालेर मनग्य आम्दानी

२०७४ फागुन २८ गते १३:४१

बाबियाचौर, म्याग्दी, २८ फागुन – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ कुटमुनीकी विष्णु खड्कालाई दशक अघिसम्म दुई–चार हजार रुपैयाँ आवश्यक पर्दा साहु कहाँ ऋण माग्न जानुपर्ने समस्या थियो । माइतीबाट दुईवटा पाठापाठी ल्याएर शुरु गरेको बाख्रापालन व्यवसायबाट खड्काको जीवनमा अहिले परिवर्तन आएको छ । उनले अहिले बाख्रा...

ग्रामीण क्षेत्रका बासिन्दा भारतीय वित्तीय संस्थातर्फ आकर्षित

२०७४ फागुन २८ गते १३:२६

वीरगञ्ज, २८ फागुन – भारतीय सीमासँग जोडिएका नेपालका कतिपय गाउँमा बैंक तथा वित्तीय संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा भारतीय बैंकमा कारोबार गर्न बाध्य भएका छन् । खुल्ला आर्थिक नीतिको कारण सदरमुकाम वीरगञ्जमा सरकारी तथा निजी क्षेत्रका ठूलठूला बैंक सञ्चालनमा आइरहे पनि पर्सा जिल्लाको सीमावर्ती...

बाहिरी प्रणालीबाट लगानी बढाउँछौंः अर्थमन्त्री खतिवडा

२०७४ फागुन २८ गते १२:१४

 काठमाण्डु, २८ फागुन – बस्तु निर्यात गर्न सक्ने सहकारीलाई प्रतित पत्र खोल्न सक्ने सुविधा दिने सरकारको योजना छ । निर्यात गर्न सक्ने सहकारीलाई अगाडी बढाउनै पर्ने भएको छ । सहकारी ऐनलाई पुनः परिभाषित गरेर उनीहरुले पनि प्रतित पत्र खोल्ने व्यवस्था गर्नुपर्ने भएको छ,’ अर्थमन्त्री...

नलगाड हाइड्रोपावर कम्पनीले मुआब्जा दिँदै

२०७४ फागुन २८ गते ११:३१

जाजरकोट, २८ फागुन – लामो समयदेखि विवाद भइ रोकिएको नलगाड हाइड्रोपावर कम्पनीको निर्माण कार्य अब मुआब्जा वितरणको समस्या समाधान भएपछि सञ्चालन हुने भएको छ । विद्युत्गृह निर्माणस्थल नलगाड नगरपालिका–१ दल्लीमा बसोबास गरिरहेका १८ घरधुरी वादी समुदायले जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत वितरण गर्ने गरी सहमति...

नुवाकोट महोत्सवमा दुई करोडको कारोबार

२०७४ फागुन २८ गते ११:१६

नुवाकोट, २८ फागुन – ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ विदुरमा सञ्चालन भएको पाँचौँ नुवाकोट महोत्सव आइतबार सम्पन्न भएको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा फागुन १६ गतेबाट शुरु भएको महोत्सव १२ दिनपछि आइतबार समापन गरिएको हो । समापन कार्यक्रममा नेपाली काँग्रेसका...

साइकलमा च्याउ डुलाउने बाबुराम यसरी भए कार चढ्ने !

२०७४ फागुन २७ गते १७:३३

चितवन, २७ फागुन – चितवनको कालिका नगरपालिका वडा नं ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गरेका थिए । विसं २०५६ मा च्याउ खेती शुरु गरेका केसी अहिले छ कट्ठामा च्याउ लगाउछन् । उनी साइकलमा च्याउ डुलाउने गर्थे, अहिले गाडीमा हिँड्छन् ।...

दोहोरो अंकले घट्यो शेयर बजार

२०७४ फागुन २७ गते १६:४८

काठमाण्डु, २७ फागुन – शेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ । आइतबार सामान्य अंकले वृद्धि भएको नेप्से आज भने दोहोरो अंकले घटेर एक हजार २८४ दशमलव ९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से आज ३१ दशमलव ४ बिन्दुले ओरालो...

माछापालनबाट मनग्य आम्दानी

२०७४ फागुन २७ गते १३:५३

बागलुङ, २७ फागुन – बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पारेका छन् । माछा बेचेर श्रीसले गत वर्ष रु एक लाख आम्दानी गरे । विसं २०७० मा सानो पोखरीबाट शुरु गरेका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै...

१० प्रतिशतभन्दा बढी क्षतिपूर्ति दिन सकिंदैनः कार्यकारी निर्देशक घिसिङ

२०७४ फागुन २७ गते १३:०८

काठमाण्डु, २७ फागुन – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १ सय ३२ केभीए काबेली करिडोरमा रहेको मुआब्जाको समस्या सल्टाउन लागेका छन् । उनले शनिबार इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्काबासीका स्थानिबासीसँग छलफल गरेपछि स्थानियबासीहरु आयोजनाको सर्वे गर्न दिन सहमत भएका छन् । नेपाल विद्युत...

चीनबाट नेपालमा निजी क्षेत्रको जलविद्युतमा पहिलो पटक ठूलो लगानी भित्रिदै

२०७४ फागुन २७ गते १२:५९

काठमाण्डु, २७ फागुन– उत्तर छिमेकी चीनले नेपालमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो लगानी गर्ने भएको छ । चीनको छोङछिङ वाटर एण्ड टर्वाइन वक्र्स कम्पनीले पिपुल्स इनर्जी लिमिटेडद्वारा निर्माणाधीन खिम्ती–२ जलविद्युत आयोजनामा करिब नौ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो ।...

पाँच दिनदेखि विद्युत् अवरुद्ध हुँदा धौलागिरिको जनजीवन प्रभावित

२०७४ फागुन २७ गते ११:२१

फलेवास, पर्वत, २७ फागुन – विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ । जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दश घण्टा लाइन कटौती गर्दा जनजीवन प्रभावित बनेको हो । दैनिक बिहान ८ देखि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us