काठमाण्डु, १३ जेठ – पञ्चकन्या ग्रुपले स्टेनलेस स्टिल ट्यांकी भारत निकासी गर्न थालेको छ । पञ्चकन्याका स्टिल ट्यांकीको माग भारतको पटना, लखनउ, कोलकाता जस्ता सहरमा समेत हुन थालेपछि मुलुकको प्रतिष्ठित व्यापारिक एवं औद्योगिक घरानामध्येको एक पञ्चकन्या ग्रुपले स्टेनलेस स्टिल ट्यांकी भारत निकासी गर्न थालेको...
काठमाण्डु, १२ जेठ – यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले...
काठमाण्डु, १२ जेठ – धितोपत्र बजारमा यस साता रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १८३ कम्पनीको ४१ लाख ३७ हजार ४३० कित्ता शेयर कारोबार भएको हो । कारोबार रकम गत...
काठमाण्डु, १२ जेठ – देशको कुना–कुनामा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टार मा आफ्नो शाखाको समुद्घाटन गरेको छ । बट्टार शाखाको समुद्घाटन बिदुर नगर पालिकाका...
बाजुरा, ११ जेठ – जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ । जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति...
काठमाण्डु, ११ जेठ – मलिका इन्कर्पोरेट प्रा.लिले नेपालमा अत्याधुनिक आईडी कार्ड प्रिन्टर भित्र्याएको छ । बैंक, स्कुल–कलेज तथा अस्पतालहरुको स्मार्ट आईडी कार्ड तत्काल उपलब्ध गराउने उद्देश्यले आडडी कार्ड प्रिन्टर नेपालमा पनि भित्र्याएको हो ।उक्त आइडी कार्ड प्रिन्टरको शुक्रबार एक कार्यक्रममा पूर्वगृहमन्त्री जनार्दन शर्माले शुभारम्भ...
विराटनगर, ११ जेठ – किसानले चिनी मिलबाट उखुको भुक्तानी पाउन थालेका छन् । सुनसरी–मोरङ उखु संघका अध्यक्ष शैलेन्द्रराज पाण्डेका अनुसार सुनसरीको अमडुवास्थित इस्टर्न सुगर मिलले किसानलाई प्रति क्विन्टल ५३१ रुपैयाँ २१ पैसाको दरले उखुको भक्तुानी गर्नुपर्ने सम्झौता भएपनि रु ५०१ का दरले भुक्तानी गरिरहेको...
काठमाण्डु, ११ जेठ – शुक्रबार सुनको मूल्य बढेको छ । तोलामा दुई सय रुपैयाँले बढेर ५९ हजार दुई सय रुपैयाँ पुगेको छ । अघिल्लो कारोबारमा सुनको मूल्य ५९ हजार रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ५८ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको सुन...
काठमाण्डु, १० जेठ – सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ । यो एप आधुनिक र सुविधाजनक हुनेछ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यसको...
भक्तपुर, १० जेठ – भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४-७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ । यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।...
काठमाण्डु, ९ जेठ – नेपालको आन्तरिक उडानतर्फको हवाई भाडा विश्वकै सबैभन्दा महंगो देखिएको छ । मेलबर्नको ग्लोबल ट्राभल सर्च कम्पनी रोमेटुरीओले गरेको एक अध्ययनमा प्रतिकिलोमिटरका हिसाबले नेपालका एयरलाइन्सहरू यति र बुद्धले लिएको भाडा सबैभन्दा महंंगो देखिएको हो । रोमेटुरीओका अनुसार यति एयरलाइन्सले प्रतिकिलोमिटर १.०८...
काठमाण्डु, ९ जेठ – काठमाण्डु उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा रु १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ । करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाण्डु उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको सहयोगमा गरिएको सम्भाव्यता अध्ययनले...