तीव्र उतार चढावबीच नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाण्डु टुडे २०८१ कार्तिक २९ गते १६:०९ मा प्रकाशित

काठमाण्डू, २९ कात्तिक- साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्सेमा १३.९५ अंकको वृद्धि भएको छ ।

तीव्र उतारचढावबीच १३.९५ अंकले बढेर बजार बन्द हुदाँ २७४८ बिन्दुमा पुगेको हो ।

कारोबारको अन्तिम समयमा नेप्से ६ अंकले बढेर दोहोरो अंकको वृद्धि भएको हो । कारोबार रकममा पनि वृद्धि भएको छ ।

अघिल्लो कारोबार दिन बुधबार बजारमा सात अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएकामा बिहीबार १० अर्ब ३२ करोड रूपैयाँको कारोबार भयो ।

जलविद्युत् र विकास बैंक समूहमा सबैभन्दा धेरै एक प्रतिशत बढीको वृद्धि छ । वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारमूलक समूहका परिसूचक भने घटेका छन् ।

तीन सय २१ कम्पनीको कारोबार भएकोमा दुई सय २३ वटाको मूल्य बढेको छ भने ९६ वटाको मूल्य घटेको छ ।

गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अप्पर हेवा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लाग्यो ।

रावा इजर्नीको सेयर मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशतले घटेको छ । यस्तै जानकी फाइनान्सको सबैभन्दा धेरै करिब ३४ करोड २४ लाख रूपैयाँको सेयर किनबेच भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us