काठमाण्डु, ४ मंसिर– नेपालको विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । चालु आर्थिक बर्षको असार मसान्तसम्मको तुलनामा...
काठमाण्डु, ४ मंसिर– अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ । गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४...
काठमाण्डु, ३ मंसिर– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरुलाई आग्रह गरेका छन । अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएको तर्फ...
काठमाण्डु, १ मंसिर– भुटानले ठूलो मूल्यको बिटक्वाइन बिक्री गरेको छ । भुटान सरकारले करिब ३३.५ मिलियन अमेरिकी डलर बराबरको ३ सय ७६ वटा बिटक्वाइन बेचेको हो । बिटक्वाइनको सञ्चिती अधिक भएपछि भुटानले बिक्री गरेको समाचारमा उल्लेख छ । भुटान सरकारसँग १३ हजारभन्दा बढी बिटक्वाइनहरू...
काठमाण्डू, १ मंसिर-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको...
काठमाण्डू, १ मंसिर- अर्थमन्त्री विष्णुप्रसाद पौडेलेले राजस्व प्रशासनका कर्मचारीप्रति असन्तुष्टि जनाएका छन् । राष्ट्रिय कर दिवसका अवसरमा शनिबार आन्तरिक राजश्व कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमा पौडेलले कर प्रशासकको सन्तोषजनक नरहेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष कर कार्यालयहरूको कार्यसम्पादन कमजोर देखिएको उनको भनाइ...
काठमाण्डू, १ मंसिर- नबिल बैंक लिमिटेड सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । कर दिवसका अवसरमा आन्तरिक राजश्व कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरे । नबिल बैंकले धेरै कर तिर्ने बैंक तथा वित्तिय संस्थाका रुपमा...
काठमाण्डु, १ मंसिर– सरकारले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । शनिबार मध्यरातिबाट नयाँ मूल्य लागू हुने निगमले जनाएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज,...
काठमाण्डु, ३० कात्तिक– नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात थालेको छ । ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युतमन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट स्वीच दबाएर विद्युत निर्यातको औपचारिक शुभारम्भ गरेका हुन् । भारतीय प्रसारण लाइनमार्फत नेपालको बिजुली बंगलादेश...
काठमाण्डू, २९ कात्तिक- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्सेमा १३.९५ अंकको वृद्धि भएको छ । तीव्र उतारचढावबीच १३.९५ अंकले बढेर बजार बन्द हुदाँ २७४८ बिन्दुमा पुगेको हो । कारोबारको अन्तिम समयमा नेप्से ६ अंकले बढेर दोहोरो अंकको वृद्धि भएको हो ।...
काठमाण्डु, २८ कात्तिक- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी, पर्यटन तथा निर्यात प्रवद्र्धन विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिबद्धता जनाएका छन् । विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग महासंघले आयोजना गरेको अन्तरक्रियामा महासंघले विदेशी लगानी सहायता...
काठमाण्डु, २७ कात्तिक– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सबलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरुलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन । आज (मंगलबार) अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा...