काठमाण्डु, २ जेठ – आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक श्री केशब राज पौडेलले हस्ताक्षर गरे...
काठमाण्डु, २ जेठ – भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । स्थानीय तहसँग सहकार्य, प्राविधिक जनशक्ति उपलब्ध र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको संख्या बढेको प्राधिकरणका प्रवक्ता यमलाल...
काठमाण्डु, २ जेठ – अर्थमन्त्री युवराज खतिवडाले देशको एक मात्रै पुनर्बिमा कम्पनीको क्षमता बढाउने संकेत देखाएका छन् । सरकारी लगानी समेत रहेको नेपाल पुनर्बिमा कम्पनीको क्षमता अभिबृद्धि गर्दै पुनर्बिमाको लागि देशबाट बाहिरिने रकम रोक्ने उनको योजना छ । मंगलबार बिमा समितिको ५० औ वाषिर्कोत्सवको...
काठमाण्डु, १ जेठ – भारत सरकारले वाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माण तथा नदी तालीमका लागि नेपाल सरकारलाई रु १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका...
काठमाण्डु, १ जेठ – चामलको आयात अत्यधिक बढ्न थालेपछि त्यसमा अंकुश लगाउन सरकारले भन्सार महसुल बढाउने प्रक्रिया अघि बढाएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चामलमा भन्सार महसुल वृद्धि गर्न सिफारिस गरेको हो । मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले चामलमा भन्सार महसुल...
काठमाण्डु, ३१ वैशाख – नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०।२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो । वैशाख महिनाभर बजारमा १०० अंकको गिरावट भएको छ ।...
काठमाण्डु, ३१ वैशाख – नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गका रुपमा स्थापित गराई साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दोस्रो ‘हिमालयन ट्राभल मार्ट–२०१८’ आयोजना हुने भएको छ । हिमाली क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्दै विश्व बजारमा प्रवद्र्धनार्थ आगामी जेठ १८ देखि २० (जुन १–३) सम्म काठमाण्डुमा...
पाँचथर, ३१ वैशाख – रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्कासन गरेको छ । सर्वसाधारणका लागि आठ लाख ४० हजार कित्ता शेयर निष्कासन गरिएको कम्पनीका प्रमुख कुवेरमणि नेपालले जानकारी दिए । शेयर वैशाख ३१ देखि जेठ ३ गतेसम्मका लागि खुल्ला गरिएको हो...
नुवाकोट, ३१ वैशाख – रसुवाको उत्तरगया गाउँपालिका–१ मैलुङका कृष्णबहादुर तामाङ बाख्रापालन गरी वार्षिक रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । मैलुङमा खेतीका लागि उर्वर भूमि नहुँदा आर्थिक अवस्था कमजोर भएका ५६ वर्षीय तामाङले २० वर्षअघि एउटा बाख्राबाट बाख्रापालन शुरु गरेको...
काठमाण्डु, ३० वैशाख – नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय क्षेत्रमा रहेको जनताको रकम सुरक्षाका लागि राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए । मेगा बैंक र टुरिजम डेपलपमेन्ट बैंक एक आपसमा गाभिएपछि एकीकृत कारोबार सञ्चालनको आज यहाँ शुभारम्भ गर्दै उनले भने,...
काठमाण्डु, ३० वैशाख – नेपाल टेलिकमले चालू आर्थिक वर्ष–आवको ९ महिनामा ११ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । कम्पनीद्धारा हालै प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार टेलिकमको नाफा गत वर्षको सोही अवधिको भन्दा चार दशमलव ७२ प्रतिशतले बढी हो ।...
काठमाण्डु, ३० बैशाख – नेपाली बजारमा सुनको मुल्य उकालो लागेको छ । आज सुन तोलाको ५९ हजार २ सय पुगेको छ । एक साता अघि सुनको मुल्य तोलाको ५८५००रहेको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ५९ हजार ९ सय छ । भने,...