काठमाण्डु, २७ फागुन– उत्तर छिमेकी चीनले नेपालमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन जलविद्युत आयोजनामा हालसम्मकै सबैभन्दा ठूलो लगानी गर्ने भएको छ । चीनको छोङछिङ वाटर एण्ड टर्वाइन वक्र्स कम्पनीले पिपुल्स इनर्जी लिमिटेडद्वारा निर्माणाधीन खिम्ती–२ जलविद्युत आयोजनामा करिब नौ अर्ब रुपैयाँ लगानी गर्ने भएको हो ।...
बेनी, म्याग्दी, २७ फागुन – राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई रु आठ करोड मुआब्जा वितरण गर्न लागिएको आयोजनाका...
म्याग्दी, २६ फागुन – बेनी नगरपालिका– ९ आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु गरेका छन् । एक दशकभन्दा लामो समय विदेशमा काम गरेर फर्किएका ३६ वर्षीय नारायण शर्माले ‘मनिष बाख्रा फार्म’ सञ्चालन गरी यो व्यवसाय शुरु गरेका हुन् । उनको...
रुपन्देही, २६ फागुन – प्रदेश नं ५ को राजधानी बुटवलमा शेयर बजारको कारोबार फष्टाउँदै गएको छ । व्यापारिक केन्द्र मानिएको बुटवलमा ब्रोकर (शेयर दलाल) कार्यालय स्थापना भएपछि शेयर खरिद तथा बिक्रीका लागि लगानीकर्ताको चाप ह्वात्तै बढेको आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७ नं ब्रोकर...
राजविराज, २६ फाग्न – सप्तरीको राजविराजस्थित हटियामा आज बिहान एउटा जुत्ता पसलमा आगलागी हुँदा करिब रु ६० लाख बराबरको क्षति भएको छ । स्थानीय नौसाद खातुनले बिक्रीका लागि राखिएको जुत्ता, चप्पल पसलमा आगलागी हुँदा सो मूल्य बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डु, २५ फागुन – २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् । बैंकर्स संघले नै एनआइसी...
कालीकोट, २४ फागुन – कुनै समयमा कर्णालीमा ‘महिला मुखिया र बाख्रा बटालो’ भएपछि प्रगति हुँदै जान्छ भन्ने उखान चल्थ्यो तर, अहिले आर्थिक क्षेत्रमा महिलालाई अगाडि लगाउँदा राम्रो बचत हुने विश्वास बढ्न थालेको छ । आठ वर्षअघि खांडाचक्र नगरपालिका–२ निवासी नानी शाहीलाई घर खर्च...
काठमाण्डु, २४ फागुन – नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा नेपाल इन्भेस्टमेन्ट बैंकले आगामी चार वर्षमा थप ४० हजार भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि बिनाधितो रु सात अर्ब लगानी गर्ने भएको छ । उक्त बंैकले गएको चार वर्षमा...
काठमाण्डु, २३ फागुन – नेपालका एक मात्र खर्बपति विनोद चौधरीको सम्पत्तिमा २० अर्बले वृद्धि भएको छ । विश्वभरीका खर्बपतिको सुची सार्वजनिक गर्दै आएको फोब्र्स म्यागेजिनले २०१८ को मार्च ६ सम्मको तथ्यांक सार्वजनिक गर्दै चौधरीको सम्पत्ति बढेको जनाएको हो । फोब्र्सका अनुसार एक वर्षको अवधिमा...
म्याग्दी, २३ फागुन – म्याग्दीका सरकारी कार्यालयमार्फत हुने आर्थिक कारोबारको विद्युतीय भुक्तानी (ई–पेमेन्ट) शुरु भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले मंगलबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर विद्युतीय भुक्तानी प्रणालीको शुभारम्भ गरिएको हो । बेनीबाट प्रकाशन हुने नवविकल्प साप्ताहिकलाई पहिलो पटक ई–पेमेन्टमार्फत भुक्तानी...
काठमाण्डु,२३ फागुन – कोकाकोला नेपालले ‘कोक खाम् रसिया जाम्’ क्याम्पेनको पहिलो ५ जना भाग्यशाली बिजेताको नाम घोषणा गरेको छ । यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेर सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागि हरेक हप्ता...
काठमाण्डु, २२ फागुन – साझा यातायातले भोलि बुधबारबाट ‘सेमी लो फ्लोर’ बस सञ्चालनमा ल्याउने भएको छ । युरो ४ मापदण्डको वातावरणमैत्री र कम उचाइका यात्रु पनि सजिलै चढ्नसक्ने उक्त बस नेपालमै पहिलो पटक साझा यातायातले सञ्चालनमा गर्ने भएको होल्याएको हो । शारीरिक अपाङ्गता भएका,...