अर्थ

प्रदेश ५ २० अर्बको बजेट ल्याउने तयारीमा

२०७५ वैशाख २९ गते १६:५४

रुपन्देही, २९ वैशाख – प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७५-०७६ का लागि रु २० अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । बजेटसँगै सरकारले नीति तथा कार्यक्रम पनि सार्वजनिक गर्नेछ । प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले राष्ट्रिय प्राकृतिक स्रोत तथा...

उद्योग क्षेत्रमा दुई खर्बभन्दा बढीको लगानी

२०७५ वैशाख २७ गते १६:०२

चितवन, २७ वैशाख – औद्योगिक क्षेत्र बनिनसके पनि जिल्लामा विभिन्नखालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ । रु दुई खर्बभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ । सरकारी र निजी क्षेत्रले यकिन तथ्यांक संकलन नगरे पनि उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा...

बेमौसमी काँक्राबाट मनग्य आम्दानी गर्दै किसान

२०७५ वैशाख २७ गते १४:०५

डडेल्धुरा, २७ वैशाख – जिल्लाका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालपछि यहाँका किसान हर्षित बनेका छन् । चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन् । तराईमा...

चौध करोडको लगानीमा नेपालमै पहिलापटक ‘ह्याचरी’ सञ्चालन

२०७५ वैशाख २७ गते १३:३६

बनियानी, झापा, २७ वैशाख – ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको छ । मेची अञ्चलमै पहिलो पटक रु १४ करोडको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो । चारजनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको सञ्चालक भरत ओडारीले जानकारी दिए...

बारामा ६६ करोडको मसुरो उत्पादन

२०७५ वैशाख २६ गते १३:५४

कलैया, २६ वैशाख – बारामा यसवर्ष रु ६६ करोड तीन लाख लाख ९६ हजार बराबरको मसुरो उत्पादन भएको छ । जिल्ला कृषि कार्यालयका अनुसार आव २०७४÷७५ मा कृषकले कूल १० हजार ६ हेक्कटर क्षेत्रफलमा सिमल, शिखर र सिम्रिक जातको मसुरो खेती गरेका थिए ।...

साबिकको शान्ति मन्त्रालयका परियोजनालाई बजेट प्रस्तावमा सकस

२०७५ वैशाख २५ गते १७:४०

काठमाण्डु, २५ वैशाख – संविधान कार्यान्वयनका क्रममा संघीय संरचनाअनुरुप मन्त्रालयको पुनःसंरचना भएसँगै शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गतका परियोजना अलपत्र भएका छन् । पुनःसंरचनासँगै मन्त्रालय खारेजीमा प¥यो । मन्त्रालयको द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजनाअन्तर्गतका १६ वटा आयोजना कुन मन्त्रालयअन्तर्गत राख्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन...

नयाँ बजेटको सिलिङ १५ खर्ब, प्रदेश र स्थानीय तहलाई कति ?

२०७५ वैशाख २४ गते १७:४०

 काठमाण्डु, २४ बैशाख – सरकारले आगामी आर्थिक वर्ष ०७५–७६ को बजेट चालू आर्थिक वर्षको भन्दा कम्तीमा ३ खर्ब बढीको बनाउने भएको छ ।संघीयता कार्यान्वयनका लागि तीनदेखि पाँच खर्ब रुपैयाँ थप बजेट आवश्यक पर्ने दाबी नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गरेका छन् ।...

सरकारले भनेको‘फ्री भिसा फ्री टिकट’नाममा मात्र सिमित, अझै रोकिएन वैदेशिक रोजगारीमा ठगी

२०७५ वैशाख २४ गते १६:१३

काठमाण्डु, २४ वैशाख – काभ्रेपलाञ्चोक जिल्लाका एक युवा वैदेशिक रोजगारीको सिलसिलामा एक वर्षअघि कुवेत जाने निर्णय गरे । हरि नामको मान्छेलाई उनको भेट भएपछि उनी काठमाण्डुकै रोजगारदाता कम्पनीमा पुगे । कम्पनीमा पुगेको एक हप्तापछि नै उनको विदेश जानका लागि प्रक्रिया अघि बढाइयो । प्रक्रिया...

घाँस न पात तर पनि गाईबाट मासिक रु एक लाख कसरी ?

२०७५ वैशाख २३ गते १४:५९

पोखरा, २३ वैशाख – झट्ट सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ की घाँस, कुडोलागयत केही पनि खुवाउन नपर्ने र भकारो समेत सोर्न नपर्ने गाईबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ । यहाँको मुख्य पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा रहेको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा एसीसहित एक सय कुर्सी थपियो

२०७५ वैशाख २३ गते १०:५६

काठमाण्डु, २३ बैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले प्रतिक्षा गर्ने ठाउँ ९टर्मिनल भवन० मा कुर्सी थप गरिएको छ । अन्तर्राष्ट्रिय र घरेलु कक्षमा कुर्सी थप गरिएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए । यसअघि घरेलु उडानमा लामो समय ढिला हुँदा याात्रुहरु भुईमा बस्नुपरेको गुनासो...

कालीगण्डकीमा पक्की पुल निर्माण हुँदै

२०७५ वैशाख २३ गते १०:३६

रामपुर, पाल्पा, २३ वैशाख – पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् । सेक्टरका प्रमुख कृष्णप्रसाद...

मालिका गाउँपालिकामा आगलागी पीडितलाई घर हस्तान्तरण

२०७५ वैशाख २३ गते १०:३०

बाबियाचौर, म्याग्दी २३ वैशाख – मालिका गाउँपालिका–७ बिमको खाराका आगलागी पीडित एक परिवारलाई घर हस्तान्तरण गरिएको छ । गत फागुनमा आगलागीबाट घर जलेर ध्वस्त भएपछि बिचल्लीमा परेका चन्द्रबहादुर दमाईंलाई बिमको हिराजीत स्मृति युवा क्लबका पहलमा निर्माण भएको घर शनिबार हस्तान्तरण गरिएको हो । वडाध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us