चौतारा, ६ चैत – निजी क्षेत्रबाट सञ्चालित सिन्धुपाल्चोकको चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म ९५ प्रतिशत सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर कम्पनी प्रालिद्वारा निर्माण भइरहेको २२.१ मेगावाट क्षमताको सो आयोजना आगामी २०७५ सालको वैशाख अन्तिमसम्म सम्पन्न हुने कार्यकारी निर्देशक उमेश कसजूले...
बागलुङ, ६ चैत – यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ । यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको हो । काठमाण्डु–बागलुङ पहिलो...
वीरगञ्ज ६ चैत – मदिराको बिर्कोमा टाँस्ने राजश्वको नक्कली स्टिकर छाप्ने भारत कलकत्ताको एक कम्पनीलाई छानविनको दायरामा ल्याउने प्रयास भइरहेको आन्तरिक राजश्व कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्तिसँग विभिन्न चरणमा थप बयान लिने काम भइरहेको भन्दै प्रमुख कर...
वीरगञ्ज, ५ चैत – तेस्रो मुलुकबाट आउने कालो मरिचको अन्तर्राष्ट्रिय बजार मूल्य घट्दै जाँदा नेपाल सरकारले मरिच आयातमा रोक लगाएपछि यसको व्यापार प्रभावित भएको व्यपारीहरुको गुनासो छ । माग र कारोवारका आधारमा तेस्रो मुुलुकबाट आयात गरिने कालो मरिचको मूल्य घटबढ हुने तथा नयाँ भन्सार...
काठमाण्डु, ५ चैत – चालू आर्थिक वर्षको सात महिनामा नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाको विदेशी विनिमय सञ्चितिमा २६ प्रतिशतले कमी आएको छ । यस वर्षको असार मसान्तमा रु एक खर्ब ५२ अर्ब १७ करोड रहेकामा माघ मसान्तमा २५.७ प्रतिशतले कमी आई रु...
काठमाण्डु, ५ चैत – चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा तराई क्षेत्रमा मूल्यवृद्धिको मात्रा अरु क्षेत्रको तुलनामा बढी छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी विवरणमा क्षेत्रगत उपभोक्तामध्ये मुद्रास्फीति तराई क्षेत्रमा बढी रहेको पाइएको हो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा...
हेटौँंडा, ४ चैत – पहिलो पटक हेटौँडामा रोबोटबाट सञ्चालन हुने ठूलो सिमेन्ट उद्योगले परीक्षण उत्पादन गर्ने तयारीमा छ । जगदम्बा र शंकर ग्रुपको संयुक्त लगानीमा निर्माण भइरहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रालि निर्माणको अन्तिमचरणमा पुगेको हो । दैनिक ५० केजी तौलको ५६ हजार बोरा सिमेन्ट...
सर्लाही, ४ चैत – हजार हेक्टर जमिनमा लगाइएको मकै बालीमा दाना नलागेपछि किसानको लगानी डुबेको छ । मकैमा घोगा मात्रै लागेपछि किसान थप चिन्तित बनेका छन् । सर्लाहीमा करिब ११ हजार हेक्टर जमिनमा मकै खेती हुने गरेको छ । तीमध्ये मकैका लागि पकेट क्षेत्र...
काठमाण्डु, ४ चैत – नेपाली बजारमा आज छापावाला सुन प्रति तोला ५७ हजार ३ सयमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार रहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार...
काठमाण्डु, ४ चैत – दैनिक उपभोग्य र विलासिताका सामग्रीको उच्च आयातसँगै निराशाजनक निर्यातले वर्षको सात महिनामै व्यापार घाटा ६ खर्ब १० अर्ब पुगेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि माघसम्म १ सय ४२ मुलुकबाट ६ खर्ब ५७ अर्ब ६१ करोड ८५ लाख ५१...
काठमाण्डु, ३ चैत – शेयर बजारमा यस साता रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार...
म्याग्दी, ३ चैत – म्याग्दीमा निर्माणाधीन रघुगंगा जलविद्युत् आयोजनामा स्थानीयवासीले पनि लगानी गर्न पाउने बाटो खुलेको छ । लामो समयदेखि रोकिएको ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले कम्पनी लिमिटेड संरचनामा रूपान्तरण र बोलपत्र आह्वानमार्फत पुनःनयाँ ठेकेदार छनोट गरेसँगै निर्माणकार्य अघि बढ्ने...