अर्थ

याम्बालिङ् खोला जलविद्युतमा चीनको लगानी

२०७५ जेठ ९ गते १५:०९

काठमाण्डु, ९ जेठ – सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर स्थित याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनी जोङदिङ ईन्टरनेसनल ईन्जिनिरियङ कम्पनी लिमिटेडले लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको छ । रिपोर्टर्स क्लब नेपालमा याम्बालिङ् हाईड्रोपावरले पत्रकार सम्मेलन गरेर उक्त आयोजनाको बारेमा जानकारी दिएको...

शिक्षामा २० प्रतिशत बजेट माग

२०७५ जेठ ९ गते १४:२८

काठमाण्डु, ९ जेठ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा बजेट बढाउन आफूले पहल गर्ने बताएका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघको आज ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय मान्यतानुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट ल्याउनुपर्ने हुन्छ, त्यो कसरी...

महोत्तरीको बजारमा सिक्का पैसा चल्न छाड्यो

२०७५ जेठ ९ गते ११:१६

गौशाला, ९ जेठ – केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ । जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले...

टेलिकमको डाटा सेवा प्रयोगकर्ता एक करोड

२०७५ जेठ ८ गते १६:११

काठमाण्डु, ८ जेठ – नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् । कम्पनीले हालै प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार जिएसएम डाटा सेवाका प्रयोगकर्ता ९७ लाख ९५ हजार १००, सिडिएमए डाटा सेवाका प्रयोगकर्ता एक लाख ३६ हजार ५००, वाइम्याक्स सेवाका...

शेयर बजारः चार अंकले घट्यो

२०७५ जेठ ८ गते १६:०७

काठमाण्डु, ८ जेठ – निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पुनः ४.३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक अंकले घटेको छ । कूल १६० कम्पनीको...

चिनी उत्पादन गर्ने मिलले जब मदिरा उत्पादन गर्न थालेपछि…

२०७५ जेठ ८ गते ११:००

कञ्चनपुर, ८ जेठ – कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् । जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न...

बैंकमा खाता छ ? नो टेन्सन अब सरकारले बैंक खाता खोलिदिन्छ

२०७५ जेठ ७ गते २२:३०

काठमाण्डु, ७ जेठ– सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने अठोटलाई केन्द्रमा राखी आफ्नो नीति तथा कार्यक्रममा दर्जन बढी नयाँ नीति र कार्यक्रम समावेश गरेको छ । ‘समृद्धि अब नेपालका लागि मृगतृष्णा हुन सक्दैन, एक जना मात्रै नेपाली भोकै रह्यो भने सबै...

‘१० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन’

२०७५ जेठ ७ गते १७:१५

काठमाण्डु, ७ जेठ – वाम गठबन्धनको सरकारले पाँच वर्षभित्र पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकांक्षी लक्ष्य राखेको छ । प्रधानमन्त्री केपीशर्मा ओली सरकारले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा १० वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उल्लेख छ । कार्यक्रममा सरकारी रुग्ण...

दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टिबिएम प्रयोग गरिने

२०७५ जेठ ७ गते १६:०८

काठमाण्डु, ७ जेठ – भेरी बबई बहुउद्देश्यीय आयोजनामा सफल प्रयोग गरिएको टनेल बोरिङ मेशिन (टिबिएम्र) दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ खन्नसमेत प्रयोग गरिने भएको छ । भेरी बबई बहुउद्देश्यीय सिँचाइ आयोजनाको सुरुङ खन्न प्रयोग गरिएको टिबिएम प्रभावकारी एवं सफल देखिएपछि दूधकोशीमा पनि नयाँ टिबिएम...

सुनसरीको व्यापारिक क्षेत्रमा आगलागी, तीन करोडको क्षति

२०७५ जेठ ७ गते १०:२०

इटहरी, ७ जेठ – सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । राती १२ः१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक...

किङ्गफिसर बियर नेपाली बजारमा

२०७५ जेठ ६ गते १२:२५

काठमाण्डु, ६ जेठ — एशियाकै ठूलो बियर कम्पनी मध्येको युनाइटेड ब्रुअरीज लिमिटेडले यति ब्रुअरीसँगको सहकार्यमा किङ्गफिसर बियर बजारमा ल्याएको छ । युनाइटेड ब्रुअरीजले आफ्नो विभिन्न देशहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बियर पारखीहरुको लागि नेपाली बजारमा पनि किङ्गफिसर बियर प्रस्तुत गरेको विज्ञप्तिमार्फत जनाएको छ...

सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी सिवमले उत्पादन थाल्यो

२०७५ जेठ ६ गते ११:१२

नवलपरासी, ६ जेठ – पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योगले व्यावसायिक उत्पादन थालेको छ । नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो । उद्योगबाट पहिलो चरणमा दैनिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us