अर्थ

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्ने

२०७४ चैत १८ गते १०:५१

काठमाण्डु, १८ चैत – पेट्रोल र डीजलको फेरी बृद्धि हुने देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि भइरहेको अवस्थामा नेपालमा पनि मूल्य बृद्धि हुने सम्भावना रहेको हो । अन्तर्राष्ट्रिय बजारमा गत जून २०१७ देखि कच्चा तेलको मूल्यमा ५० प्रतिशत भन्दा बढीले बृद्धि...

शेयर बजार: करिब दुई अर्बको कारोबार

२०७४ चैत १७ गते १६:१४

काठमाण्डु, १७ चैत – धितोपत्र बजारमा यस साता रु एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार यस साता कूल १८० कम्पनीको ५८ लाख ९५ हजार ३० कित्ता शेयर खरिद बिक्री भएका थिए । कारोबार...

टेलिकमको ब्यालेन्स सापटी सेवा आजबाट सुरू, ब्यालेन्स सकिएपनि अब फोन नकाटिने

२०७४ चैत १६ गते १३:२३

काठमाण्डु, १६ चैत – नेपाल टेलिकमले ‘नमस्ते क्रेडिट सेवा’ संचालनमा ल्याएको छ । नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो...

भुक्तानी नहुँदा उखु किसान आर्थिक मारमा

२०७४ चैत १५ गते १७:२६

वीरगञ्ज, १५ चैत – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही जिल्लाको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग लिमिटेडले हालसम्म किसानलाई रु ४० करोड भुक्तान गर्न नसक्दा उखु उत्पादक किसान मारमा परेका छन् । उद्योगले बुधबारसम्म किसानबाट रु दुई अर्ब मूल्य बराबरको उखु खरिद गरेर रु एक अर्ब ३५...

दोहोरो अंकले बढ्यो शेयर बजार

२०७४ चैत १५ गते १७:२१

काठमाण्डु, १५ चैत – निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो । सरकारले मुलुकको आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गर्ने तयारी गरेको...

भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी

२०७४ चैत १५ गते १४:१२

पाल्पा, १५ चैत – रामपुर–६, विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल भएका छन् । उनले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्छन् । अर्याल करीव दश वर्षदेखि भैँसीपालन व्यवसायमा छन् ।...

धनगढीमा बुध्द एयरले थप्यो एक उडान

२०७४ चैत १५ गते १३:०३

काठमाण्डु, १५ चैत – बुध्द एयरले प्रदेश ७ को राजधानी धनगढीमा काठमाण्डुबाट थप एक उडान गर्ने भएको छ । २२ चैत (अप्रिल ५) देखि काठमाण्डुबाट बिहान ७ र साँझ ५ बजे उडान हुनेछ । नागरिक उड्डयन प्राधिकरणको सहयोगमा स्याटेलाईट प्रणालीबाट, कम भिजिविलिटी तथा रात्रिकालिन...

शेयर बजारमा सुधारः ३९ अंकले बढ्यो नेप्से

२०७४ चैत १३ गते १६:४५

काठमाण्डु, १३ चैत – सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज थामिएर ३९.१६ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ बिन्दुले बढेर २५७.७४ बिन्दुमा पुगेको छ । आज कूल १६६ कम्पनीको १५ लाख...

आयुषी र कञ्चन फोर्ब्सको प्रभावशाली एशियाली उद्यमी महिलाको सूचीमा

२०७४ चैत १३ गते १६:१६

काठमाण्डु, १३ चैत – फोर्ब्स म्यागेजिनले प्रकाशित गरेको एशियाका ‘३० मुनिका ३०’ अर्थात ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एशियालीको सुचीमा नेपालका दुई जना महिला छानिएका छन् । फोर्ब्सले हरेक वर्ष कला, प्रविधि, उपभोक्ता, व्यवसाय, विज्ञान, इ­कमर्श, सामाजिक उद्यमशिलता लगायतका विभिन्न १० विधामा...

दोहोरो अंकले घट्यो शेयर बजार

२०७४ चैत १२ गते १६:४२

काठमाण्डु, १२ चैत – धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक...

वीरगन्ज नाकाको व्यापार घाटा दुई खर्ब ५९ अर्ब

२०७४ चैत १२ गते १६:२३

पर्सा, १२ चैत – देशकै प्रमुख भन्सार नाका वीरगन्जको व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा रु दुई खर्ब ५० अर्बभन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७४–७५ को साउनदेखी फागुनसम्मको आठ महिनामा वीरगन्ज नाकाबाट रु दुई खर्ब ५८ अर्ब ९९ करोड ८८ लाख...

घिउको मूल्यमा कमी

२०७४ चैत १२ गते १४:३९

काँकडभिट्टा, झापा १२ चैत – झापामा घिउको मूल्यमा कमी आएको छ । घिउको बिक्री कम हुन थालेपछि उत्पादकले मूल्य घटाउन थालेका छन् । जिल्लाको सबैभन्दा ठूलो डेरी उद्योग एनएमसीले चैत १० गतेदेखि लागू हुने गरी प्रतिकिलो घिउको मूल्यमा रु ५० घटाएको छ । अहिले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us