अर्थ

नेपाल वायु सेवा निगमले एक महिनाभित्र तीन चिनियाँ पाइलट ल्याउने

२०७५ वैशाख २२ गते १६:५५

काठमाण्डु २२ वैशाख – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । वाइ–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो । मासिकप्रति पाइलट आठ हजार...

धितोपत्र बजारमा एक अर्बको कारोबार

२०७५ वैशाख २२ गते १६:४५

काठमाण्डु, २२ वैशाख – धितोपत्र बजारमा यस साता रु एक अर्ब ५६ करोड ७० लाख ४२ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार कूल १७६ कम्पनीको ३२ लाख ४४ हजार ५०० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार रकम...

शहरी विकासका आयोजनाः २५ अर्बको ठेक्का भएन

२०७५ वैशाख २२ गते १६:२७

काठमाण्डु, २२ वैशाख – सरकारले तराई–मधेशका १८ नगरपालिकामा शहरी सडक, ढल, बसपार्क हाटबजार निर्माणका लागि छुट्याइएको रकम नै खर्च नभएको पाइएको छ । सरकारले ती नगरपालिकामा रु ५० करोडको दरमा बजेट विनियोजन गरिएको थियो । त्यसमध्ये रु पाँच अर्ब ३६ करोडको मात्रै ठेक्का सम्झौता...

भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

२०७५ वैशाख २१ गते १६:३१

चितवन, २१ वैशाख – आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो । मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर...

शारीरिक रुपले अशक्त धामीले गरे उद्योग सञ्चालन

२०७५ वैशाख २० गते १४:४०

भीमदत्तनगर, २० वैशाख – करीब डेढ दशक भारतको राजधानी नयाँ दिल्लीमा मजदुरी गर्दाको बखत शारीरिक रुपले अशक्त हुनु भएका कञ्चनपुरको बेतकोट नगरपालिका–७ ध्वजपुरका ३१ वर्षीय पुरनसिंह धामीले रु २० लाखको लगानीमा हालै मसला उद्योग सञ्चालन गरेका छन्। विदेशमा कमाएर सुन्दर भविष्यको कल्पना गर्नुभएका उनले...

प्रदेश ४ को बजेट सार्वजनिक, कस्तो आकारको छ बजेट ?

२०७५ वैशाख २० गते १३:५४

पोखरा, २० वैशाख – प्रदेश नम्बर ४ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री किरण गुरुङले बुधबार आर्थिक वर्ष २०७५–०७६ को बजेट पेश गरेका हुन् । आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा पहिलो बजेट प्रस्तुत गर्दै गर्दा मन्त्री गुरुङले देश र जनताका लागि बलिदान दिनेहरुलाई...

नेपाल एयरलाइन्सले जापान, साउदी र कोरिया उडान भर्ने, फ्रान्सबाट कहिले आउँदैछ नेपाल ?

२०७५ वैशाख २० गते १२:४५

काठमाण्डु, २० वैशाख – नेपाल एयरलाइन्सले अर्डर गरेको एयरबस ३३०–२०० वाइडबडी जहाज तयार भएको छ । फ्रान्समा रहेको एयरबसको फ्याक्ट्रीमा एसेम्बल सकिएको र जुन २७ मा काठमाण्डु आइपुग्ने भएको छ । केही समयअगाडि फ्रान्स पुगेर फर्किएको नेपाल एयरलाइन्सको टोलीले दिएको जानकारीअनुसार दोस्रो जहाजको एसेम्बल...

अर्थमन्त्रीले भनेः केन्द्रीय बैंकले गलत गरे कारबाही गर्ने निकाय छ

२०७५ वैशाख १९ गते १३:४७

काठमाण्डु, १९ वैशाख – अर्थमन्त्री डा. युवराज खतिवडाले केन्द्रीय बैंकले गलत गरेमा कारबाही गर्ने निकाय रहेको भन्दै राष्ट्र बैंकलाई सचेत गराएका छन् । राष्ट्रिय वाणिज्य बैंक तथा एनआइडिसी डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको सुभारम्भका अवसरमा खतिवडाले नराम्रो काम गरे आफूलाई पनि कारबाही गर्ने संयन्त्र रहेको...

आन्तरिक उडानमा बुद्ध एयर अग्र स्थानमा, नेपाल एयरलाइन्सलाई यतीले उछिन्यो

२०७५ वैशाख १९ गते ११:४४

काठमाण्डु, १९ वैशाख – त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान भर्ने विमान कम्पनीमा बुद्ध एयर सबैभन्दा अग्रस्थानमा देखिएको छ । एक वर्षमा मात्रै यसले त्रिभुवन विमानस्थलबाट २९ हजार ६ सय ७२ पटक उडान भरेर १२ लाख ६८ हजार यात्रुलाई सेवा दिएको छ । त्रिभुवन विमानस्थलले दिएको...

सुनको मुल्य घट्यो, कति ?

२०७५ वैशाख १८ गते १३:२९

काठमाण्डु, १८ बैशाख – मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घटेर ५८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा सुन प्रतितोला ५८ हजार ९०० रुपैयाँ थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन...

मुक्तिनाथ पुगेको केवलकारको भाडा ६ हजार !

२०७५ वैशाख १८ गते १०:१२

काठमाण्डु, १८ वैशाख – कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने केबलकार निर्माण गर्न खोजिरहेको मुक्तिनाथ दर्शन प्रालिले नेपाली यात्रुलाई ६ हजार रुपैयाँमा मुक्तिनाथ पुर्‍याउने प्रस्ताव गरेको छ । कुल ८३.५ किलोमिटर लामो यो केबलकार यात्रामा बिदेशी भन्दा नेपाली यात्रुलाईसहुलियत दिने कम्पनीको तयारी छ । किनकि भारतीय...

चितवनमा पूँजीगत खर्च ३८ प्रतिशत

२०७५ वैशाख १७ गते १४:२०

चितवन, १७ वैशाख – चालू आर्थिक वर्षको नौ महिनामा जिल्लामा पूँजीगत खर्च ३७.७४ प्रतिशतमात्रै भएको छ । गत आर्थिक वर्षको यसै अवधिको भन्दा १० प्रतिशत बढी भए पनि समयानुसार खर्च भने निकै कम हो । कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी भृगुराज खनालका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us