अर्थ

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो: अध्यक्ष ढकाल

२०८१ कार्तिक २६ गते १७:५२

काठमाण्डू, २६ कात्तिक- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावी पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको...

२७६० अंकमा पुग्यो सेयर बजार, ११ अर्ब ३१ करोडको कारोबार

२०८१ कार्तिक २६ गते १६:१०

काठमाण्डु, २६ कात्तिक– सत्ताको कारोबारको दोस्रो दिन आज सोमबार सेयर बजार नेप्से २२.१४ अंकले वृद्धि भएर २७६०.२१ बिन्दुमा पुगेको छ । आज  ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले (नेप्से)ले जानकारी दिएको छ । आइतबार ९ अर्ब ७७ करोड रुपैयाँ...

२७३८ अंकमा पुग्यो सेयर बजार, पौने १० अर्बको कारोबार

२०८१ कार्तिक २५ गते १५:३६

काठमाण्डु, २५ कात्तिक– सात्ताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकको वृद्धि भएको छ । आज ६२.५४ अंकले बढेको परिसूचक २७३८ बिन्दुमा उक्लिएको छ । आज कारोबार रकम पनि उल्लेख बढेको छ । कुल २ करोड २४ लाख ७४ हजार...

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको भाउ

२०८१ कार्तिक २५ गते १३:११

काठमाण्डु, २५ कात्तिक– सात्ताको कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेर आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको...

एक दिन पनि टिकेन सुनमा ट्रम्पको प्रभाव, आज एकैदिन दुई हजारले बढ्यो सुनको भाउ

२०८१ कार्तिक २३ गते १२:१९

काठमाण्डु, २३ कात्तिक– विश्व शक्ति राष्ट्र अमेरिकामा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घटेको सुनको भाउ आज दोस्रो दिन नै उकालो लागेको छ । आज शुक्रबार एकैदिन सुनको भाउ दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज दुई हजाले सुनको भाउ वृद्धि...

डोनल्ड ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन भाउ

२०८१ कार्तिक २२ गते १२:४२

काठमाण्डु, २२ कात्तिक– सात्ताको कारोबारको पाँचौ दिन आज (बिहिबार) नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोलामा ४ रुपैयाँले गिरावट आएको छ । आज नेपाली बजारका सुनको मुल्य प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघलेले जानकारी दिएको छ ।...

आयोजनाहरूको तयारी फास्ट ट्रयाकमा गरिने

२०८१ कार्तिक २१ गते १६:०६

काठमाण्डु, २१ कात्तिक–विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रूपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ। अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती-पथलैया खण्ड विस्तार, तेस्रो पुल सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व...

रोकिएन नेप्सेको ओरालो यात्रा

२०८१ कार्तिक २१ गते १५:२७

काठमाण्डु, २१ कात्तिक– साताको अन्तिम कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ओरालो लागेर बन्द भएको छ । दुई कारोबार दिनको लय पछ्याउँदै नेप्सेले ओरालो यात्रालाई निरन्तरता दिएको हो । बुधबार नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५.५१ बिन्दुमा कायम भएको छ । नेप्से घटेपनि...

राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्री पौडेलको निर्देशन

२०८१ कार्तिक २० गते १८:०३

काठमाण्डु, २० कात्तिक– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन । अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन । उनले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन...

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

२०८१ कार्तिक १९ गते ११:२१

तनहुँ, १९ कात्तिक- तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो । शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा दश हजार कफीको...

मौरी पालेर वर्षमै ३५ लाख कमाउँछन् टीकाराम

२०८१ कार्तिक १८ गते १३:१८

पर्वत, १८ कात्तिक- कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिएका मोदी गाउँपालिका–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिना अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि ३५ लाखभन्दा बढी आम्दानी गर्छन्। उनी सुन्तलाखेती छाडेर मौरीपालनमा लगेका हुन्। घर अगाडिको बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर...

तिहार बिदामा पनि रोकिएन जलविद्युत आयोजना

२०८१ कार्तिक १८ गते ११:१५

काठमाण्डू, १८ कात्तिक- हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहारका समयमा पनि तनहुँ जलविद्युत् आयोजनाले निर्माणलाई निरन्तरता दिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाले निर्माणलाई तिहारमा पनि निरन्तरता दिएको हो । आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले आज पनि कामलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us