अर्थ

सिस्नु बिक्रीबाट लाखौँको आम्दानी

२०७४ चैत २५ गते १६:४९

गाईघाट, उदयपुर, २५ चैत – पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म...

अर्थ सचिवमा राजन खनाल

२०७४ चैत २५ गते ११:४४

काठमाण्डु, २५ चैत – अर्थमन्त्री युवराज खतिवडाले अर्थ सचिवमा राजन खनाललाई ल्याएका छन् । विगतमा राजस्व सचिवको जिम्मेवारी सम्हालेका खनाल अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव थिए । आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा खनाल र लक्ष्मण अर्यालको टिमले बहुचर्चित नक्कली भ्याट प्रकरणमा मुलुकलाई करिब...

सहकारी स्थानीय तहलाई हस्तान्तरण

२०७४ चैत २४ गते ११:३६

बनियानी, झापा, २४ चैत – डिभिजन सहकारी कार्यालय भद्रपुरले झापामा क्रियाशील ५५२ सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । प्रजिअ ऋषिराम तिवारीलगायतको उपस्थितिमा शुक्रबार आयोजित सहकारी अभिमुखीकरणसहितको कार्यक्रममार्फत जिल्लाका १५ वटै स्थानीय तहमा रहेका सहकारी संस्था हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति...

सेयर बजारः दोहोरो अंकले बजार बढेसंगै कारोबार रकममा पनि उल्लेख्य बृद्धि

२०७४ चैत २२ गते १६:०५

काठमाणडु, २२ चैत – बिहिबार सेयर बजारमा उत्साह छाएको छ । बजार दोहोरो अंकले बढ्दा लगानीकर्ता एकाएक उत्साहित बनेका छन् । साताको अन्तिम कारोबारको दिन बिहिबार बजार २३.४ अंकले बढेर १२५०.३९ विन्दुमा आइपुगेको छ । लामो समयदेखि निरन्तर ओरालो लागेको बजारले बिहीबार लगानीकर्तामा उत्साह...

कर्णाली प्रदेशमा ५० वर्षपछि ठूलो जहाज

२०७४ चैत २१ गते १३:५४

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ५० वर्षपछि ठूलो जहाज अवतरण गरिएको छ । बुद्ध एयरको नाइनएन–एनआईए कल साइनको ४७ सीटे जहाज बुधबार सुर्खेत विमानस्थलमा अवतरण गरेको हो । बुद्धले बैशाख १ गतेदेखि कर्णाली प्रदेशलाई केन्द्रीय राजधानी काठमाण्डुसँग सीधा हवाई सम्पर्क गराउने छ ।...

कृषि विकास बैंकले माग्यो ९ सय सुरक्षाकर्मी

२०७४ चैत २१ गते १३:४७

काठमाण्डु, २१ चैत – कृषि विकास बैंकले दुर्इ वर्षका लागि ९०३ जना सुरक्षाकर्मी माग गरेको छ । बैंकले केन्द्रीय तथा क्षेत्रीय कार्यालयको लागि २ सय १५ जना कमाण्डर र ६ सय ८८ जना गार्डको माग गरेको हो । नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनी तथा...

विदेशबाट ल्याएको पैसा अब पुँजीबजारमा लगानी गर्न नपाइने

२०७४ चैत २१ गते १०:५६

काठमाण्डु, २१ चैत – विदेशबाट ल्याएको पैसा ऋण पुँजी बजार र रियल स्टेटजस्ता क्षेत्रमा बाणिज्य बैंकहरुले लगानी गर्न नपाउने भएका छन् । रियल स्टेटमा लगानी गर्न नपाइने स्पष्ट उल्लेख भएपनि सेयर बजारमा लगानी गर्न पाइने–नपाइनेबारे केही खुलाइएको छैन । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई...

एक अर्ब ११ करोडको आलु उत्पादन

२०७४ चैत २१ गते १०:४६

नुवाकोट, २१ चैत – नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

२०७४ चैत १९ गते २२:०३

काठमाण्डु, १९ चैत– नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबारदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँका दरले मूल्यवृद्धि गरिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १०५, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर...

शेयर बजार घट्नुमा कसको दोष ? यसो भन्छन् पूर्वअर्थमन्त्री महत

२०७४ चैत १९ गते १७:३०

काठमाण्डु, १९ चैत – नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले शेयर बजारमा हुने ‘स्पेकुलेसन’ लाई अनुत्पादक नै मान्नु पर्ने बताएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारलाई अनुत्पादक भनिरहेका बेला पूर्वअर्थमन्त्री महतले समग्र शेयर बजार उत्पादनमूलक भए पनि ‘स्पेकुलेशन’ भने...

माथिल्लो थ्री ‘ए’ले दश महिनाभित्रै विद्युत् उत्पादन शुरु गर्ने

२०७४ चैत १९ गते १२:२०

नुवाकोट, १९ चैत – विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम समग्रमा ६८ प्रतिशत सकिएको आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिए । ज्याख्वाको...

सार्वजनिक गाडीमा गित बजाएवापत अब कर तिर्नुपर्ने

२०७४ चैत १८ गते १७:३६

१८ चैत, काठमाण्डु, १८ चैत – सार्वजनिक सवारीले अब नेपाली गीत–संगीत बजाएवापत पनि संगीत रोयल्टी तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा संशोधन गर्दै गीत–संगीत प्रयोग गरेका सार्वजनिक यातायातले तोकिएको रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । प्रतिलिपी अधिकार ऐनले कुनै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us